Thursday, September 30, 2010

टाम्केकोट महोत्सवको पूर्व सन्ध्यामा पिडीखोला मा सरसफाइ

ई स्याङ्गजा रिपोर्टर 
गल्याङ, १३ असोज। यही असोज २७ गतेदेखि कात्तिक ४ गतेसम्म पिंढीखोला गाविसको टाम्केकोटमा सञ्चालन गरिने टाम्केकोट महोत्सवको पूर्व सन्ध्यामा सरसफाइ कार्यक्रम सम्पन्न भएको छ।
जनमुक्ति युवा क्लबको अगुवाइमा गाउँ सरसफाइ गरिएको क्लबका अध्यक्ष विनोद रखालीमगरले जानकारी बताउनुभयो।
टाम्केकोट डाँडा यस क्षेत्रकै सबैभन्दा अग्लो डाँडा भएकाले त्यस स्थानबाट पाल्पा, पर्वत, गुल्मी, नवलपरासीलगायतका मनमोहक दुश्य माछापुच्छे्र, अन्नपूर्ण हिमशृङ्खला देखन सकिन्छ।
महोत्सवमा आदिवासी जनजातिको वाहुल्यता रहेकोले जनजातिका भाषा, कला, संस्कृति, साहित्यको अध्ययन अवलोकन गर्न सकिने मौलिक झाँकी समेत प्रस्तुत गरिने अध्यक्ष रखालीमगरले बताउनुभयो।
टाम्केकोट वरिपरि रानीफाल, वाक्छयाकचौर, भालथुमकोट मन्दिर, चिया बगान, एकगौडे गुफा, सौर्यनी गुफालगायतका धार्मिक तथा एैतिहासिक महत्त्वपूर्ण स्थान अवलोकन गर्न सकिने पर्यर्टन वर्ष २०११ सफल पार्न समेत टेवा पुर्‍याउनेमा समेत विस्वास लिएको आयोजक स्रोतले जानकारी गराएको छ।
स्याङ्जाकै पहिलो चिया बगानका रूपमा स्थापित भालथुम डाँडा भएको कार्यक्रममा हस्तनिर्मित, सामग्रीको प्रदर्शन गरिने, राष्ट्रिय कलाकार तथा स्थानीय कलाकारको प्रस्तुति रहने छ।
महोत्वसमा आन्तरिक तथा बाह्य गरी १० हजार पर्यटक भित्र्याउने उदेश्य रहेको छ।
त्यस स्थानमा पुग्नका लागि गल्याङदेखि तीन घण्टाको पैदल यात्रा गरेर पुग्न सकिने ग्रामीण पर्यटन विकासको संरक्षण गर्ने उद्देश्यको साथ विजया दशमी तथा दिपावलीको  अवसर पारी सो महोत्सवको आयोजना गरिएको हो।

No comments:

Post a Comment