Thursday, September 30, 2010

गाउ ठाउँ मा घोक हाल्ने कटुवाल प्रथा कायमै : ज्याला भने न्यून भएको गुनासो !

By Prakash Dotel 
राणाकालिन शासन व्यवस्थाबाट हजुरबुवाले थालेको काम पञ्चायती व्यवस्थाको करिव १५ वर्षको समय बुवाले थाम्नुभयो, २०३५ सालदेखि हाल (लोकतान्त्रिक व्यवस्था) सम्म आउँदा समेत कामको स्वरुपमा कुनै परिवर्तन छैन्। हजुरबुवा, बुबा र मेरा गरि तीनपुस्ताको निरन्तर काम एउटै छ। स्याङ्जाको विकट सेखाम गाविसमा एउटै परिवारको तीनपुस्ताले कटुवालको काम गर्दै आएको छ। हजुरबुवा भमरे दमै, बुवा अविरे दमैले कटुवाल गदै आएकोमा पछिल्लो समय छोरा खिमबहादुर दमैले उक्त काम सम्हाल्दै आएका छन्। 
सेखाम गाउँ विकास समिति वडा नं.–२, निवासी दमैले २०३५ सालदेखि समालेको कटुवालको कामबाट खास्सै आम्दानी हुन नसकेको बताए। काम वापत वर्षभरिमा प्रत्येक घरमा पुगेर पाथि माग्नुपर्ने बाध्यता छ। उनले भने, कस्तो काममा फसियो? न त चट्क्कै काम छाड्न सकिन्छ न निरन्तर राख्न सकिन्छ। परिवार धान्ने समस्या आएको छ। 
सेखाम गाविसमा कटुवालको काम गरेवापत गाविस कार्यालयबाट मासिक एक हजार पांचसय पाउँदै आएको छु। दमैले भने, महँगीको समय यति रकमले के गर्ने? 
उक्त गाविसको वडा नं.–२, का करिव एकसय घरधुरीमा पुगेर विगत लामो समयदेखि वर्षमा एक पाथीका दरमा धान हो वा कोदो उठाउने गरेको दमैले बताए। कटुवाल दमैले भने, कतिपय घरले त त्यही पाथि पनि दिदैन्न। वडा वासिन्दामा कतिमा त पाथि दिने हैसियत नै छैन्। 
गाविस कार्यालयका सबै किसिमका कामको खबर गाविस वासिन्दाहरुसम्म पुर्‍याउने काम दमैले गरेका छन्। विहान उठना साथ काममा खटिनु पर्छ, दमैले खाना विनाको उक्त रकमले दमैले ८ जनाको परिवार धानेका छन्। 
आफैसँगका साथीहरु कति सरकारी नोकरीबाट पेन्सनर भए कति विदेशबाट मोटो रकम आर्जन गर्न सफल भए। कटुवाल कामबाटै केहि हुन्छ की भनेर बस्दा दमैले दुखेसो गरे, हातमुख जोर्न समेत धौ–धौ परेको छ। उनको माग छ, ‘सरकारले कटुवालहरुलाई पेन्सनको व्यवस्था गरिदिनु पर्छ।’ 
गाविसमा कटुवाल काम गर्दै आएको दमैको तीनपुस्ता उस्तै भएको उनका छिमेकी दलबहादुर सिंहले बताए। करिव एकसय ५० वर्षको अन्तरसम्म यहि काम गर्दा आजपनि हजुरबुवाले छाडेर गएको अवस्था भन्दा कत्तिपनि फरक छैन्। दमैको अवस्थालाई देखेर सिंहले अगाडी थपे, कटुवाल प्रथालाई व्यवस्थित गर्नुपर्छ।
देशका अधिक गाविसहरुमा कटुवाल प्रथा हट्यो भन्ने सुनेको छु। बुढेसकालमा त्यही कटुवाल काम पनि गर्न पाईदैन की? भन्ने दमैले ठूलो चिन्ता व्यक्त गरे। कटुवाल काम गदै आएकालाई बैकल्पीक व्यवस्था गरेर यो प्रथा हटाए पनि कटुवाल काम गर्दै आएकालाई समस्या आउने थिएन्।
जिल्लाका २ नगरपालिका र करिव ४० गाविसमा कटुवाल प्रथा छैन्। कतिपय गाविसका कटुवालले पेशा परिवर्तन गरेका छन्। शहरी ईलाका बाहिर रहेका करिव २ दर्जन गाविसमा कटुवाल प्रथा कायमै छ |

No comments:

Post a Comment