Friday, October 1, 2010

समाजसेवी नीलकण्ठ सुवेदीको अल्पायुमै निधन

ई स्याङ्गजा रिपोर्टर 
स्याङ्जा जिल्लाको जगत्रदेवी गाविस वडा नं ३ गुठी निवासी समाजसेवी नीलकण्ठ सुवेदीको अल्पायुमै निधन भएको छ।
उहाँ केही वर्षयता सुगर, निमोनिया र क्यान्सर रोगले पीडित हुनुहुन्थ्यो। उहाँको उपचार भारत नेपालका विभिन्न ठाउँमा भए पनि ४९ वर्षको उमेरमा निधन भएको हो।
सुवेदीले विभिन्न सङ्घसंस्था पार्टीका रहेर निरन्तररूपमा सहयोग पुर्‍याउनुभएको तथा २०४५ सालदेखि नै गल्याङ्मा रहेर व्यापार व्यवसाय एवम् २०५९ सालयता गल्याङ् बजार व्यवस्थापन समितिको उपाध्यक्षको पदभार सम्हाल्दै आउनुभएको थियो।
२०५८ नेकपा एमालेको सक्रिय कार्यकताको भूमिका निवाह गर्नुभएको र नेकपा एमाले गाउँ कार्यसमितिकोअध्यक्ष पद समेत सम्हाल्दै आउनुभएकोले उहाँको पार्थिव शरीरमा नेकपा एमालेका क्षेत्रीय अध्यक्ष मुक्तिप्रसाद पाठकले पार्टीको झण्डा ओढाउनुभएको थियो।
गल्याङ् बजारका एक प्रतिष्ठित व्यापारी तथा समाजसेवी भएकोलेगल्याङ बजार तथा उद्योगधन्दा कलकारखाना, विद्यालय सङ्घसंस्थाले पूर्णरूपमा बन्दगरेर शोक मनाएका थिए।
दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोक सन्तप्त परिवार प्रति धैरधारण गर्ने शक्ति इश्वरले प्रदान गरून् भन्दै गल्याङ् बजार व्यवस्थापन समिति, जिल्ला उद्योग वाणिज्य सङ्घ तथा जिल्ला उद्योग वाणिज्य सङ्घ एकाइ समिति गल्याङ्ले छुट्टाछुट्टै विज्ञप्ति जारी गर्दै शोक मनाएका छन्।
सुवेदीकी श्रीमती, एक छोरा र एक छोरी हुनुहुन्छ।

No comments:

Post a Comment