Saturday, October 2, 2010

स्याङ्जामा दासढुङ्गा प्रर्दशन, निष्पक्ष छानविन हुनुपर्नेमा दर्शकहरुको जोड !

 By Lokendra Marasini 
स्याङ्जा १६ - तत्कालीन एमाले महासचिब मदन भण्डारी र संगठन विभाग प्रमुख जिवराज आश्रितको रहस्मय रुपमा हत्या गरीएको हो भन्ने सन्दर्भमा निर्माण भएको चलचित्र दासढुङ्गा स्याङ्जा बजारमा शुक्रबार प्रर्दशन भएको छ ।
नेकपा एमाले जिल्ला कमिटि स्याङ्जाको अयोजनामा शुक्रबार स्याङ्जाको सौगात चलचित्र हलमा च्यारीटी शो प्रदर्शन गरीएको हो । सत्य घटनामा आधारित चलचित्र हेर्न गाउँ गाउँ देखि सहरी इलाका सम्मका विभिन्न क्षेत्रमा अबद्ध व्यत्तीहरुको उल्लेख्य उपस्थिति रहेको थियो । 

चलचित्रमा भण्डारी र आश्रितको तत्कालीन राजनितिक अवस्था हत्या हुँदाको अवस्था जिप चालक अमर लामाको अवस्था र मनोबैज्ञानिक चिन्तन घटनाको समयमा नेता र कार्यकर्ताहरुको कुराकानी दुर्घटना भएपछि अमर लामाको अवस्था अमर लामाको हत्या जस्ता घटनाहरुलाई प्रष्ट रुपमा चलचित्रमा देखाइएको छ ।
मजोज पण्डित निर्माता रहेको चलचित्र दासढुङ्गा हेरिसकेपछि सबैले हत्याको निस्पक्ष छानविन हुनुपर्ने बताएका थिए । 
२०५० साल जेष्ठ ३ गते चितवनको दासढुङ्गामा भण्डारी र आश्रतको रहस्मय तरीकाबाट जिप दुर्घटनामा परी मुत्यु भएको थियो । चलचित्रमा अनुप बराल दयाहाङ राई र संचिता लुइटेल मुख्य भुमिकामा रहेका छन् ।
शुक्रबार स्याङ्जाको सौगात चलचित्र मन्दिरमा ३ शोमा प्रर्दशन भएको चलचित्र दासढुङ्गा शनिबार स्याङ्जाकै वालिङ्मा समेत प्रर्दशन गरिएको छ ।

1 comment:

  1. mero syangja bidesma baser pani dekna pauda khusi lago la ....

    ReplyDelete