Thursday, September 30, 2010

आपराधिक क्रियाकलापबाट सतर्क रही सुरक्षित बनौं भन्ने उद्देश्यले अन्तरक्रिया कार्यक्रम गल्याङमा सम्पन्न

आपराधिक क्रियाकलापबाट सतर्क रही सुरक्षित बनौं भन्ने उद्देश्यले अन्तरक्रिया कार्यक्रम गल्याङमा सम्पन्न :



गल्यांग , १३ असोज।प्रहरी चौकी गल्याङको आयोजनामा आपराधिक क्रियाकलापबाट सतर्क रही सुरक्षित बनौं भन्ने उद्देश्यले अन्तरक्रिया कार्यक्रम गल्याङमा सम्पन्न भयो।
प्रहरी चौकी गल्याङका प्रमुख नेमबहादुर केसीको अध्यक्षतामा भएको कार्यक्रममा गल्याङ क्षेत्रका व्यापारी, बुद्धिजीवी, उद्योगपति पेसाकर्मी, राजनीतिक दलका प्रतिनिधि, सञ्चारकर्मीबीच भएको थियो।
वक्ताहरुले बजार विस्तार हुँदै गएको र नजिकिदै जाँदा आपराधिक क्रियाकलाप बढ्दै जान थालेकाले त्यसको रोकथामका लागि प्रहरी प्रशासनले मात्रै सुरक्षा दिन नसक्ने, त्यसका लागि स्थानीयबासीले टोल टोलमा गार्डको व्यवस्था मिलाउनुपर्ने र प्रत्येक घरमा रातिको समयमा बिजुलीबत्ती बाल्ने व्यवस्था मिलाएमा आपराधिक क्रियाकलापमा कमी हुनेमा सबैले जोड दिएका थिए।
बजारको विस्तारसँगै सुरक्षा व्यवस्था पनि विस्तार गरेर जानुपर्ने भएकाले गल्याङमा इलाका प्रहरी कार्यालय स्थापना गर्नुपर्ने भएकाले जग्गा छनौटका लागि गल्याङ बजार व्यवस्थापन समितिका अध्यक्ष श्यामप्रसाद बस्यालको संयोजकत्वमा नौ सदस्यीय समिति समेत चयन गरिएको छ।
समितिको सदस्यहरुमा प्रेमराज श्रेष्ठ, कोमलनाथ शर्मा, दुर्गाप्रसाद भण्डारी, लक्ष्मणप्रसाद भट्टराई, टेकनाथ न्यौपाने, भेमलाल अर्याल, अर्जुनप्रसाद श्रेष्ठ, किसान श्रेष्ठ रहनुभएको छ। कार्यक्रममा प्रहरी चौकी गल्याङका सर्इ नेम केसीले आपराधिक क्रियाकलापबाट बच्न अपनाउनुपर्ने ३२ बुँदे सावधानीपत्र प्रस्तुत गर्नुभएको थियो।

1 comment:

  1. namasakar
    plz sakdo news update garnu hai

    ReplyDelete