Thursday, September 30, 2010

स्याङजा सहयोग समाजद्वारा खेलाडी सम्मान

दोहा
 इद उल फित्रको अवसरमा कतारमा आयोजित भलिवल प्रतियोगिताका विजयी एवं सहभागी खेलाडीहरूलाई स्याङजा सहयोग समाज (स्यासस) कतारले गत साता एक विशेष कार्यक्रमकाविच सम्मान गरेको छ ।
स्याससका अध्यक्ष गुरु नारायण रानाभाटले खेलको भावना र स्याससको भावना दुवै मैत्रीपुर्ण रहेको चर्चा गर्दै जिल्लाको प्रतिष्ठाका लागि खेलाडीले धेरै मेहनत गरेको बताए । ‘स्याससको चाहना विशुद्व सामाजिक सेवाको भावना’को मर्म अनुसार काम गर्दै जाने प्रतिबद्वता ब्यक्त गर्दै रानाभाटले खेलाडीलाई वधाई तथा शुभकामनाब्यक्त गरे । सो अवसरमा प्रमुख अतिथि गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद्का महासचिव विल गुरुङले स्याङजाका खेलाडीले खेलबाट धेरैको मन जितेको बताए । ‘अनुशासित भएर खेल्दा पाएको सफलता निकै स्मरणयोग्य हुन्छ’ स्याससका खेलाडीलाई थप प्रगतीको कामना गर्दै उनले भने । एनआरएनएले अन्य संघसंस्थासंग मिलेर खेल गतिविधीलाई बढाउने योजना राखेको उनले जनाए ।
हाल सचिवको पनि कार्यभार सम्हाल्दै आएका सल्लाहकार सदस्य बुद्वि विकको सञ्चालन एवं अध्यक्ष गुरु नारायण रानाभाटको सभापतित्वमा आयोजित सो कार्यक्रमका विशेष अतिथि स्याससका संस्थापक एवं निवर्तमान अध्यक्ष पुर्ण केसीले पनि खेलाडीहरूसंग शुभकामना आदान प्रदान गरेका थिए ।
स्याससका उपाध्यक्ष प्रकाश श्रेष्ठले कतारले खेलकुदबाट आफुलाई विश्वभरि चिनाएको चर्चा गर्दै सोही प्ररेणा लिएर स्याससले पनि खेलकुदमार्फत आफुलाई चिनाउनुपर्नेमा जोड दिए । ‘धेरैले स्याससलाई चिनेका छन्, अव हामीले खेलकुदको माध्यमबाट नयाँ परिचय थपौं’ श्रेष्ठले भने । स्याससका खेलाडीहरू अन्य जिल्लाबाट खेलिरहेको चर्चा गर्दै अव छिट्टै एक खेलकुद समिति बनाई सवैलाई आवद्व गर्ने योजनावारे उनले प्रकास पारे । ‘अव धेरै प्रतियोगिता हुनेछन्, तयार रहनुहोला’ श्रेष्ठले भने । स्वागत मन्तब्य राख्दै कोषाध्यक्ष कमलराज रेग्मीले स्याससका योजनाहरूवारे चर्चा गर्दै सवै संघसंस्थाले ब्यक्तिगत र राजनीतिक स्वार्थभन्दा माथि उठेर काम गर्नुपर्ने आवश्यकता औंल्याए । ‘अव थप काम गर्ने बेला आएको छ’ उनले भने– ‘रचनात्मक समालोचना गर्दै हौसला बढाइदिनुहोला ।’ खेलसंयोजक तथा टिम क्याप्टेन कृष्ण सारु मगरले खेलाडीको मनोव बढाउने स्याससका गतिविधिप्रति कृतज्ञता जनाए । स्याससको अक्षयकोष संयोजक एवं इदका अवसरमा कतार रिइन्फोर्समेन्स कम्पनीमा आयोजित भलिवल प्रतियोगितामा खेल संयोजक टुकराज अर्यालले सो आयोजनावारे चर्चा गर्दै खेलाडीहरूलाई हमेशा तम्तयार रहन आग्रह गरे । हरेक प्रयासबाट सफलताका लागि नयाँ र सजिला बाटाहरूको खोज भइरहने उनको तर्क थियो । स्यासस सदस्य तथा एकाई समिति थुमपोखराका संयोजक डोलराज डुम्रेले पनि खेलाडीलाई बधाई ज्ञापन गर्दै मन्तब्य राखे । भलिवलका पुर्व खेलाडी नरेन्द्र एलसीले खेलाडीहरूलाई सम्बोधन गर्दै अनुशासन सवैभन्दा महत्वपुर्ण तत्व रहेकोमा जोड दिए ।
सो कार्यक्रमका सहभागिहरूले परिचयात्मक चरणमा स्याससका खेलाडीहरूप्रति शुभकामना र कृतज्ञता ब्यक्त गरे । सो अवसरमा ‘भलिवल खेलाडीहरूलाई हौसला प्रदान गर्न एवं खेलभावना दिगो राख्नका लागि’ स्याससले प्रसंसापत्रले सम्मान गरेको थियो । विराज थापा, सोम प्रकास मानन्धर, कृष्ण सारु मगर, चित्र बहादुर गुरुङ, विरेन्द्र राना, तिल कुमार विक, विसन विक, रविन विक, विकास विक, राजु राना, कमल गुरुङ, वम थापा मगर, रविन राना, कुसल खत्री, कमल राना, बोम सारु, कमल थापा, राजकुमार विसी, प्रेम भुजेल, सुर्य थापा, ज्ञानेन्द्र राना, प्रेम कुमार श्रेष्ठ, विशाल गुरुङ, एभरेष्ट युथ क्लवका सुर्य बहादुर थापा लगायतलाई प्रसंसापत्र प्रदान गरिएको थियो । सो अवसरमा खेलाडी एवं खेल पदाधिकरीको सम्मानमा स्याससले रात्रीभोजको आयोजना गरेको थियो ।

No comments:

Post a Comment