Saturday, September 25, 2010

भ्वाइस अफ शिशु निकेतनको उपाधि हसिना बेगमलाई

(लोकनाथ मरासिनी)
असोज ६, स्याङ्जा ।

विद्यार्थिहरु भित्र रहेको गायन कलाको प्रष्फुटन गर्ने उद्देश्यले शिशु निकेतन बोर्डिङ स्कुलमा संचालित भ्वाइस अफ शिशु निकेतनको उपाधि हसिना बेगमले जित्न सफल भएकी छन् । विद्यालय भित्रकै विद्यार्थिहरु बिच भएको आन्तरीक प्रतिस्पर्धामा सहभागि २४ जनालाई पछि पार्दै बेगम भ्वाइस अफ शिशु निकेतन हुन सफल हुनु भएको हो । फाइनल प्रतिस्पर्धामा कक्षा १० मा अध्यानरत बेगमले कक्षा ८ का पार्वति शाहिलाई पछि पार्दा शाहि उपबेजेतामा सिमित हुनुभएको छ ।  त्यस्तै प्रतियोगितामा फस्ट रनर अफ आशिस पोखरेल र सेकेन्ड रनर अफ संगिता रेग्मी हुन सफल हुनुभएको छ । अजा एक कार्यक्रमका विच भ्वाइस अफ शिशु निकेतनका उपाधि विजेता उपविजेता तथा उत्कृष्ठहरुलाई पुरस्कार वितरण गरीएको थियो । पुरस्कार वितरण तथा समापन समारोहकामा बोल्दै सामुदायिक रेडियो स्याङ्जा एफ।एमका स्टेशन प्रबन्धक एकबहादुर गोदार क्षेत्रिले यस्ता प्रतियोगिताहरुले एउटा विद्यालयको मात्रै नभई समग्र जिल्लाको प्रतिनिधत्व गर्ने भन्दै कार्यको प्रशंसा गर्नुभएको थियो । विजेता तथा सहभागिहरुलाई प्रमाणपत्र वितरण गर्दै प्रमुख अतिथि समेत रहनुभएका प्रबन्धक गोदारले यस्ता कार्यहरुमा रेडियो स्याङ्जाको सदैव साथ रहने बताउनुभयो । समापन कार्यक्रममा सिष्ड नेपाल संस्था स्याङ्जाका अध्यक्ष शरण गुरुङ् विद्यालयका माजोज मल्ल विसनबहादुर गुरुङ् पत्रकार जानु पंगेनि लगायतले बोल्नुभएको थियो ।
 

No comments:

Post a Comment