Thursday, September 23, 2010

सङ्कल्पको अध्यक्षमा रेग्मी

 By lok nath marasini 
एचआईभी एड्सको क्षेत्रमा क्रियाशिल सङ्कल्प सहयोग समुह स्याङ्जाको पाँचौ वार्षिक साधरण सभा तथा तेस्रो अधिवेशन बुधबार स्याङ्जा सदरमुकाममा सम्पन्न भएको छ । 

साधारण सभाले संक्रमितहरुलाई संगठित गर्ने उद्देश्यले टिका रेग्मीको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । 
जसको उपाध्यक्षमा मनुका शाही, सचीवमा लक्ष्मण खाँड, सहसचिवमा कासिराम रेग्मी, सदस्यहरुमा पान्डव केसी, धनिसंह सारुलगायत रहेका छन् । 

साधारण सभा तथा अधिवेशनको उदघाटन गर्दै प्रमुख जिल्ला अधिकारी जिवनप्रसाद वलीले एचआईभीलाई न्युनिकरण गर्नका लागि सबैले मन खोलेर सहयोग गर्ने पर्ने बताउनुभयो । 

यस्तै एचआईभी एड्स सम्बन्धी समुदायमा जानकारी गराउने उद्देश्यले अर्जुनचौपारी गाँउ विकास समिति स्याङ्जामा एक दिने तालिम सम्पन्न भएको छ । 

बढदै गइरहेको एचआईभीको जोखिम न्युनिकरण गर्ने उद्देश्यले स्याङ्जा सपोर्ट ग्रुपको अयोजनामा प्रदान गरीएको तालिममा गाविस भित्रका २० समुदायका अगुवाहरुको सहभागिता रहेको थियो । 

एचआईभीको साझा सवालमा सबैलाई जिम्मेवार बनाउदै गाविसका प्रत्यक वडाहरुमा कार्यक्रमहरु संचालन गर्ने उद्देश्यले तालिम प्रदान गरीएको जनाइएको छ । 

सम्पन्न तालिमा गाविस सचिव टेकबहादुर गुरुङ, स्थानिय समाजसेवी दिर्घानारायण पौडेल, प्रेमनारायण अर्याल लगायतले बोल्नुभएको थियो । 

संस्थाका अध्यक्ष चुडामणि भण्डारीको अध्यक्षतामा सम्पन्न तालिममा परियोजना संयोजक विजय ज्ञावली र लक्ष्मी जिटिले सहजिकरण गर्नुभएको सामाजिक परिचालक राधाकृष्ण पौडेलले जानकारी दिनुभएको छ । 

No comments:

Post a Comment