Sunday, September 19, 2010

भुमरे युथ क्लब ले उपाधि चुम्यो !


बायँटारीमा सम्पन्न चौथो नाइन ए साइड अन्तर क्लब रनिङ्कप फुटबल प्रतियोगिता २०६७ को उपाधि होराइजन युथ क्लब भुम्रेले हात पारेको छ ।
तिनदोबाटो ५, बायँटारीमा शुक्रबार सम्पन्न प्रतियोगिताको फाइनल खेलमा राष्ट्रिय खेलाडि लक्ष्मण रुचालको एकमात्र गोलको मद्धतले आयोजक रिभर साइड ए लाई पराजित गर्दै होराइजनले उपाधि जितेको हो । निर्धारित समयमा गोल हुन नसकेपछि थप गरिएको १० मिनेटको अन्तिम मिनेटमा रुचालले गोल गर्दै होराइजनलाई बिजयी गराएका हुन् । प्रतियोगितामा बिजयी तथा उपबिजयी टिमलाई सभासद द्धय गोमा पाठक र पद्मा अर्यालले नगद कप मेडल र प्रमाणपत्र प्रदान गरेका थिए  ।
प्रतियोगितामा आयोजक रिभर साइड ए का अनिल गुरुङ् प्रतियोगिताको उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर हुमबहादुर गुरुङ्, एस के ब्वाइज क्लब नेपालगञ्जका कृष्ण श्रेष्ठ र्सार्वधिक गोलकर्ता र एस के ब्वाइज नेपालगञ्ज अनुशासित टिम घोषित भएका थिए । फुटबल प्रतियोगितामा स्याङ्जा, रुपन्देही, कास्की, पाल्पा, नेपालगञ्जका  २४ टिमको सहभागिता थियो

No comments:

Post a Comment