Monday, February 14, 2011

आयोजकलाई स्तब्ध पार्दै होराइजन द्धारा उपाधि कब्जा


लोकनाथ मरासिनी

फागुन २, स्याङ्जा
        आयोजक ए लाई पराजित गर्दै प्रथम डाँसीराम स्मृती कप फुटबल प्रतियोगिताको उपाधि होराइजन युथ क्लब भुम्रे वालिङ्ले हात पारेको छ ।

  स्याङ्जाको मालेबगरमा सोमबार सम्पन्न फाइनल प्रतिस्पर्धामा होराइजन युथ क्लब भुम्रेका खेलाडी बलबहादुर गुरुङ्ले खेलको दोस्रो हाफको २५ औ मिनेटमा गरेको एक मात्र गोलको सहायताले उपाधि माथि कब्जा जमाएको हो ।

      प्रतिस्पर्धात्मक खेलमा घरेलु दर्शकको समर्थन पाएको आयोजकले अन्तीम समयमा खेललाई आफ्नो नियन्त्रणमा लिन नसक्दा उपाधिबाट बन्चीत भयो ।

      प्रतियोगिताको विजेता बन्दै भुम्रेले नगद २५ हजारका साथमा कप, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेतामा सिमिति बनेको आयोजकले नगद १५ हजारका साथमा मेडल र प्रमाणपत्रमा चित्त बुझाएको छ ।

      नेपाल तरुण दल पुतली बजार नगर समिति स्याङ्जाको अयोजनामा माघ २५ गतेदेखि सुरु भएको प्रतियोगितामा स्याङ्जा र कास्कीका १२ टिमको सहभागिता रहेको थियो ।

      प्रतियोगितामा उत्कृष्ट खेलाडि अयोजकका विकास गुरुङ्, अनुशासित टिम रजस्थल युवा क्लब र सर्वधिक गोलकर्ताका रुपमा पेल्काचौरका खगेन्द्र पुन घोषित भएका छन् ।

No comments:

Post a Comment