Sunday, February 13, 2011

अयोजक र भुम्रे उपाधिका लागि भिडने




लोकनाथ मरासिनी

फागुन १, स्याङ्जा ।

स्याङ्जाको मालेबगरमा जारी प्रथम डाँसीराम स्मृती कप फुटबल प्रतियोगिताको उपाधिका लागि अयोजक ए र भुम्रे युवा क्लब सोमबार भिडने भएका छन् ।

      आइतबार सम्पन्न सेमिफाइनलका खेलाहरुमा पेल्काचौर यवा क्लबलाई ३–२ गोल अन्तरले पराजित गर्दै भुम्रे तथा आयोजक नेपाल तरुणदल पुतलिबजार नगर कार्यसमितिले बरजा युवा क्लबलाई २–१ ले पराजित गर्दै फाइनलमा प्रवेश गरेका हुन ।

      यसैविच आइतबार सम्पन्न पछिल्लो खेल पश्चात आयोजक र बरजा युवा क्लबका युवाहरुविच केहिबेर ढुङ्गा हानाहान समेत भएको थियो ।

      खेल खेल्ने क्रममा भएको विवादपश्चात केहिबेर स्थीत समेत असहज बनेको थियो । जिल्लाकै सर्वाधिक पुरस्कार राशि रहेको प्रतियोगिताको विजेताले नगद २५ हजारका साथमा कप, मेडल र प्रमाणपत्र प्रप्त गर्ने छन् भने उपविजेताले नगद १५ हजार सहित मेडल र प्रमाणपत्र प्रप्त गर्ने छन् ।

      नेपाल तरुण दल पुतली बजार नगर समिति स्याङ्जाको अयोजनामा माघ २५ गतेदेखि सुरु भएको प्रतियोगितामा स्याङ्जा र कास्कीका १२ टिमको सहभागिता रहेको छ ।

No comments:

Post a Comment