Friday, February 18, 2011

सुन्तला फुल्ने बेलासम्म फल बोटमै ।।


लोकनाथ मरासिनी

फागुन ५, स्याङ्जा ।

स्याङ्जाका कतिपय स्थानहरुमा सुन्तला गोडमेल गर्ने तथा फुल लाग्ने समयसम्म बोटमै अझै सुन्तला रहदा अर्काे वर्ष कम उत्पादन हुनेमा चिन्ता व्यक्त गरीएको छ ।

      सुन्तला उत्पादनका लागि दशमै अग्रणी जिल्लाका रुपमा रहेको स्याङ्जाका कृषकहरु बजार हुदा हुदै पनि उचित मुल्यका लागि भन्दै अहिलेसम्म बोटमै सुन्तला राखि वित्रि गर्दै छन् ।

      स्याङ्जाका ठुलाडिहि, ओरस्टे , मनकामना तथा विरुवा अर्चले लगायतका स्थानमा अझै लाखै मुल्य बराबरको सुन्तला बोटमै रहेका छन् ।

      कार्तिक मंसिरमा ३०÷३२ रुपैया किलो विक्रि हुने सुन्तलाको मुल्य अहिले भने कृषकहरुले ८०/९० रुपैया पाएका छन् ।

      तर यसरी लामो समयसम्म सुन्तला बाटमै राख्दा अर्काे साल सुन्तलाको उत्पादनमा गिरावट आउने जिल्ला कृषि विकास कार्यलय स्याङ्जाका बरिष्ठ कृषि विकास अधिकृत चेतनाथ अधिकारीले बताउनुभयो ।

       आफुहरुले उचित मुल्य नपाउने तथा कोल्ड स्टोरको व्यवस्था समेत नभएकाले बोटलाई नै कोल्ड स्टोरका रुपमा मान्दै अहिलेसम्म सुन्तला राखेको ठुलाडिहि ९ का कृषक झविलाल रेग्मीको भनाई छ ।

       यता बरिष्ठ कृषि विकास अधिकृत अधिकारीले भने उत्पादनका हिसबलाई आधार मान्दा कृषकहरुले २० रुपैया किलो सम्म सुन्तला विक्रि गरेपनि नाफा नै गरेको मानिन्छ ।

      उहँले किसानको माग बमोजिम कोल्ड स्टोरको व्यवस्था हुदै गरेको र अर्काे सालसम्म तयार हुने जानकारी समेत दिनुभएको छ ।


No comments:

Post a Comment