Tuesday, January 25, 2011

क्याम्पसको स्तरोन्नतीका लागि महायज्ञ


अर्जुन काफ्ले

स्याङ्जा माघ १० गते ।
 स्याङ्जाको दासर्िङ दहथुम बिकास गाउँ समिति- ९  स्थित दहथुम बहुमुखी क्याम्सको स्तरोन्नतीका लागि श्रीमद्भागवत महापुराण तथा धनधान्यााचल ज्ञान महायज्ञको आयोजना गरिने भएको छ ।

दुइ बर्ष अगाडी शिक्षाशास्त्र संकायबाट सुरुवात गरेको क्याम्पसको भौतिक पूर्वाधारको विकास व्यवस्थित पुस्तकालय तथा बिबिएस संचालनको  लागि महायज्ञको आयोजना गर्न लागेको सोमबार आयोजित पत्रकार सम्मेलनमा महायज्ञ मुल आयोजक समितिका अध्यक्ष अध्यक्ष खेम केसीले बताउनुभयो । उहाँले महायज्ञ आगामी फागुनको ३ देखि १० गतेसम्म दासर्िङ दहथुम गाविसको बयरघारीमा आयोजना हुन लागेको पत्रकार
सम्मेलनमा बताउनुभयो ।

यहाँ स्थापना भएको बहुमुखी क्याम्पसबाट जिल्लाका दुई नगरपालिका दासर्िङ दहथुम छाङ्छाङ्दी स्वरेक कालिकाकोट खिलुङ्देउराली बानेथोक देउराली कालिकाकोट लगायतका गाउँ बिकास समितिका सर्वसाधारणहरुले उच्च शिक्षा सहज तरिकाबाट लिइरहेका छन्  ।पत्रकार सम्मेलनमा महायज्ञबाट संकलीत रकमबाट आगामी बर्षबाट बिबिएस र प्राबिधिक शिक्षालय स्थापना गर्ने लक्ष्य रहेको केसिले बताउनुभयो ।

महायज्ञमा भागवत भाष्कर युवा पण्डित कमलनयन गौतमले मुख्य कथा बाचन गर्नुहुने आयोजकले बताएको छ ।महायज्ञमा करिब एक करोड रकम संकलन गर्ने आयोजकले लक्ष्य लिएको छ भने सो अवधिमा करिब २० लाख खर्च हुने अनुमान समेत गरेको छ । एक हप्ता सम्म चल्ने महायज्ञमा भक्तजन आउन जानको लागि गल्याङ्देखि नागडाडाँ सम्मको ४० किलोमिटरको दुरीमा नि शुल्क दुईवटा बस संचालन गर्ने आयोजकले बताएको छ ।

महायज्ञलाई व्यवस्थित तबरले साचालन गर्नका लागि एक हजार एक सय ११ सदस्यिय मूल आयोजक समिति र २४ ओटा उपसमितिहरु समेत गठन गरिएको छ ।पत्रकार सम्मेलनमा प्रचार प्रसार उप समितिका संयोजक प्रकाशमान सिह गोबिन्द कर्मचार्य श्याम काजी अधिकारी लगायतले बोल्नु भएको थियो ।

syangja samachar

No comments:

Post a Comment