Wednesday, January 26, 2011

गरिमा बैंकद्धारा वालिङमा एटीएम सञ्चालन

प्रकाश डोटेल स्याङ्जा–११, माघ
स्याङ्जाको व्यापारिक केन्द्र वालिङ्का स्थानिय व्यावसायी तथा समाजसेवीहरुको पहलमा स्थापित गरिमा विकास बैंकले आधुनिक बैंकिङ् सेवा अन्र्तगत वालिङ् बजारमा एटीएम सेवा संचालनमा ल्याएको छ । २१ औं शताव्दीको समाज सुहाउँदो वित्तिय सेवालाई प्रभावकारी बनाउने उद्देश्यले एटीएम सेवा संचालनमा ल्याएको वैकले जनाएको छ । समयको माग र बैंकका ग्राहकको सुविधालाई ध्यानमा राख्दै उक्त सेवा संचालनमा ल्याइएको र निकट भविष्यमा नै एस.एम.एस बैंकिङ र ई बैंकिङ सेवा सञ्चालनमा ल्याईने सो अवसरमा बैंकका अध्यक्ष जलेश्वर पाण्डेले जानकारी दिए ।
बैंकले आर्थिक वर्ष २०६६÷०६७ मा संकलित निक्षेप एक अर्ब २२ करोड मध्ये बैंकिङ् तर्फ ८५ करोड २० लाख र लघुवित्त तर्फ ५ करोड ८६ लाख कर्जा लगानी गरी ३ करोड ७९ लाख रुपैँया सञ्चालन मुनाफा गरेको थियो ।
चालु आर्थिक वर्षको पहिलो छ महिनामा २०६७ पौष मसान्तसम्ममा २ करोड ८५ लाख सञ्चालन मुनाफा लिन सफल भएको अध्यक्ष पाण्डेले बताएका छन् । पाण्डेका अनुशार चालु आर्थिक वर्षमा एक अर्व ६५ करोड निक्षेप संकलन गरि एक अर्ब ४३ करोड लगानी गर्दै ६ करोड ५० लाख मुनाफा आर्जन गर्नेे लक्ष्य बैंकले लिएको छ ।
बैंकले ४ लाख रुपैँया सम्मको दुर्घटना बीमा, तथा अस्पतालमा भर्ना भई उपचार गराउनुपर्ने अवस्था भएमा ३ हजार रुपैँया सम्मको औषधीउपचार बीमा सहितको गरिमा स्वास्थ्य सुरक्षित योजना लागु गरेको वालिङ शाखाका प्रमुख अरुण रानाभाटले जानकारी दिए ।
पोखरामा प्रधान कार्यालय रहेको बैंकले स्याङ्जा, पाल्पा र कास्की जिल्लामा गरी विभिन्न सात शाखा मार्फत सेवा प्रवाह गर्दै आएको छ । बैंकले निकट भविश्यमै काठमाडौंमा आफ्नो सेवा संचालनमा ल्याउने तयारी गरिरहेको बताइएको छ ।

No comments:

Post a Comment