Saturday, January 29, 2011

स्याङजामा पहिलो पटक सूचना प्रविधि(IT) प्रदर्शनि

टेकनारायण भट्टरा, वालिङ (स्याङजा), माघ १५ -


 स्याङजामा पहिलो पटक सूचना प्रविधि प्रदर्शनी आयोजना गरिएको छ। वालिङ महोत्सवमा सूचना प्रविधिका २१ वटा स्टलहरु छन्। कम्प्युटर एशोसिएसन अफ नेपाल (क्यान) स्याङजाको आयोजनामा शुक्रबार देखि प्रदर्शन सुरु भएको छ, जुन माघ २३ गतेसम्म (दशदिन) चल्ने छ।
'बृहत सूचना प्रविधि प्रदर्शनी' का लागि प्रदर्शनी स्थल वालिङ बगरमा अन्य स्टलहरु भन्दा बेग्लै स्थान छुट्याई स्टलहरु राखिएका छन्। क्यान स्याङजाका अध्यक्ष दिपक पंगेनीले जिल्लामै पहिलो पटक आयोजना भएको प्रदर्शनमा पछिल्लो समयमा उत्पादित कम मूल्यका ल्यापटप प्रति आकर्षण पाएको बताए। उनले प्रदर्शनीमा बिक्री हुने सामाग्रीमा ३० प्रतिशत सम्म छुट व्यवस्था गरिएको बताए।
'२० देखि ३० प्रतिशत छुटमा सामान बिक्री गरिएको,' पंगेनीले भने, 'व्यवसायिहरु र युवा पुस्ताको ज्यादा चासो छ। ६५ सय देखि एकलाख सम्मका ल्यापटप छन्।' कम्प्यूटर र इन्टरनेट प्रयोगकर्ताका लागि नयाँ उत्पादन उपलब्ध हुने र आईटिबारे जान्न चाहनेलाई जानकारी दिईने उनले बताए।
स्याङजा, पोखरा र काठमाडौका कम्प्यूटर व्यवसायिले सूचना प्रविधिका विभिन्न उत्पादनहरु प्रदर्शन तथा बिक्रीका लागि राखेका छन्। पोखरा न्यूरोडको हिमालयन कम्प्युटरले सिपियु र मोनिटर संगै रहेको अलिमन पिसि ४२ हजारमा बिक्रीका लागि राखेको छ। राउटर, वायरलेस माउस, विद्यार्थीका लागि स्वअध्ययन गर्न मिल्ने भिजुअल सिडी समेत छन्।
ल्यापटप, डेस्कटप कम्प्युटर, प्रोजेक्टर, प्रिन्टर, फ्याक्स, फोटोकपि मेसिन लगायतका सामाग्री बिक्री तथा पर्दशनमा राखिएको छ। क्यान स्याङजाका महासचिव देव बहादुर बोगटीले एक स्टलका लागि दश दिनको १२ हजार शुल्क रहेको बताए। 'पछिल्लो समयमा उत्पादित सामाग्रीको प्रदर्शन गर्ने र बजार प्रवर्द्धन गर्ने उद्देश्य हो।' प्रदर्शनीबारे बोगटीले भने, 'उत्पादन कम्पनि, कम्प्युटर व्यवसायी र क्यानको संयुक्त पहलमा यस्तो प्रदर्शनी आयोजना गरिएको हो।' महोत्सव आयोजक उद्योग बाणिज्य संघका अध्यक्ष यम बहादुर गुरुङले भने, 'सूचना प्रविधि प्रदर्शनीले 
 'यस अघिका महोत्सवमा भन्दा थप नयाँ पन दिएको छ।'

No comments:

Post a Comment