Friday, January 28, 2011

वालिङ महोत्सव सुरु


प्याराग्लाइडिङ्बाट पुष्प बृष्टि, पर्यटन वर्ष सफल पार्न केन्द्रित रहने


लोकनाथ मरासिनी

माघ १४, वालिङ्
पर्यटन वर्ष सन् २०११ मा स्याङ्जालाई पनि पर्यटकिय गन्तव्य बनाउने प्रमुख उद्धेश्यका साथ स्याङजाको व्यापारीक केन्द्र वालिङ्मा आजदेखि तेस्रो वालिङ् महोत्सव सुरु भएको छ ।

“हाम्रो गौरव हाम्रो शान, वालिङ महोत्सव हाम्रो पहिचन” भन्ने नाराका साथ सुरु भएको महोत्सवको वालिङ खेल मैदानमा एक भव्य समारोहका विच प्याराग्लाइडिङ्बाट पुष्प बृष्टिका साथ संविधानसभाका सभासद् तथा पूर्वमन्त्री गोपालमान श्रेष्ठले पानसमा बत्ति बालि उदघाटन गर्नुभएको हो ।

   स्याङ्जाका पर्यटकिय क्षेत्र कालिकाकोटको सिरकोट र खिलुङ्ग देउरालिको भानेओडारबाट उडाइएका विभिन्न ६ ओटा प्याराग्लाइडिङ्बाट पुष्प बृष्टि गरीएको थियो ।

  उदघाटन समारोहमा संविधानसभाका सभासद् पदमा अर्याल लगायत उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्यहरुले सामुहिक रुपमा बेलुन उडाउनुभएको थियो ।

 महोत्सवको उदघाटन पुर्व वालिङ् बजारमा सर्ससाधरण, विद्यार्थि, विभिन्न संघ संस्थाका प्रतिनिधि लगायतको विभिन्न भेषभुषाका छाकि सहित निकालेको ¥यालिले नगर परिक्रमा गरेको थियो ।

आजबाट सुरु भएको महोत्सव २३ गते सम्म जम्मा १० दिन सम्म संचालन हुनेछ । वालिङ नगरपालिका र आसपासका क्षेत्रको आर्थिक तथा सामाजिक उत्थान, उद्योग ब्यापार, शिक्षा, स्वास्थ्य, कृर्षि, पर्यटन तथा संस्कृतिको प्रवद्धनको लागि महोत्सवको आयोजना गरिएको आयोजक वालिङ् उद्योग वाणिज्य संघले बताएको छ ।

 २ सय बढि स्टलहरु रहेको महोत्सबमा ५८ लाख ५६ हजार बराबरको आम्दानी , ४३ लाख ५० हजार ब्याय र १५ लाख ६ हजार बचत हुने अनुमान गरीएको छ ।

      महोत्सवमा बाल उद्यान, पर्यटन, सांस्कृतिक कार्यक्रम, स्थानिय भेषभुषाको प्रदर्शनी, अन्तर माध्यामिक विद्यालयस्तरीय नृत्य, दोहोरीगीत प्रतियोगिता, राष्ट्रिय लोकदोहोरी, आधुनिक गित, हास्य व्यग्य प्रस्तुती, अटोमोबाइल मुख्य आकर्षण रहेका छन् ।

 महोत्सबमा जिल्ला भित्रका ऐतिहासिक धार्मीक तथा पर्यटकिय स्थल शिरुवारी, पञ्चासे, देशको ठुलो जलबिद्युत आयोजना कालिगण्डकी ए, नमुना प्याराग्लाइडिङ् स्थल भानेओडार, राम्दीघाट, नुवाकोट, सतौ रजस्थल, बजाकोट, सिर्सेकोट पहेले डाडाँ अवलोकन समेत गराइने भएको छ ।

      महोत्सबमा भानेओडार र कालिकाकोटको सिरकोटबाट प्याराग्लाइडिङ्, फोटो पर्दशनी, लोप हुदै गएका कुडुले घर र पुराना सरसामाग्रीहरु महत्वपुर्ण आर्कषणका रुपमा रहेका छन् ।

        महोत्सवमा स्याङ्जा, पर्वत, पाल्पा, कास्की लगायतका जिल्लाका ३ लाख दर्शकले अवलोकन गर्ने अनुमान आयोजकले गरेको छ भने पाँच करोड बराबरको आर्थिक कारोवार हुने अपेक्षा गरेको छ ।  

No comments:

Post a Comment