Friday, January 28, 2011

वालिंग महोत्सव आर्थिक, शैक्षिक, सामाजिक र सांस्कृर्तिक क्षेत्र विकासको कोषेढुङ्गा


प्रकाश डोटेल

स्याङजा १४ माघ ।

हाम्रो गौरव हाम्रो शान, वालिङ महोत्सव हाम्रो पहिचान भन्ने मुल नाराका साथ आयोजना गरिएको तेस्रो वालिङ महोत्सव २०६७ को शुक्रबारबाट औपचारिक रुपमा शुरु भएको छ । महोत्सव माघ २३ गतेसम्म चल्ने छ ।

      महोत्सवको उदघाटन गर्दै संविधानसभाका सदस्य तथा पुर्व मन्त्रि गोपालमान श्रेष्ठले महोत्सवले आर्थिक, शै्िक्षक, सामाजिक र सांस्कृर्तिक बिकाशको कोषढुङ्गा हुने बताएका छन् । पर्यटन वर्ष २०११ को सुरुवातसंगै प्रारम्भ भएकोे वालिङ महोत्सव २०६७ ले स्याङजा जिल्लाको पर्यटन बिकाश तथा जिल्ला भित्र रहेका प्राकृतिक सम्पदाहरुको प्रचार–प्रसार गरि पर्यटन भित्राउन सजिलो माध्यम हुने बताए ।

      देशको विद्यमान असहज परिस्थितीलाई सहज वनाउन अब बन्ने सरकारको नेतृत्व नेपाली कांग्रेसले लिनु पर्ने भएकाले सम्र्पुण राजनैतिक दललाई सहयोग गर्न आग्रह गर्दै पुर्व मन्त्री श्रेष्ठले भने, वर्तमान समयमा स्थाई शान्ती र लोकतन्त्र स्थापना गर्न नेपाली कांग्रेस मात्र सक्षम छ ।

      वालिङ उद्योग वाणिज्य संघको आयोजनामा सन्चालन गरिएको महोत्सवमा एकसय ६८ स्टल रहेको छ । महोत्सवमा सुचना प्रबिधि, होटल, यातायात, कृषि प्रर्दशनी, पर्यटकिय स्थलको फोटो प्रर्दशनी, वाल उद्यान, शैक्षिक प्रर्दशनी, स्थानिय उत्पादन, हस्तकलाका सामाग्रीहरु, पर्यटकिय गाउँहरुका खाना, लगायतका राखिएको छ ।

      महोत्सवको उद्घाटनका अवसरमा संविधान सभाका सदस्य पदमा अर्यालले तोकिएको समयमा संविधान निर्माण गर्नका लागि ठुला दलहरुले दलगत स्वार्थ त्याग्नुपर्नेमा जोड दिईन् । उनले ठुला दलहरु सत्ता प्राप्तीको खेलमा लागेको आरोप लगाईन् ।

      त्यसमा उद्योग वाणिज्य महासंघका उपाध्यक्ष आजाद श्रेष्ठ, केन्द््िरय सदस्य विरेन्द्र अग्रहरी, चोपनारायण श्रेष्ठले देशका विभिन्न भागमा भएका महोत्सवहरु केवल फेसनका रुपमा रहेको हुदा यसको दिगोपनमा महासंघले केहि समय भित्रमा महोत्सव नीति ल्याउने तयारी गरेको बताए ।

      महोत्सव उद्घाटनका अवसरमा एकीकृत नेकपा माओवादीका तारा भुषाल, नेपाली काँग्रेसका कमल पंगेनी, नेकपा एमालेका चक्रबहादुर पराजुली, राजेन्द्र गैरे, दोणबहादुर गुरुङ्ले वालिङ् महोत्सवले समग्र स्याङ्जाको आर्थिक विकासमा महत्वपुर्ण टेवा पु¥याउने बताए ।

      महोत्सवमा ३ लाख दर्शकले अवलोकन गर्ने आयोजकले लक्ष्य राखेको छ । महोत्सव अबधीभर ५ करोडको कारोवार हुने समेत आयोजकले जनाएको छ । महोत्सवमा बिगतमा भन्दा पृथक सुचना र प्रबिधी सम्बन्धी प्रदर्शनी र पर्यटकिय स्थलको प्रचार–प्रसार, अबलोकन तथा फोटो प्रर्दशनी रहेको छ ।

      महोत्सव उदघाटनको अबसरमा वालिङ आसपासका क्षेत्रहरुवाट बिभिन्न जातजातीका संस्कृति झल्काउने झांकीहरु, बिभिन्न जातजातीका भेषभुषा प्रर्दशन गरिएको थियो । बिहानैदेखि वालिङबजारमा झांकी सहितको ¥याली निकालिएको थियो ।

      महोत्सवको पुर्व सन्ध्यामा वालिङ बजारलाई बेहुली झै सिंगारिएको छ । महोत्सवको उदघाटन समारोहमा प्याराग्लाइडिङवाट पुष्प वर्षा गरिएको थियो ।

      महोत्सव उदघाटन महोत्सव मुल समितीका संयोजक ले.याम बहादुर गुरुङको सभापतीत्वमा सम्पन्न भएको थियो भने महासचिव पुष्पकुमार बगाले र अर्जुन खनालले कार्यक्रमको संचालन गरेका थिए ।

No comments:

Post a Comment