Sunday, January 23, 2011

महिला लद्यु उद्यममा स्याङ्जाका महिला सन्तृष्ट

लोकनाथ मरासिनी

माघ ९, स्याङ्जा ।  

  महिलाहरुलाई आत्मनिर्भर बनाउने उद्धेश्यका साथ साहारा समुह स्याङ्जाले संचालन गरेको महिला लघु उद्यम कार्यक्रममा स्याङ्जाका महिलाहरु सन्तुष्ट देखिएका छन् ।

 घर दैलो र चुला चौकामा मात्रै सिमिति हुने महिलाहरुले आय आर्जनका लागि विभिन्न तालिमहरु प्राप्त गरेपश्चात त्यसमा सक्रियताका साथ लाग्ने प्रतबद्धता समेत व्यक्त गरेका छन् ।

 जिल्लाका २० वटा ग्रामिण गाउँ विकास समितिका ४० जना महिलालाई पछिल्लो पटक प्रदान गरीएको १ हप्ते मुडा बनाउने तालिम, ३ दिने अगरबत्ती, मैनबत्ति, झोलाबुनाइ तथा कुखुरापालन तालिमपछि साहारा समुहले व्यवसाय संचालनका लागि आवश्यक पर्ने सामाग्रि तथा औजारहरु समेत उपल्बध गराएको छ ।

      जिल्ला सदरमुकाममा संचालित तालिममा आरुखर्क, भाटखोला, सेतिदोभान, चिलाउनेवास, फापरथुम, पंचमुल, दरौ, खिलुङ्गदेउरालि, दार्सिङ्ग दहथुम, स्वरेक, छाङ्गछाङ्गदी, राङ्गभाङ्ग, विचारी चौतारा, बाङ्गसिङ्ग, बागेफडके लगायतका महिलाहरुको सहभागिता रहेको थियो ।

      तालिममा सहभागिलाई सामाग्रि वितरण गर्दै सहायक प्रमुख जिल्ला अधिकारी नवराज वरालले महिलाहरुको उत्साह देख्दा खुसि लागेको भन्दै व्यवहारमा उतार्न आग्रह गर्नुभएको थियो ।

      बरालले २० गाविसमा मात्रै कार्यक्रम सिमिति नगरी जिल्लाका अन्य ग्रमिण गाउँसम्म कार्यक्रमलाई पुराउन संस्थालाई आग्रह समेत गर्नुभएको थियो ।

      साहारा समुहले विभिन्न चरणहरुमा स्याङ्जाका २० गाउँ विकास समितिमा  करीब ६ सय महिलाहरुलाई विभिन्न तालिमहरु प्रदान गर्दै आएको छ । 

No comments:

Post a Comment