Thursday, January 27, 2011

वालिङ महोत्सवको तयारी पुरा, बेहुली झैँ सिंगारियो वालिङ्


प्याराग्लाइडिङ्, फोटो पर्दशनी र कुडुले घर महोत्सबका आर्कषण


अर्जुन काफ्ले

स्याङ्जा, माघ १२ गते । “हाम्रो गौरव हाम्रो शान, वालिङ महोत्सव हाम्रो पहिचन” भन्ने नाराका साथ स्याङजाको वालिङ स्थित खेल मैदानमा माघ १४ देखि २३ गते सम्म हुने तेस्रो वालिङ् महोत्सब– २०६७ को तयारी पुरा भएको बुधबार गरिएको पत्रकार सम्मेलनमा बताइएको छ ।

      वालिङ  उद्योग वाणिज्य संघको आयोजनामा प्रत्येक दुई– दुई बर्षमा हुने वालिङ महोत्सवको महोत्सव स्थलमा बार तथा स्टल निर्माण कार्यहरु सकिएका छन् ।

      महोत्सबका लागि निर्माण भएका दुई सय स्टलहरु बुकिङ भैसकेको पत्रकार सम्मेलनमा बाणिज्य संघका अध्यक्ष ल्याप्टेन यामबहादुर गुरुङ्ले बताउनु भएको छ ।

      महोत्सवका लागि वाालिङ्, स्याङ्जा र गल्याङ् क्षेत्रलाई दुलही झै सिगारिएको छ । तुल– ब्यानर, ध्वजापतका, भित्ते लेखन, ठाउँ ठाउँमा निर्माण भएका स्वागत गेटले यस क्षेत्रमा कुनै बिवाह भएको महसुस हुन्छ ।

      निर्माण गरिएको गेट र प्रचार प्रसारले नगरको शोभा बडाउनुका साथै आम जनतामा छुट्टै खालको रौनक थपिएको छ ।

      महोत्सबमा प्रर्दशनका लागि वालिङ् आसपासका क्षेत्रमाा हस्तकलाका सामाग्री निर्माण गरिएको छ भने महोत्सवमा प्रदर्शनका लागि स्थानिय महिलाहरुले तान लगाएर धागोबाट आर्कषक सामाग्रीहरु बनाएका छन् ।

      पर्यटन बर्ष २०११ सगै वालिङ नगरपालिका र आसपासका क्षेत्रको आर्थिक तथा सामाजिक उत्थान, उद्योग ब्यापार, शिक्षा, स्वास्थ्य, कृर्षि, पर्यटन तथा संस्कृतिको प्रवद्धनको लागि महोत्सवको आयोजना गरिएको आयोजकले पत्रकार सम्मेलन बताएको छ ।

      १० दिनसम्म चल्ने महोत्सबमा ५८ लाख ५६ हजार बराबरको आम्दानी , ४३ लाख ५० हजार ब्याय र १५ लाख छ हजार बचत हुने अनुमान गरेको अध्यक्ष गुरुङ्ले बताउनुभयो ।

      महोत्सवले स्थानिय कृषि पर्यटन लगायतको उत्थान गरि स्थानिय जनताको क्रयशक्तिमा बृद्धि ल्याउने लक्ष्य लिएको छ ।

      महोत्सवमा बाल उद्यान, पर्यटन, सांस्कृतिक कार्यक्रम, स्थानिय भेषभुषाको प्रदर्शनी, अन्तर माध्यामिक विद्यालयस्तरीय नृत्य, दोहोरीगीत प्रतियोगिता, राष्ट्रिय लोकदोहोरी, आधुनिक गित, हास्य कलाकार, अटोमोबाइल मुख्य आकर्षण रहेका छन् ।

      महोत्सबमा कृषि मेला अन्तर्गत सुन्तला, कफी, ताजा तरकारी, अदुवा तथा जडिबुटीको प्रदर्शनी गरिने अध्यक्ष गुरुङ्ले बताउनुभयो ।

      महोत्सबमा जिल्ला भित्रका ऐतिहासिक धार्मीक तथा पर्यटकिय स्थल शिरुवारी, पञ्चासे, देशको ठुलो जलबिद्युत आयोजना कालिगण्डकी ए, नमुना प्याराग्लाइडिङ् स्थल भानेओडार, राम्दीघाट, नुवाकोट, सतौ रजस्थल, बजाकोट, सिर्सेकोट पहेले डाडाँ अवलोकन गराउने आयोजकले लक्ष्य लिएको छ ।

      महोत्सबमा भानेओडार र कालिकाकोटको सिरकोटबाट प्याराग्लाइडिङ्, फोटो पर्दशनी, लोप हुदै गएका कुडुले घर र पुराना सरसामाग्रीहरु महोत्सवबका महत्वपुर्ण आर्कषण रहने पत्रकार सम्मेलनमा प्रचार प्रसार उपसमितिका संयोजक अर्जुन खनालले बताउनुभयो ।

  महोत्सवमा स्याङ्जा, पर्वत, पाल्पा, कास्की लगायतका जिल्लाका ३ लाख दर्शकले अवलोकन गर्ने अनुमान आयोजकले गरेको छ भने पाँच करोड बराबरको आर्थिक कारोवार हुने अपेक्षा गरेको छ ।

No comments:

Post a Comment