Saturday, January 29, 2011

स्याङ्गजाली साहित्यकार गोविन्दप्रसाद शर्मा सम्मानित


प्रधानमन्त्री हुनका लागि संसदिय दलको नेता हुनुपर्दैन् – श्रेष्ठ


पार्टिका लागि लडेका लडाकुहरु राष्ट्रिय सहिद नभएको दावि 


लोकनाथ मरासिनी

माघ १५, स्याङ्जा ।  
      प्रधानमन्त्री हुनका लागि संसदिय दलको नेतानै हुनुपर्छ भन्ने नभई जसले अन्य पार्टिको समर्थन ल्याउन सक्छ त्यसलाई पार्टीको तर्फबाट उम्मेदावर बनाउनुपर्ने नेपाली काँग्रेसका केन्द्रिय सदस्य एवं सभाषद गोपालमान श्रेष्ठले बताउनुभएको छ ।

      शान्ति र संविधानलाई सुनिश्चित गर्नका लागि कांग्रेसलेनै अबको सरकारको नेतृत्व गर्नुपर्ने दावि गर्दै पार्टिका वरिष्ठ नेता शेरबहादुर देउवातर्फ इकित गर्दै बहुमत जुटाउनसक्ने नेतालाई प्रधानमन्त्रीको उम्मेदावरका रुपमा पार्टिले अगाडि बढाउनुपर्नेमा जोड दिनुभएको छ ।

        सहिद सप्ताहाको अवसरमा शनिबार स्याङ्जामा आयोजित एक कार्यक्रममा बोल्दै पुर्व मन्त्री समेत रहनुभएका नेता श्रेष्ठले माओवदी लडाकुहरु शेना समायोजन विशेष समिति माताहातमा आउदैमा विश्वास गर्ने आधार नभएको बताउनुभएको थियो ।

      नेता श्रेष्ठले शसस्त्र युद्धका समयमा पार्टिका तर्फबाट लडने लडाकुहरु कुनै पनि हालतामा सहिद हुन नसक्ने भन्दै उनिहरु राष्ट्रको सहिद नभई पार्टिको मात्रै सहिद भएको बताउनुभयो ।

      यसरी सहिद घोषण गर्ने हो भने युद्धका समयमा माओवादीले मारेका एमाले कांग्रेसका कार्यकर्ता र राज्यका सुरक्षाकर्मिलाई पनि सहिद घोषण गर्नुपर्ने बताउनुभयो ।

      कार्यक्रममा जिल्लाबाट साहित्यको क्षेत्रमा उल्लेख्य योगदान दिने साहित्यकार गोविन्दप्रसाद शर्मालाई यस वर्षको शङ्ख नारायण पुरस्कार समेत प्रदान गरीएको छ ।

        सेतिदोभान गाविस रङ्गेठाटि निवासी शर्मालाई नगद ५ हजार सहित प्रमाण पत्र संस्थापकका परिवार समेत रहनुभएका प्रमुख अतिथि गोपालमान श्रेष्ठले हस्तान्तरण गर्नुभयो हो ।

      स्याङ्जा साहित्य प्रतिष्ठान तथा लक्ष्मी स्मृत पुस्तकालयको संयुक्त अयोजनामा सहिद सप्ताहाको अवसरमा संचालित श्रद्धान्जली काव्य गोष्ठी तथा शङ्ख नारायण पुरस्कार वितरण समारोहमा बोल्दै प्रमुख जिल्ला अधिकारी जिवनप्रसाद वलीले सरकारको निर्देशनका अभावमा यसपटक आफुहरुले सरकारी तवारले सहिद दिवसका अवसरमा कुनै कार्यक्रम संचालन गर्न नसकेको जानकारी गराउनुभएको थियो ।

      कार्यक्रममा जिल्ला शिक्षा अधिकारी टोपबहादुर श्रेष्ठ, बयोबृद्धा स्रष्टा केदार शर्मा, राष्ट्रिय ब्रहमाण समाज स्याङ्जाका अध्यक्ष शालिग्राम रेग्मी, त्रिभुवन आदर्श बहुमुखि क्याम्पसका क्याम्पस प्रमुख अर्जुनबन्धु अर्याल, रामबन्धु रेग्मी, धनप्रसाद गुरुङ्, सेरजंग अधिकारी, विष्णु काफ्ले लगायतले सहिदको परिभाषा स्पष्ट पर्न सरकारसँग माग गरेका थिए ।

      कार्यक्रममा स्याङ्जालि साहित्यकारहरु देवीप्रसाद वनवासी, चिन्तु गिरी, अग्नीकुमार पल्लभी, गणेश ढकाल, त्रिभुवन पौडेल, टंक पौडेल, लिलादेवी शर्मा तर्कना, लिलाम्बर ढुङ्गाना, रुद्रसन्देश मगर, नारायण काफ्ले लगायतले अ–आफ्ना रचना बचन गर्नुभएको थियो ।

      लक्ष्मी स्मृति सामुदायिक पुस्तकालय तथा सामुदायिक रेडियो स्याङ्जाका अध्यक्ष हेमराज अर्यालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन स्याङ्जा साहित्य प्रतिष्ठानका अध्यक्ष विश्वप्रेम अधिकारीले गर्नुभएको थियो ।  
फोटो: कार्यक्रममा सम्बोधन गर्दै र साहित्यकार गोविन्दप्रसाद शर्मालाई शङ्ख नारायण पुरस्कार प्रदान गर्दै नेता गोपालमान श्रेष्ठ
तस्बिर : लोकनाथ मरासिनी

No comments:

Post a Comment