Wednesday, January 26, 2011

बिपन्न महिलाहरु आत्मनिर्भर उन्मुख

प्रकाश डोटेल स्याङ्जा–११, माघ
घर दैलो र चुलो चौकामा सिमिति स्याङ्जका बिपन्न महिलाहरु आत्मनिर्भर हुन थालेका छन् । साहारा समुह स्याङ्जाले दिएको आय–आर्जन सम्बन्धी बिभिन्न सिपमुलक तालिमहरु प्राप्त गरेपश्चात महिलाहरु आत्मनिर्भर हुन थालेको हुन् । बिपन्न तथा घरेलु हिसां प्रभाबित महिलाहरुलाई आत्मनिर्भर बनाउने उद्देश्य लिएर १२ बर्ष पहिला स्थापना भएको साहारा गैर सरकारी संस्थाले संचालन गरेको महिला लघु उद्यम कार्यक्रममा स्याङ्जाका महिलाहरु सन्तुष्ट देखिएका छन् ।
समुहले आरुखर्क, भाटखोला, सेतिदोभान, चिलाउनेवास, फापरथुम, पंचमुल, दरौ, खिलुङ्गदेउरालि, स्वरेक, छाङ्गछाङ्गदी, राङ्गभाङ्ग, विचारीचौतारा लगायतका २० वटा गाउँ विकास आफ्नो कार्यक्षेत्र बनाउर्द काम गरिरहेको छ ।
स्थानिय स्तरमा उत्पादीत सामाग्रीहरुको उचित प्रयोग गर्दै महिलाहरुलाई मुडा बनाउने, अगरबत्ती, मैनबत्ति, झोलाबुनाई, कुखुरापालन, माहुरीपालन, बंगुरपालन, कफी, च्याउ, अम्रिसो, अदुवा खेती लगायतका तालिमपछि व्यवसाय संचालनका लागि आवश्यक पर्ने सामाग्रि तथा औजारहरु उपल्बध गराएपछि महिलाहरु थप आर्कषित भएका छन् ।
घरको काम गरेर श्रीमानको आसमा बस्नु पर्ने बाध्यता तालीमले मुक्त गरेको उखुबारी आमा समुह चिलाउने बासकी अध्यक्ष सरस्वती पौडेलले बताईन् । उनले भनिन्, यहाँका छ सय महिलाहरु साहारा समुहले दिएको आत्मनिर्भर तालीमले आत्मनिर्भर बनेका छन् ।
साहारा समुहले चाडै नै जिल्लाको सबै गाउँ बिकास समिति कार्यक्षेत्र बिस्तार गर्ने लक्ष्य लिएको समुहकी हिमा पोख्रेलले बताईन् । उनले थपिन्, समुहले बालबालीका तथा युवा सहभागिता एवं ससक्तिकरण कार्यक्रम गर्दै आएका छौं ।

No comments:

Post a Comment