Monday, December 27, 2010

सामुदायिक बनका उपभोक्ताहरुमा लागु भएका कार्यहरु स्याङ्जामा निकै प्रभावकारी

लोकनाथ मरासिनी

पौष ११, स्याङ्जा ।
पछिल्लो समयमा सामुदायिक बनहरुमा प्रयोगमा ल्याइएको अति विपन्न परिवारका लागि विभिन्न आय अर्जन मुलक कार्यहरु स्याङ्जामा निकै प्रभावकारी देखिएका छन् । नेपाल सरकारको निति अनुसार स्याङ्जाका विभिन्न सामुदायिक बनहरुमा हाल संचालनमा आएका कबुलियती वन समुह गठन, घुम्तीकोष संचालन, बन व्यवस्थापन अनुदान तथा लघु उद्यम कार्यक्रमहरु प्रभावकरी देखिएका हुन् । ४ सय भन्दा बढि सामुदायिक बनहरु रहेको जिल्ला स्याङ्जामा विगत ३÷४ वर्षदेखि २३ ओटा सामुदायिक बनका १६० विपन्न घरधुरीका ९७० जना परीवारमा यस्तो कार्यक्रमहरु लागु भएका छन् । जसका लागि अहिले सम्म जिल्ला बन कार्यलय स्याङ्जाले ४ लाख ५० हजार रुपैया अनुदान उपल्बध गराईसकेको छ । जिल्ला बन कार्यलय स्याङ्जाकै अनुदान तथा प्रेरणाका आधारमा लघु उद्यम अन्र्तगत हलो व्यवसाय थालेका बाघको खोर सामुदायिक बन पुतलिबजार ८ सतौ स्याङ्जाका हलो व्यवसायिहरु सनतृष्ट देखिएका छन् । त्यस्तै जिल्लाको अर्काे बान्द्रे सामुदायिक बन फेदिखोला १ का उपभोक्ताहरुमा पनि लागु भएको अति विपन्न बर्गका परिवारका लागि बाख्रा वितरण तथा कबुलियति बन पनि सफल देखिएको जिल्ला बन क्षेत्र अनुगमन समितिले निष्कर्ष निकाले हो । अनुदान पाएर परम्परागत सिपलाई प्रयोग गर्दै हालो व्यवसाय सुरु गरी आम्दानि लिन सुरु गरेका व्यवासायिहरु स्थानिय स्रोत र साधानको प्रयोग गरी उपभोक्ताहरुलाई राहत दिन पाउदा खुसी देखिएका हुन् ।  ९५ घर धुरी रहेको र त्यहि समिति भित्र मात्रै हलो वित्रि गर्दै आएका  हलो व्यवसायिहरु विष्णु विक, बेलबहादुर जि टी र डिलबहादुर विकले व्यवसायबाट सन्तुष्ट भएको बताए । गाँउकै श्रम सिप र काठको प्रयोग गरी ति व्यवसायिहरुले दिनको २ ओटा होल निर्माण गर्न सक्छन् । १ हलोको मुल्य २ सय रुपैया कायम गरी २५ रुपैया समितिलाई बुझाउदै आएको उनिहरुले जानकारी दिए । २०६६ साल फागुनमा स्थापना भएको बघको खोर सामुदायिक बन पुतलिबजार ८ सतौका उपभोत्ताहरुमा देखिएको उत्साहाले कार्यक्रम सफल देखिएको अनुगमन समितिका संयोजक जिल्ला बन अधिकृत जिवनाथ पौडेलले दाबि गर्नु भयो । यस्तै जिल्लाका अन्य सामुदायिक बनहरुमा पनि विभिन्न कार्यक्रमहरु अगाडि बढाइएको र त्यस प्रति स्थानिय उपभोक्ता सनतृष्ट रहेको जिल्ला बन कार्यलय स्याङ्जाले जनाएको छ ।

No comments:

Post a Comment