Friday, December 31, 2010

माओवादी नसच्चिए संविधान अनिश्चितः बस्नेत

प्रकाश डोटेल

स्याङ्जा–१६, पौष ।

नेपाली काँग्रेसका केन्द्रिय सदस्य तथा संविधान सभा सदस्य अम्बिका बस्नेतले एकीकृत नेकपा माओवादी उग्रबामपन्थी विचारबाट नसच्चिएसम्म तोकिएको समय अवधिमा संविधान बन्न नसक्ने बताएकी छन् ।

      शान्ति प्रक्रिया शुरु भएपछि सरकार र माओवादीका विचमा विभिन्न चरणमा भएका सम्झौता र सहमतिलाई माओवादीले कार्यान्वयन गरेको छैन् ।

      नेपालि कांग्रेस स्याङ्जाले जिल्ला सदरमुकाममा अयोजना गरेको ३५ औं राष्टिय मेलमिलाप दिवस तथा दिगो शान्ति लोकतान्त्रिक संविधान हाम्रो अभियान भन्ने नाराका साथ शुरु भएको गाउँ जागरण कार्यक्रमको उद्घाटन गर्दै नेतृ बस्नेतले सो कुरा बताएकी हुन् ।

      विगतमा भएका सहमतिलाई कार्यान्वयन नगर्दा सम्म माओवादीसँग नयाँ सम्झौता हुन सक्दैन् । नेतृ बस्नेतले भनिन्, समयमै संविधान आउनका लागि माओवादी र अन्य दलको सहमति आवश्यक छ ।

      नेपाल महिला संघकी केन्द्रिय अध्यक्ष समेत रहेकी नेतृ बस्नेतले माओवदी सेना समायोजन, पुर्नस्थापना र हतियार व्यवस्थापन नहुदासम्म लोकतान्त्रीक संविधान बन्नै नसक्ने ठोकुवा गरिन् ।

      त्यस अवसरमा बोल्दै नेपाली काँग्रेस स्याङ्जाका सभापति कमलप्रसाद पँगेनीले नेपाली काँग्रेसले अंगिकार गरेको राष्ट्रियता, लोकतन्त्र र समाजवादलाई नारामा मात्र सिमित नगरेर कार्यान्वयन गर्नुपर्ने कुरामा जोड दिएका थिए ।

      कर्यक्रम बोल्ने वक्ताहरुले दिगो शान्तिका लागि काग्रेसले नेतृत्वदायी भुमिका निर्वाह गर्नुपर्नेमा जोड दिएका थिए । उनीहरुले वीपी कोईरालाले लिएको सिद्धान्तबाट नेपाली काँग्रेस विचलन हुन लागेको तर्फ चिन्ता व्यक्त गरेका थिए ।

      त्यस अवसरमा काँगे्रसका नेता शिवकुमार अधिकारी, महासमिति सदस्य तुलसी गिरि, राजु थापा, शिवकुमार गिरि, भुमा पाण्डे, कल्पना तिवारी, मुन्ना सेख, लक्ष्मीकान्त रेग्मी, सरस्वती तिवारी, देवी अर्याल, लक्ष्मण भट्टराई, मधुसुदन गैरे, गुरुप्रसाद भट्टराई, मखमली श्रेष्ठ, रमणी गुरुङ्, श्रीप्रसाद जि.टी, रणबहादुर रणपाल लगाएतका वक्ताहरुले बोलेका थिए ।

No comments:

Post a Comment