Thursday, December 30, 2010

पराजित नभएसम्म प्रधानमन्त्रीको उम्मेदावरी फिर्ता हुदैन: श्रेष्ठ

प्रकाश डोटेल स्याङ्जा–१५, पौष
नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं संविधानसभाका सदस्य गोपालमान श्रेष्ठले नेकपा एमाले एकीकृत नेकपा माओवादीको रणनीतिमा फसेको दावी गर्दै पार्टीका संसदीय दलका नेताको प्रधानमन्त्रीको उम्मेदावरी संसदबाट पराजित नभएसम्म कुनै पनि हालतमा फिर्ता नहुने बताएका छन् । स्याङ्जाको किचनास–९ को भोजप्रकाश उच्च माविको स्वर्ण जयन्ती उद्घाटन गर्दै नेता श्रेष्ठले आगामी २५ गतेबाट सुरु हुने हिउदे अधिवेशनले प्रधानमन्त्री चयन गर्ने विश्वास गरे । उनले भने माघको दोस्रो हप्ता देशले प्रधानमन्त्री पाउने छ ।
माओवादी अध्यक्ष प्रचण्ड प्रधानमन्त्री हुदा जनतालाई शासन नभई हुकुम गर्न खोजेकाले असफल भएको भएको श्रेष्ठको जिकिर थियो । जनतासँग गरेका बाचा पुरा गर्न तर्फ लाग्न माओवदीलाई श्रेष्ठले आग्रह गरे ।
स्वर्णजन्यतीको कार्यक्रमलाई सम्बोधन गर्दै पुर्वमन्त्री समेत गरेका श्रेष्ठले माओवादी लडाकु समायोजन नभएसम्म संविधान जारी हुन नसक्ने बताए । उनले भने, माओवादीले चाहे अनुशारको एकदलिय संविधान पनि बन्न सक्दैन् ।
सोहि विद्यालयले प्रकाशन गरेको स्वर्ण वार्षिक स्मारीकाको समेत विमोचन गरेका श्रेष्ठले शान्तिको अभावमा दक्षा जनशक्ति समेत विदेशिन बाध्य भएको प्रति चिन्ता व्यक्त गरे ।
कार्यक्रममा नेपाली कांग्रेस स्याङ्जाका सभापति कमल पंगेनीले संघियताको नाममा मुलुकलाई विभाजन गर्दा देश टुक्रिने तर्फ पनि ध्यान दिनुपर्नेमा जोड दिर्दै नेपाललाई टुक्राउन विदेशी चलखेल बढेको बताए ।
स्वर्णजन्यती कार्यक्रम जिल्ला शिक्षा अधिकारी टोपबहादुर श्रेष्ठ, कांग्रेस महासमिति सदस्य हिरादेवी शर्माले शिक्षा विना देश विकासको परिकल्पना गर्न नसकिने बताए ।

No comments:

Post a Comment