Thursday, December 30, 2010

थ्रिस्टार युनाइटेड कप भलिबल स्थगित

लोकनाथ मरासिनी

पौष १५, स्याङ्जा

      २५९४ ल्होसार पर्वको अवसरमा स्याङ्जाको रापाकोट ५ सल्यानमा आयोजित क्षेत्रिय स्तरको प्रथम थ्रिस्टार युनाइटेड कप खुल्ला पुरुष भलिबल प्रतियोगिता अनिश्चितकालका लागि स्थगित भएको छ ।
 बिहिबार दरौखोला युवा परिवार अर्जुनचौपारी र कालिका युवा क्लब रापाकोट रातो विचको सेमिफाइनल खेलमा विवाद भएपछि अयोजकले अनिश्चित कालका लागि खेल स्थगित गरहेको हो ।दरौखोला र कालिका बिचको खेल १÷१ सेटको बराबरीमा रहदा  तेस्रो सेटम  विवाद भएको हो ।
प्रतियोगितामा पर्वतको लुखुं देउरालि युवा क्लब यस पुर्व फाइनलमा प्रवेश गरीसकेको छ ।
 स्थगित भएको खेल जिल्ला खेलकुद विकास समिति स्याङ्जालाई जिम्मा दिएर वालिङ् र स्याङ्जा बजारमा सुचना प्रकासन गरेर खेलाउने जनाएको छ ।
थ्रि स्टार युनाइटेड क्लब अर्जुन चौपारी – रापाकोट र तमु ह्युल छोजधीको आयोजनामा पौष १२ गतेबाट शुरु भएको प्रतियोगिता बिहिबार समापन गर्न लागिएको थियो ।
जिल्लाको सबैभन्दा धेरै धनराशी भएको पुरुष भलिबल प्रतियोगितामा स्याङ्जा, पर्वत, गुल्मी, पाल्पा लगायतका क्लबको सहभागिता रहेको छ ।

No comments:

Post a Comment