Thursday, December 30, 2010

संविधान निर्माणका लागि जनदबाब आवश्यकः उपराष्ट्रपति झा

IMG_0393.JPG    ।
लोकनाथ मरासिनी

पौष १५, स्याङ्जा
  उपराष्ट्रपति परमानन्द झाले तोकिएको समयमा संविधान निर्माणका लागि जनदबाब सृजना गर्न नागरिकसँग आग्रह गर्नुभएको छ
संविधान निर्माणमा जुटनुपर्ने समयमा दलहरु संविधान बनाउनमा केन्द्रित नदेखिएकोले जनदबाब आवश्यक भएको उपराष्ट्रति झाले बताउनुभएको हो । उहाँले दलहरुसँग जनताको ठुलो अपेक्षा भएको हुदा अपेक्षा अनुरुप काम गर्न आग्रह गर्नुभयो
      स्याङ्जाको सदरमुकाम पुतलीबजार नगरपालिका–६ गुँडिखोला स्थित श्री १००८ चम्फागिरीको ९३ औं जन्मदीनको अवसरमा सन्यास आश्रममा पौष ८ गतेदेखि शुरु भएको श्रीमद्भागवत महापुराणको समापन समारोहलाई सम्बोधन गर्दै झाले संविधान लेखनलाई प्रथमिकता दिन राजनितिक दलहरुलाई आग्रह गर्नुभयो ।हामी जुन धर्ममा आस्था राखेपनि सबै धर्महरु नेपाल र नेपालीको प्राण भएको कुरामा जोड दिर्दै उपराष्ट्रपति झाले सनातन धर्म ऐतिहाकिस तथा पुरानो धर्म भएको बताउनुभयो ।
उपराष्ट्रपति झाले धार्मिक र संस्कृतिक परम्परालाई जोगाउन सबैको भुमिका उत्तिकै महत्वपुर्ण रहेको जिकिर गर्नुभयो । उहाँले एकसय ५० वर्ष पुरानो आश्रम विकास तथा समुन्नतको आधार भएको दावी गर्नुयो ।

      श्रीमद्भागवत महापुरण समापनका अवसरमा देशका विभिन्न भागमा रहेर हिन्दुधर्म मार्फत मानव तथा समाज विकासमा महत्वपुर्ण योगदान पु¥याउने करिव एक दर्जन धार्मिक व्यक्तिहरुलाई सम्मान गरिएको थियो ।
IMG_0400.JPG
      श्रीमद्भागवत महापुराणको समापन पुर्व उपराष्ट्रपति परमानन्द झाले श्री १००८ चम्फागिरी सन्यास आश्रमको नवनिर्मित प्रवेशद्धारको समेत उदघाटन गर्नुभएको थियो । प्रवेशद्धार आश्रममा संकलन गरिएको करिव ४ लाखको लागतमा निर्माण सम्पन्न भएको हो ।
श्रीमद्भागवत महापुराण मुल आयोजक समितिका अध्यक्ष राजु थापाको अध्यक्षतामा भएको समापन कार्यक्रममा प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद वली, आश्रमका स्वामी गोविन्द गिरि, कुमार राना लगायतका वक्ताहरुले बोल्नुभएको थियो ।

      उपराष्ट्रपति झा जिल्ला आउँदा जनपथ र सशस्त्र सहितको सुरक्षा अंगलाई व्यापक रुपमा परिचालन गरि सुरक्षा व्यवस्था गरिएको थियो ।

No comments:

Post a Comment