Tuesday, December 28, 2010

रापाकोटमा भलिबल प्रतियोगिता सुरु

लोकनाथ मरासिनी

पौष १२, स्याङ्जा ।

      २५९४ औ तमु ल्होसार पर्वको उपलक्ष्यमा स्याङ्जाको रापाकोट ५ सल्यानमा सोमबारबाट क्षेत्रिय स्तरको प्रथम थ्रिस्टार युनाइटेड कप खुल्ला पुरुष भलिबल प्रतियोगिता शुरु भएको छ ।

       प्रतियोगिताको उद्रघाटन खेलमा कालिका युवा क्लब रापाकोटले नवज्योति युवा क्लब घडेरीलई २–१  अन्तरले पराजित गदै बिजय शुरुवात गरेको छ ।

      प्रतियोगिताको उद्घाटन गर्दै खेलकुद बिकास समिति स्याङ्जाका अध्यक्ष गिरमान गुरुङ्ले गाउँमा रहेका प्रतिभाको खोजि हुनु सराहनिय भएको बताए ।

      कार्यक्रममा रापाकोट गाउँ बिकास समितिका सचिब खडानन्द मरासिनी, कार्यक्रमका संयोजक पानाम घले, क्लबका कोषाध्यक्ष राम प्रसाद लम्साल, रापाकोट प्रहरी चौकीका प्रहरी सहायक निरिक्षक चन्द्रमणि पौडेल लगायतले राज्यको प्रतिष्ठाको रुपमा रहेको खेलको बिकासमा सबैको चासो जानु पर्नेमा जोड दिएका थिए ।

      जिल्लाको सार्वधिक धनराशिको पुरुष भलिबल प्रतियोगितामा गुल्मी, पर्वत, पाल्पा र स्याङ्जाका १५ टिमको सहभागिता रहेको छ ।

      १५ गते सम्म संचालन हुने प्रतियोगितामा प्रथम हुनेले ३० हजार द्धितियले  २० हजार र तृतियले १० हजार कप मेडल  र प्रमाण पत्र तथा सान्तवना ५ हजार पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ ।

No comments:

Post a Comment