Monday, August 30, 2010

कालिगण्डकीले बगाउँदा एक वेपत्ता ,शव फेला परेन

कालिगण्डकी नदीको किनारबाट बालुवा निकाल्दा आज दिउँसो कालिगण्डकी नदीले बगाएर वेपत्ता भएका एक मजदुर अहिलेसम्म फेला परेका छैनन् । आज दिउँसो बालुवा निकाल्ने क्रममा नदीले बगाएपछि वेपत्ता रुकुम जिल्ला महत गाविस वार्ड नं. ५ घर भई हाल बानपा १ रामरेखामा डेरा गरि बस्ने कुशल बुढाथोकीका शब फेला परेको छैन । 
बागलुङ नगरपालिका वार्ड नं. १ खुदुर्केमा बालुवा निकाल्दै गरेका बुढालाई नदीले एक्कासी बगाएपछि वेपत्ता भएका थिए । वेपत्ता बुढाको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी र स्थानीय मजदुरहरुको सहयोगमा खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ

No comments:

Post a Comment