Monday, August 30, 2010

पत्रकारलाई ज्यान मार्ने धम्की


स्याङ्जा, भाद्र १४ -  एक पत्रकारलाई फोन मार्फत ज्यान मार्ने धम्की आएको छ । स्याङ्जा सिर्सेकोट घर भई ग्रामिण क्षेत्रमा बसेर कृषि, पर्यटन, स्वास्थ्य, शिक्षा लगायतका बिषयमा बिगत ४ बर्ष देखि पत्रकारितामा सकृय रहेका पत्रकार प्रकाश डुम्रेलाई फोन मार्फत ज्यान मार्ने धम्की आएको हो । पत्रकार डुमे्र जिल्लाका दुई सामुदायिक रेडियो स्याङ्जा र रेडियो आधिखोलाको तथा सदरमुकामबाट प्रकाशित हुने साप्ताहीक पत्रिका आधीखोला एक्सप्रेसको संबाददाताको रुपमा काम गर्दै आएका छन् ।
 पत्रकार डुम्रेलाई दिइएको ज्यान मार्ने धम्कि प्रति नेपाल पत्रकार महासंघ, क्रान्तिकारी पत्रकार संघ, नेपाल प्रेस युनियन, प्रेस चौतारीले आपत्ति प्रकट गरेका छन् । महासंघका अध्यक्ष ओम प्रकाश शर्मा, संघका अध्यक्ष अर्जुन काफ्ले, युनियनका अध्यक्ष श्रीकृष्ण सिग्देल र चौतारीका अध्यक्ष हिमलाल पराजुलीद्धारा जारी प्रेस बिज्ञप्तिमा दोषी माथि कडा कारवाहीको माग गरीएको छ । डुम्रेलाई तथा उनका परिवारलाई शुक्रबार देखि शनिबारसम्म पटक पटक ९८४६२७६६३४ नम्बरको मोबाइलबाट धम्की आएको डुम्रेले ई स्यांग्जा लाई बता |

1 comment: