Friday, September 3, 2010

बेपत्ता २३ वर्षपछि भेटिए

बेपत्ता भएको २३ वर्षपछि पौवेगौडेका गोविन्द थापा भेटिएका छन् । निरन्तरको प्रयासपछि गोविन्दकी श्रीमती पार्वतीले फेला पारेकी हुन् । उनी घरमा भने आउन मानेका छैनन् ।

साधुको भेषमा रूपन्देहीमा रहेका ७६ वषर्ीय थापालाई त्यही होटल गरेर बस्ने छोरीले भेटेकी हुन् । उनी छोरीको होटलमा संयोगवश चिया पिउन पुग्दा कुरा गर्ने क्रममा पहिचान खुलेको हो । घर जान अनुरोध गर्दा गुरुको आज्ञाबिना र्फकन नसक्ने भनेको पार्वतीले बताइन् । उनले भनिन्, 'धेरै वर्षपछि भेट भए पनि घर नआउँदा नरमाइलो लाग्यो ।' तर श्रीमान्ले चिनोस्वरूप चस्मा भने दिएर पठाएको उनले बताइन् ।

No comments:

Post a Comment