Thursday, September 2, 2010

भारतीय नागरिकको आँधीखोलाले बगाउँदा मृत्यु

प्रकाश डोटेल स्याङ्जा, १६ भदौं
स्याङ्जाको आँधीखोला किनारमा नुहाउन गएका एक भारतीय नागरिकको खोलाले बगाउँदा मृत्यु भएको छ । भारतको मोतिहारी स्थायी घर भएका अन्दाजी ६० वर्षा शुसिल मास्ताको खोलाले बगाएर मृत्यु भएको हो । नुहाई रहेको अवस्थामा अचानक लड्न पुग्दा उनलाई खोलाले बगाएर मृत्यु भएको वालिङ् स्थित वडा प्रहरी कार्यालयले जनाएको छ ।
शनको शव वालिङ् नगरपालिका-३ स्थित आँधीखोला किनारमा नुहाएको स्थानबाट करिव १ मिटरको दुरीमा भेटिएको थियो । वालिङ् डेरामा बस्दै आएका मास्ता कवाडी सामानको व्यापारमा आवद्ध थिए ।

No comments:

Post a Comment