Tuesday, August 31, 2010

महिला सशक्तिकरण को दरिलो नमुना :भबन निर्माण !

प्रकाश डोटेल स्याङ्जा, १५ भदौं
स्याङ्जाको पूर्वी दक्षिण भेगमा रहेको कुवाकोट गाउं विकास समिति वाड नं. ३ स्थित आँधीघाटमा स्थानिय आमा समुहको पहलमा स्वास्थ्य चौकी भवन निर्माण भएको छ ।
स्वास्थ्य उपचारका लागि घण्टौ हिडनुपर्ने बाध्यतामा परेका स्थानियवासीलाई स्वास्थ्य चौकी भवन निर्माणपछि स्वास्थ्य सेवा सुलभ भएको छ । कुवाकोटको नारिकल्याण आमा समुहको विषेश पहलमा स्वास्थ्य चौकी भवन निर्माण कार्य भएको हो ।
नारीकल्याण आमा समूहकी अध्यक्ष धनकुमारी पंगेनीको सक्रियतामा भवन उक्त निर्माणको कार्य अगाडी बढेको थियो । करिव २ लाखको लागतमा निर्माण भएको हो । स्वास्थ्य चौकी भवन २ कोठाको रहेको छ ।
भवन निर्माणका लागि उक्त रकम स्थानियबासिन्दाबाट चन्दा सहयोग तथा विविध सांस्कृतिक कार्यक्रमहरुबाट संकलन गरिएको थियो । उक्त स्थानमा स्वास्थ्य चौकी निर्माण भएपछि कुवाकोट गाउ विकास समितिका वडा नं. २, ३, ४ र ९ का स्थानियवासी स्वास्थ्य सेवाबाट प्रत्यक्ष लाभान्वित भएका छन् ।

1 comment:

  1. wao kya dami garechan ta kuwakot ka aama samuha le ta. Sabai thauma yestai hunuparne ho hai na ta????

    ReplyDelete