Friday, September 3, 2010

खिलुङ्–देउरालीको भाने–ओढार नेपालकै नमुना प्याराग्लाईडिङ् क्षेत्र !

प्रकाश डोटेल स्याङ्जा–१८, भदौं
विश्वमा प्राकृतिक स्रोत र साधनले भरपुर उत्कृष्ट देश मध्ये नेपाल एक हो। प्राकृतिकले दिएको उपहारलाई नजिकबाट नियाल्न र मनोरञ्जन गर्ने उद्देश्यका साथ विश्वका प्राकृतिक प्रेमी नागरिकहरु वर्षेनी नेपाल आउने क्रममा तिव्रता आएको छ। त्यहि तिव्रतालाई निरन्तरता दिनका लागि थप प्राकृतिक आकर्षक क्षेत्रको पहिचानमा लाग्नुपर्ने आम नेपालीको आवश्यकता भएको छ।
विकसित र धनी राष्ट्रका नागरिकहरु खास गरि अमेरिकन तथा युरोपेली नागरिकहरु प्याराग्लाईडिङ खेल्नमा विशेष रुची राख्ने गर्दछन्। प्राकृतिक स्रोत र साधन भरपुर भएपनि नेपालमा हालसम्म प्याराग्लाईडिङका लागि कास्कीको सराङ्कोट क्षेत्रले मात्रै मान्यता पाएको छ। प्याराग्लाईडिङ खेल्ने क्षेत्रको सम्भाव्यता अध्ययन गर्नु जरुरी पनि भएको छ। नेपाल सरकारले समयमै ध्यान दिनसक्ने हो भने पर्यटकका लागि स्याङ्जा जिल्लाको खिलुङ्–देउराली गाउं विकास समितिको भाने–ओढार प्याराग्लाईडिङको लागि सम्भावित क्षेत्र बनेको छ।
प्याराग्लाईडिङमा उडेकै ठाँउमा आएर ल्याण्डिङ गर्न सकिने भाने–ओढार नेपालकै पहिलो र नमुना क्षेत्र हो। नेपालमा रहेका प्याराग्लाईडिङका अनुयायीहरुले गरेको परिक्षणमा यो ठाँउमा नयाँ रेर्कड बनेको हो। केहि समय अघि परीक्षणकै वेला प्याराग्लाईडिङ पाइलट सानोबावु सुनुवारले पटक–पटक उडेकै ठाँउमा ल्याण्डिङ गरेका थिए। उठेको १५ मिनेटमा सुनुवार सोहि ठाँउमा ल्याण्डिङ गरेका हुन्।
विना कुनै अवरोध उडेका पाइलट सुनुवारले आफ्नो पहिलो अनुभव सुनाउँदै भने, प्याराग्लाईडिङ लागि भाने–ओढार उत्तम ठाँउ भएकाले नयाँ रेर्कड बनेको हो। नेपालमा गरिएका सयौ परिक्षणमा यसभन्दा पहिला उडेकै ठाँउमा आएर ल्याण्डिङ गर्न सकिएको थिएन्। आकाशमा उडेपछि घुमेर आएर उडेकै ठाँउमा ल्याण्डिङ गरिएकोले भौगोलिक बनावट र हावाको चाप मिल्ने त्यस ठाउँमा नयाँ रेर्कड बनेको पाइलट सुनुवारले दावी गरे।
पर्यटकीय क्षेत्र भाने–ओढारमा गरिएको पहिलो परिक्षणको एकैदिनमा पाइलट सुनुवारले जिल्लाका पत्रकार र पर्यटकसंग तीन पटक उडान गर्न सफल भएका थिए। दुई पटक उडेकै ठाँउमा ल्याण्डिङ गरेका पाइलट सुनुवार एकपटक पर्यटक लिएर पोखरा गए। खिलुङबाट सुनुवार स्विजरल्याण्डका पर्यटक लिएर दुई घण्टाको समय लगाएर पोखरा पुग्न सफल भए।
ग्रामिण पर्यटन प्रर्बद्धन गर्ने उदेश्यले आयोजना गरीएको ‘खिलुङग–लामडाँडाँ हनि–वल टुरको चार दिने कार्यक्रम अर्न्तगत प्याराग्लाईडिङ परीक्षण गरीएको कार्यक्रमका संयोजक दिपक रोकाहाले बताउदै भने, यो प्याराग्लाईडिङ पर्यटनको एउटा नमूना उदाहरण हो। रोकाहाले थपे, पर्यटकका लागि खिलुङ् मह उत्पादनको अर्को आक्रर्षक थलो हो।
पाइलट सुनुवारले भने, समुन्द्रि सतहबाट १ हजार ६ सय ४० मिटर उचाइमा रहेको भाने–ओढारबाट तलको समथर भुमि र गाउ निकै रमणीय देखिने बताए। स्याङ्जाका पत्रकार गिरीधारी पोखरेलले उनीसँगै करीव एक घण्टा प्याराग्लाईडिङ गरेका थिए। हावाको कारण पनि उडानमा कुनै समस्या नदेखिएपछि यो ठाँउ प्याराग्लाईडिङका लागी राम्रो मानिएको हो।
भाने–ओढार प्याराग्लाईडिङको लागी नेपालकै उत्तम ठाँउ सावित भएपछि यसलाई कानुनी मान्यता दिएर योजना बनाउनु पर्ने पर्यटनविद पदमबहादुर केसीले बताए। केसीले भने, …यो राजमार्गबाट नजिक र पर्यटनका लागि आवश्यक पुर्वाधार रहेको ठाँउ रहेछ।
नेपाल पर्यटन वर्ष २०११ लाई सफल बनाउनका लागि नयाँ–नयाँ आक्रर्षक पर्यटन केन्द्रको खोजीमा सबैले साथ दिनुपर्छ, संविधानसभाका सदस्य धनराज गुरुङ्ले भने, यो परिक्षणलाई मान्यता दिनका लागि पर्यटन मन्त्रालयसँग समन्वय गरिने छ। नेपाल कै नमुना भाने–ओढारमा प्याराग्लाईडिङलाई मान्यता दिलाउनुले यस भेगकै विकास हुन्छ।
खिलुङ पुग्न पोखरादेखि बसमा एक घण्टा ३० मिनेटको यात्रापछि हेल्लुबजारबाट दुई घण्टाको पैदल मार्ग यात्रामा पुग्न सकिन्छ। पोखरा र सिद्धार्थ राजमार्गबाट नजिक भएको कारण यो ठाउँ प्याराग्लाईडिङका लागि उत्तम छ। अधिकांश गुरुङ बस्ती भएको सो ठा‘उ रीतिरिवाज र सांस्कृतीकरुपमा पनि धनी छ। ऐतिहासिक दृष्टिकोणले पनि त्यस क्षेत्र महत्वपुर्ण भएकाले पर्यटनमा प्याराग्लाईडिङसगै अरु धेरै सम्भावना देखिन्छ।
विभिन्न मठ मन्दिर र डाँडाँबाट माछापुच्छ्रे अन्नपुर्ण लगायतका उत्तरका सवै हिमाल देखिनाले सो डाँडाँमा भिउ टावर बनाएर दृश्यअवलोकन सहित प्याराग्लाईडिङ मज्जा लिन सकिन्छ ।

No comments:

Post a Comment