Thursday, September 2, 2010

एमाले तटस्थ बसेर प्रधानमन्त्रीको च्याँखे थाप्यो !

नेपाली काँग्रेसले राखेको अडानलाई कार्यान्वयन गर्ने हो भने माओवादीको नेतृत्वको सरकार काँग्रेसलाई मान्य हुने

प्रकाश डोटेल स्याङ्जा-१७, भदौ
काम चलाउ सरकारका सस्कृती मन्त्री डा. मिलेन्द्र रिजालले पाँच-पाँच पटकसम्म प्रधानमन्त्रीको निर्वाचनमा तटस्थ बसेर नेकपा एमालेले प्रधानमन्त्रीको चाखे थापेको आरोप लगाएका छन् ।
नेकपा एमालेको तटस्थ बसाइमा कुनै सैद्धान्तिक तुक नभएको दावी गर्दै मन्त्री डा. रिजालले आफ्नै पार्टी नेताको नेतृत्वको सरकार ढालेर अरुले बहुमत पुर्‍याउन नसक्ने आकल गर्दै एमालले तटस्थको बाहानामा पार्टी अध्यक्षको नेतृतवमा सरकार बनाउन खोजेको बताए ।
नेपाली काँग्रेस स्याङ्जाको पार्टी कार्यालयमा विहिबार मध्यान्हमा कार्यक्रर्तालाई सम्बोधन गर्दै मन्त्री डा. रिजालले वर्तमान राजनीति परिस्थितीमा एमालेको त्यो चाहाना पुरा नहुने जिकिर गरे ।
नेपाली काँग्रेसका केन्द्रिय सदस्य समेत रहेका मन्त्री डा. रिजालले संविधान सभाबाट ठुलो दल बनेको एकीकृत नेकपा माओवादीसँग नेपाली काँग्रेसले राखेको अडानलाई कार्यान्वयन गर्ने हो भने माओवादीको नेतृत्वको सरकार काँग्रेसलाई मान्य हुने दावी गरे।
भदौ २० गते हुने छैटौं पटकको प्रधानमन्त्रीको निर्वाचनमा पनि परिणाम नआउने बताउँदै डा. रिजालले भने, जुनसुकै पक्षमा लागेपनि नेकपा एमाले र मधेशवादी पार्टीलाई सैद्धान्तिक निर्णय गरेर तटस्थ नबस्न आग्रह गर्छु।
कार्यक्रर्तालाई सम्बोधन गर्दै नेपाली काँग्रेस स्याङ्जाका सभापति कमलप्रसाद पंगेनीले देश र जनताको चाहानालाई आत्मसाथ गर्दै नेपाली काँग्रेसले १२ औं महाधिवेशनबाट राष्ट्रलाई निकास दिनुपर्ने कुरामा जोड दिए । सोहि अवसरमा सचिव लक्ष्मण भट्टर्राईले बोलेका थिए ।

No comments:

Post a Comment