Sunday, August 29, 2010

मनकामना गाँउविकास समितिमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

(लोकनाथ मरासिनी) 
भदौ १२, स्याङ्जा - 

स्थानिय क्लब तथा विद्यालयको अयोजनामा मनकामना गाँउविकास समिति ४ मेथाभुरुङ्गा स्याङ्जामा १ दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । सम्पन्न स्वास्थ्य शिविरमा मनकामना गाविस आसपासका २७१ जना विरामीहरुको स्वास्थ्य परीक्षण गर्नुका साथै ८० हजार रुपैया बराबरको औषधि वितरण गरीएको छ । भुरुङ्ग चौकी माध्यामिक विद्यालय मनकामना र जनजागुति सामुदायिक क्लब मनकामना ४ मेथाभुरुङ्गको अयोजनामा संचालित शिविरमा मानसिक तथा नशा रोग विशेषज्ञ डा. राजन शर्मा डा. महेन्द्र गुरुङ् र डा. सन्दीप पाण्डेले विरामिहरुको स्वास्थ्य परिक्षण गर्नुभएको थियो 

No comments:

Post a Comment