Saturday, November 6, 2010

स्याङ्जाको वालिंग मा दुखद दुर्घटना: एकको मृत्यु

 By Rajan poudel 


स्याङ्जाको वालिङमा दुई मोटरसाईकल एकआपसमा ठोक्किदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा वालिङ् १ का १८ वर्षिय रमेश थापा रहेको वडा प्रहरी कार्यलय वालिङ्गले जनाएको छ । दुर्घटनामा परी दुई जना गम्भीर घाईते भएका छन् । स्याङजाको वालिङबाट मिर्दीतर्फ गैरहेका २ मोटरसाईकल गएराति एकआपसमा ठोक्किंदा २ जना गम्भीर घाईते भएका छन् । एकैदिशातिर गैरहेका ग ५ प १७२० र ग ५ प ९११ नम्बरका मोटरसाईकल एक आपस ठोक्किदा वालिङ १ का १९ वर्षीय नवल कुँवर र वालिङ ३ का १९ वर्षीय भीम थापाको पोखरामा उपचार भैरहेको छ

No comments:

Post a Comment