Thursday, November 4, 2010

सहमतिका लागि विदेश नधाई स्वदेशमै दलहरुसँग छलफलमा बस्न गगन को आग्रह !

Rajan poude
नेपालि कांग्रेस केन्द्रिय सदस्य एवं युवा नेता गगन थापाल एकीकृत नेकपा माओवदी खुल्ला रुपमा बहस र छलफलमा आए नेपालि कांग्रेस जनुसकै बुधामा पनि सहमति गर्न तयार रहेकोे बताउनुभएको छ । स्याङ्जाको गल्याङ्गमा आयोजित विद्यार्थि सम्मान कार्यक्रमलाई हिजो सम्बोधन गर्दै युवा नेता थापाले माओवदी सहमतिका लागि छलफलमै आउन नचाएको आरोप लागाउनुभएको हो । सहमतिका लागि विदेश नधाई स्वदेशमै दलहरुसँग छलफलमा बस्न थापाले माओवदी अध्यक्ष प्रचण्डलाई आग्रह गर्नुभएको छ । सहमति भन्दै हिडने माओवदीले छलफलका लागि समय नदिएको गुनासो गर्नुभएका थापाले मओवदी लडाकु ३÷४ हजार नभई १०÷११ हजार नै विभिन्न सुरक्षा निकायहरुमा समायोजन गर्न कांग्रेस तयार रहेको बताउनुभयो । कार्यक्रममा शैक्षिक सत्र २०६६ को प्रवेशिका परिक्षामा जिल्लाबाट उत्कृष्ट अंक ल्याउने विभिन्न विद्यालयका करिब ४ सय विद्यार्थिलाई सम्मान गरिएको छ 

No comments:

Post a Comment