Monday, November 1, 2010

क्याक्मी घटनाको माओबादीद्धारा खण्डन

अर्जुन काफले

स्याङ्जा ।
स्याङ्जाको क्याक्मीमा शुक्रबार राती संयन्त्रको बैठकमा सामान्य भनाभनमा भएको घटनामा माओवादी आक्रमण भएको भनी भाम्रक प्रचार गरेको भन्दै एकिकृत नेकपा माओबादीद्धारा खण्डन गरेको छ ।
एकिकृत नेकपा माओवादी स्याङ्जाले आइतबार एक प्रेस वक्तव्य जारी गर्दै सुलभ विद्युतीकरणको प्रकृयामा लागौ भन्ने पक्षलाई राज्यशक्तिको दुरुपयोग गरी गाँउ नै आतंकित पार्ने गरी ९ जनालाई गिरफ्तार गरेर तर्साउने प्रयास भएकोमा पार्टीको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरीएको छ ।
 एकीकृत नेकपा माओवादी स्याङ्जाका सचिव ताराप्रसाद भुषाल बिजयद्धारा हस्ताक्षरित विज्ञप्तिमा क्याक्मीमा भएको घटनाप्रति दुख व्यक्त गर्दै घटनामा परी घाइते भएका दुबै पक्षको शिघ्र स्वास्थ्य लाभको कामना गरिएको छ ।
विकास निर्माणको विषयमा भएको विवादलाई राजनीतिक आवरण दिई अतिरन्जित बनाएर समस्या बल्झाउने प्रबृत्तिप्रति खेद प्रकट गर्दै जिल्लामा शान्ति, सद्भाव, भातृत्व र सहिष्णुता कायम गर्न स्थानीय प्रशासन र राजनीतिक दलसँग कुनै पनि बेला छलफल गर्न तयार रहेको उल्लेख गरिएको छ । घटनामा ८ जना माओबादी, काग्रेस र एमालेका ८ जना घाइते भएका  थिए ।

No comments:

Post a Comment