Tuesday, November 2, 2010

आलमदेवी मन्दिरको संरक्षण र सर्म्वर्द्धनका लागि आमभेला गरियो


गल्याङ, १४ कात्तिक।स्याङ्जा जिल्ला तुलसीभञ्ज्याङ गाविस वाड नं ६ स्थित आलमदेवी मन्दिरको संरक्षण र सर्म्वर्द्धन पुर्‍याउने उद्देश्यले  आलमदेवी मन्दिर संरक्षण उपभोक्ता समितिको आयोजनामा आमभेला सम्पन्न भयो।
मन्दिर करिब तीन सय वर्ष पुरानो भएको र त्यसको संरक्षण र सर्म्वर्द्धनमा कसैको चासो जान नसकेका कारण स्थानीयवासीकै पहलमा मन्दिरको जगेर्ना गर्नुपर्ने पुर्खादेखि नै पूजाआजा गर्दै आहिरहेका मन्दिर पुरानो र जीर्ण भएका कारण त्यसलाई बचाइराख्नुपर्ने जिम्मेबारी युवा पुस्ताको काँधमा आएकोले त्यसलाई लामो समयसम्म जोगाइराख्नुपर्ने भन्दै आमभेलाको आयोजना गरिएको हो।
कार्यक्रममा वक्ताहरुले राजा महाराजाका कुलदेवताका रूपमा स्थापित भएको भए पनि हाल आएर त्यसको संरक्षण तथा सर्म्वर्द्धनमा हाम्रो जिम्मेवारी बढेकोले त्यस मन्दिरको निर्माणका लागि स्वतफूर्तरूपमा चन्दा सङ्कलन गरी करिब दुर्इ किलोमिटर कच्ची मोटरको बाटो एक लाख ५०हजारको लगानीमा निर्माण गरिएको रनिर्माण कार्यमा सामग्री ओसार पसारका लागि बाटो आवश्यक पर्ने भएकाले सो कार्य पूरा गरिएको हुलाक आलमदेवी ग्रामीण सडक निर्माण समितिका अध्यक्ष विश्वनाथ अर्यालले जानकारी गराउनुभएको थियो।
आमभेलामा हरिकीर्तन समितिका अध्यक्ष ओमप्रकाश अर्याल, आलमदेवी मुल पूजा व्यवस्थापन समितिका अध्यक्ष क्याप्टेन नैनासिंह थापा, सदस्य सु. कुविर गाहामगर, शेबहादुर बराल, शिव पार्वती आमा समूहकी अध्यक्ष पर्ण्र्ााला अर्याल, समाजसेवी उमाकान्त अर्याल, लिलाबल्लभ अर्याल लगायतले आलमदेवी मन्दिर धार्मिक तथा ऐतिहासिक, पर्यटकीय दृष्टिले समेत महत्त्वपूर्ण स्थान भएकाले त्यसको संरक्षणमा सबै  मिलेर अगाडि बढ्नुपर्नेमा जोड दिनुभएको थियो।
स्थानीयवासीको वृहत सहभागिता रहेको कार्यक्रममा आलम देवी संरक्षणमा कुनै पनि निकायले चासो नदेखाएको गुनासो गर्दै सरोकारवालाले चासो देखाउनुपर्ने बताएका थिए।
कार्यक्रमको अध्यक्षता आलमदेवी संरक्षण उपभोक्ता समितिका उपाध्यक्ष विश्वनाथ अर्यालले गर्नुभएको थियो भने सञ्चालन सचिव टीकाराम अधिकारीले गर्नुभएको थियो

No comments:

Post a Comment