Saturday, November 6, 2010

स्याङ्गजा मा देउसी खेल्ने को लहर !

स्याङ्गजा ली रिपोर्टर

नेपालीहरुको दोस्रो ठुलो पर्व तिहारको अवसरमा स्याङ्गजा मा देउसी भैलो खेल्लेको चहलपहल बढेको छ । तिहार नजिकिदै गर्दा स्याङ्गजा का बिभिन्न सघंसस्था, क्लव, तथा युवायुबतीहरु, बिद्यार्थीहरु देउसी खेल्ल सदरमुकाम तथा गाउ गाउमा हिडिरहेका छन ।
तिहारको समयमा देउसी भैलोको भाकामा गित गाएर नाचेर मनोरञ्जन गर्ने चलनरहेको छ ।  सदरमुकाम स्याङ्गजा ,गल्यंग बजार ,वालिंग ,बयर घारी र बिभिन्न गाबिस भरि का चोकचोकमा देउसी भैलो खेल्न  बुढापाका, युवायुबती, महिला बिद्यार्थीहरु एक भएर हिडिरहेका छन । परापर्बकालदेखि चल्दै आएको पर्बलाई जिबन्त राख्नुको साथै यसको आफनै बिषेश महत्व रहेकोले यसरी देउसी भैलो खेल्दै हिडेको बुढापाकाहरु बताउछन ।
घरघरमा देउसी भैलो खेल्ल आउने समुहहरुलाई आफनो दक्षता अनुसार दक्षिण दिने गरिएको छ । पछिल्लो समयमा देउँसी भैलोको नाममा पैसा असुल्ने कार्य समेत गरिएको र्सबसाधरणहरु ब्ाताउँछन । आर्थिक, सामाजिक, सास्कृंति रुपमा देउसी भैलोको महत्व रहे पनि यसलाई बिकृति बिसङगति तर्फनलगि संरक्षण तथा सर्म्बर्द्धन गर्नु अहिलेको आवश्यकता रहेको बिशेषज्ञहरु बताउँछन । ।
बर्षो एक पटक आउने तिहारमा परम्परागत रुपमा खेलिने देउसी भैलोलाई निरन्तरता दिन र समाजीक सास्कृतिक प्रयोगको थालनि गर्न समेत स्याङ्गजा ली हरु  लागेका छन । समाज आधुनिक हुदै जादा देउसी भैलोका स्वर र शैलीहरुमा पनि परिर्बतन आउ थालेको स्थानियवासिहरु बताउदै आएका छन ।

No comments:

Post a Comment