Monday, November 1, 2010

कृषक सम्मानित

लोकनाथ मरासिनी कार्तिक १५, स्याङ्जा





कृषिको उन्नत प्रविधिको अनुशरण एंव प्रसारण गर्न अनुकरणिय कार्य गरेबापत स्याङ्जाका दुई जना कृषकलाई जिल्ला कृषि विकास कार्यलय स्याङ्जाले सम्मान गरेको छ। ३० औ विश्व खाद्य दिवसको अवसर पारी जिल्लामा उदारणीय बन्न सफल पिडिखोला ३ का युवराज चपागाई र आरुखर्क ७ की संगिता हमाललाई आइतबार सम्मान गरीएको हो। सम्मानित कृषकहरुलाई जनहि २ हजार ५ सय नगदका साथमा दोसल्ला आढाइएको थियो। सम्मानित हुने कृषकहरु मध्ये युवराज चापागाईले ६ ओटा माहुरीको घारबाट कृषि व्यवसाय सुरु गरी आधुनिक प्रणालिको प्रयोग गरी अहिले २ सय घार पुराएको र वार्षिक ४/५ लाख आम्दानि गर्ने गरेको सुनाउनुभएको थियो।
त्यस्तै अर्का कृषक संगिता हमालले पनि आधुनिक कृषि प्रणलिको प्रयोग गरी मनग्य आम्दानी गर्दै आउनुभएको छ।
यस्तै खाद्यय दिवसकै अवसर पारी कार्तिक १० गते भएको विद्यालय स्तरीय निबन्ध लेखन प्रतियोगितामा सर्बेउत्कृष्ठ हुन सफल विद्यार्थिहरुलाई समेत पुरस्कृत गरीएको छ।
भोकमरी विरुद्धको एकता हामी सबैको प्रतिबद्धता भन्ने शिर्षकमा भएको प्रतियोगितामा एभरग्रीन इंगलीस बोर्डिङ स्कुलकी एलिश्मा थापा प्रथम, त्रिभुवन आदर्श उच्च माविकि सुनिता मरासिनी द्धितिय, स्याङ्जा उच्च माविका प्रज्ञा जि.के सुवेदी तृतिय र भुपु सैनिक आवसिय उच्च माविका विवेक नेपाल सान्त्वना हुदै क्रमश नगद १ हजार, ८ सय, ७ सय र ५ सय प्रप्त गर्न सफल भएका थिए।
प्रतियोगितामा जिल्लाका २२ विद्यालयका ४१ जनाको सहभागिता रहेको थियो।
सम्पन्न सम्मान तथा पुरस्कार वितरण कार्यक्रममा प्रमुख जिल्ला अधिकारी जिवनप्रसाद वली, जिल्ला शिक्षा अधिकारी टोपबहादुर श्रेष्ठ, गैर सरकारी संस्था महासंघका रामचन्द्र गौतम, नेपालि कांग्रेसकी कविता गैरे, बागवानी अधिकृत विष्णुप्रसाद श्रेष्ठ लगायतले बोल्नुभएको थियो।
कृषक हरि सुवेदीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बरिष्ठ कृषि विकास अधिकृत चेतनाथ अधिकारीले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्नुभएको थियो भने कार्यक्रमको संचालन नवराज भण्डारीले गर्नुभएको थियो।

No comments:

Post a Comment