Monday, November 1, 2010

धार्मिक पर्यटकिय स्थल आलमदेवी मन्दिर संरक्षणमा युवाहरु

लोकनाथ मरासिनी कार्तिक १५, स्याङ्जा
स्याङ्जाको धार्मिक पर्यटकिय स्थल अर्न्तगत पर्ने आलमदेवी मन्दीर जिर्ण भइसक्दा समेत सरोकारवालाहरुले बेवस्ता गरेको भन्दै स्थानिय युवाहरु संरक्षण र संबर्द्धनमा लागि परेका छन्। तुलसी भन्ज्याङ् गाँउ विकास समिति ६ मा रहेको करिब ३ सय वर्ष पुरानो मन्दीरको संरक्षण र प्रर्वद्धन गर्ने जिम्मा युवाहरुको काधमा आएको भन्दै जिम्मेवारी पुरा गर्न युवाहरु लागि परेका हुन्। मन्दीरको जिर्णद्धारका लागि आवश्यक पर्ने सामाग्रिहरु ओसार पसार गर्न तथा त्यहँ पुग्ने भत्तजनहरुका लागि सहजताका लागि स्थानियवासि हरुबाटनै १ लाख ५० हजार रुपैया चन्दा संकलन गरी २ किलोमिटर कच्ची मटोरबाटो निर्माण कार्य समेत सम्पन्न भइसकेको छ।
स्याङ्जा जिल्लाकै चिनारीका रुपमा रहेको आलमदेवी मन्दीर संरक्षण र प्रर्वद्धनका लागि स्थानिय युवाहरुको सक्रियतामा आइतबार एक भेला समेत सम्पन्न भएको छ।
सम्पन्न भेलाले आलम देवी संरक्षणमा कुनै पनि निकायले चासो नदेखाएको गुनासो गर्दै सरोकारवालाले चासो देखाउनु पर्नेमा जोड दिएका थिए।

No comments:

Post a Comment