Saturday, September 18, 2010

१४ र्घाईते, ५ गम्भिर : फेदिखोला वेसारेमा दुखद दुर्घटना !

स्याङजाकेा फेदिखोला गाविस वाड नं. ७ वेसारेमा शुक्रबार साँझ भएको सडक दुर्घटनामा १४ जना र्घाईते भएका छन् । र्घाईते मध्ये ५ जना गम्भिर रहेका छन् । पोखरावाट स्याङजा तर्फआइरहेको ग १ ख २९१६ नम्वरको मिनी माईक्रो वस र बिपरित दिसाबाट गैरहेको ग १ ख ३०९६ नम्वरको दुध वोकेको ट्रयाङ्कर सिर्द्धार्थ राजमार्गको परेदिखोलामा एक आपसमा ढोकिदा दुर्घटना भएको हो । 
दुर्घटनामा गम्भिर घाइते हुनेहरुमा फेदिखोला क्याम्पस रोडका सुमन क्षेत्री, छाङछाङदि ९ का किसान थापा, फेदीखोला १ का इश्वर सुवेदी, आर्रुखर्क ८ का राजेन्द्र मिजार, मुम्दीभुम्दी २ का सुमित्रा बराल रहेका छन् । 
त्यस्तै अन्य घाइतेहरुमा वाङ्सिङ् २ का शिव खत्रि, फापरथुम ५ का डिल्लीराम बराल, पुतलिबजार नगरपालिका ९ का डोलराज गिरी, लेखनाथ नगरपालिका १० कास्कीका संजिव सुवेदी र संगिता सुवेदी, पुतलिबजार नगरपालिका १ का लक्ष्मण बराल, पोखरा उपमहानगरपालिका १७ का मनमाया गुरुङ् र पुणिर्मा गुरुङ् र भाटखोला ८ का सुमन पराजुली रहेका छन् । र्घाईते मध्ये १२ जनाको पोखरा स्थित फेवा सिटि अस्पतालमा र २ जनाको चरक अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ 

No comments:

Post a Comment