Tuesday, September 14, 2010

बाल दिवसमा विविध कार्यक्रम

By Prakash Dotel
हामी सवैको सरोकार, नयाँ संविधानमा सुनिश्चित बालअधिकार भन्ने मुलनाराका साथ स्याङ्जाका विभिन्न स्थानमा राष्ट्रिय बाल दिवस विविध कार्यक्रम सम्पन्न भएका छन्।
बाल दिवसका अवसरमा र्‍याली प्रदर्शन, बालस्वास्थ्य परीक्षण, खेलकुद, बक्तृत्वकला प्रतियोगितामा उत्कृष्ट प्रतियोगिलाई पुरस्कार वितरण गरिएको थियो । बालदिवसको अवसरमा आज स्याङ्जा सदरमुकामस्थित बालमन्दिरमा प्रवचन कार्यक्रम सम्पन्न भएको छ ।
प्रवचन कार्यक्रमा बक्ताहरुले अब बन्ने संविधानमा गाँस, बास, कपास लगायत बालअधिकारलाई मौलिक हकको रुपमा ग्यारेन्टी गरिनुपर्ने र नयाँ संविधान निर्माणका लागि बालकदेखि बृद्धसम्म सचेत हुनुपर्ने बताएका थिए ।
कार्यक्रमममा आफ्ना हक अधिकार सुरक्षित गर्न बालबालिका आफैंपनि सचेत हुनुपर्ने बताइएको थियो । कार्यक्रममा बालबक्ताहरुले आफ्ना अधिकारका लागि एकजुट भई संगठित हुनुपर्नेमा जोड दिएका थिए ।
बालबालिकाको क्षेत्रमा काम गर्ने सरकारी तथा गैह्रसरकारी संस्थाको सहयोग तथा नेपाल बाल संगठन स्याङ्जाको आयोजनामा कार्यक्रम सम्पन्न गरिएको हो ।
बालदिवसको अवसरमा काजीमान उच्च माध्यमिक विद्यालयकी बक्तृत्वकला प्रयिोगितामा प्रथम तथा कार्यक्रमकी प्रमुख अतिथि सुस्मिता कार्की, प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद वली, स्थानीय विकास अधिकारी दिर्घनारायण पौडेल, प्रहरी नायव उपरिक्षक उत्तमराज सुवेदी, जिल्ला शिक्षा अधिकारी टोपबहादुर श्रेष्ठ, सहितका वक्ताहरुले राज्यले बालबालिका अधिकार संरक्षणमा आवश्यक कदम चाल्न नसकेको बताएका थिए ।
सोहि अवसरमा एकिकृत नेकपा माओवादी स्याङ्जाका सचिव तारा भुषाल, नेपाली काँग्रेसका सदस्य सोमनाथ लम्साल, नेकपा एमालेकी दवी थापा शिक्षक बेदप्रसाद दोरङ्गा, महेशकमार श्रेष्ठ, राजकुमारी गुरुङ्, सहारा समुहका अच्युत पोख्रेल लगायतले बोलेका थिए ।
नेपाल बाल संगठन स्याङ्जाका सभापति दिर्घनारायण शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सचिव दिनेश अर्यालले सञ्चालन र जिल्ला बालकल्याण समिति स्याङ्जाका सदस्य खेमनारायण शर्माले स्वागत मन्तव्य राखेका थिए ।

No comments:

Post a Comment