Wednesday, September 15, 2010

पश्चिमाञ्चलमा मोबाइल फोन सेवा अवरुद्ध


By esyangja reporter 
पश्चिम नेपालको गण्डाकी, धवलागिरि र लुम्बिनी अञ्चलमा नेपाल टेलिकमको मोबाइलसेवा अवरुद्ध भएको छ ।
महेन्द्रपुरस्थित टावरमा प्राविधिक समस्या उत्पन्न भएपछि सेवा अवरुद्ध भएको हो । अवरुद्ध सेवा सञ्चालनका लागि प्राविधिक टोली खटाइएको सो क्षेत्रस्थित नेपाल टेलिकमका प्रमुख सूर्यनारायण मालाकारले बताउनुभयो ।
टावरमा गड्बडी भएपछि गण्डाकी, धवलागिरि र लुम्बिनी अञ्चलका १० लाखभन्दा बढी मोबाइल फोन प्रयोगकर्ता प्रभावित भएका छन्

No comments:

Post a Comment