Thursday, September 16, 2010

स्याङजाका विभीन्न सहकारी संस्थाहरुवाट लाखौको चोरी

स्याङजाका विभीन्न सहकारी संस्थाहरुवाट लाखौको चोरी

By Prakash Dotel 
बुधबारराति स्याङजाका सहकारी संस्था तथा विभिन्न पसलहरुवाट लाखौको चोरी भएको छ। वालिङ र गल्याङमा रहेका २ सहकारी संस्था र पसलहरुवाट लाखौको चोरी भएको हो। स्याङजाको वालिङमा रहेको उपकार वचत तथा ऋण सहकारी संस्थावाट रु ३ लाख ८ हजार ७ सय ९१ चोरी भएको छ। संस्थामा लगाईएको ताला फोरी वैङकमा रहेको पैसा चोरी भएको उपकार वचत तथा ऋण सहकारी संस्थाले जनाएको छ।
विहान कर्मचारीले वाहिरी ढोकामा लगाएको ताला फोरिएको देखे पछि प्रहरीलाई खवर गरेका थिए । चोरले संस्थामा रहेका दुई ओटा दराज , विभिन्न घर्राहरु समेत तोड फोड गरेको संस्थाका महाप्रवन्धक गम वहादुर नेपालीले जानकारी दिए।
उता स्याङजाकै गल्याङ स्थित गल्याङ वचत तथा ऋण सहकारी संस्थावाट पनि २० हजार चोरी भएको संस्थाका प्रवन्धक ओम वहादुर थापाले जानकारी दिए।
गएराती नै गल्याङकै राजकुमार श्रेष्ठको पसलवाट सामान र नगद गरि करिव १० हजारको चोरी भएको छ। उता गल्याङ कै वस्याल पेट्रोल पम्पमा समेत सामान्य तोडफोड भएको छ। वाहिरवाटै हातहतियार सहित आएका पेशेवर चोरहरुको समुहले धेरै संस्थामा चोरी गरेको हुन सक्ने प्रहरीले आसंका गरेको छ घटनाको वारेमा अनुसन्धान भईरहेको वडा प्रहरी कार्यालयका प्रहरी निरिक्षक राजेन्द्र श्रेष्ठले जानकारी दिएका छन्।




No comments:

Post a Comment