Saturday, August 28, 2010

Agro Tourism in Syangja



Villagers in Syangja, in mid-west Nepal, who are well versed in commercial agricultural production have decided to introduce agro tourism in their villages. Jagat Bhanjyang, Sirsekot, Majhkot and Jagatradevi villages are ready to welcome foreign tourists as well as domestic visitors to experience village life.The visitors will get to experience first hand, farming mehods used by the farmers.The villagers have introduced ‘ home-stay’ schemes where every household can accomodate upto five visitors. A member from each household in the villages , have been receiving training in kitchen and home-stay management.

वर्षा पछी खाद्यान्न अभाव

- लगातार परेको वषर्ाका कारण पहिरो गएर कच्ची सडकमा सवारी साधन नचलेपछि गाउँमा खाद्यान्न संकट हुन थालेको छ ।  चापाकोट, रत्नपुर, कुवाकोट, बिरुवा  कोल्मा , रांग भां लगायतका गाविसमा खाद्यान्न अभाव हुन थालेको छ ।

स्याङ्जा नेविसंघ पूनरगठन

प्रकाश डोटेल स्याङ्जा, १२, भदौं
संगठनलाई चुस्त, दुरुस्त, सुसंगठित र शसक्त बनाउने बताउंदै नेपाल विद्यार्थी संघ स्याङ्जाका सभापति गुरुप्रसाद भट्टर्राईले नेपाल विद्यार्थी संघ स्याङ्जाको पूनरगठन गरेका छन् ।
नेपालको ६३ वर्षलामो लोकतान्त्रिक आन्दोलनको अगुवा संगठन नेपाल विद्यार्थी संघका काम कारबाही अझ प्रभावकारी बनाउने प्रतिवद्धता जनाउर्ंर्दै सभापति भट्टर्राईले शुक्रबार एक प्रेस विज्ञप्ती जारी गर्दै संघको जिल्ला समितिलाई पूनरगठन गरेको बताएका छन् ।
पूनरगठन गरिएको समितिको सभापति गुरुप्रसाद भट्टर्राई, सह-सभापति चिरञ्जीवि भण्डारी, उपसपतिमा विष्णु पौडेल, केशवराज लम्साल, कुमार थापा र उमेश भट्टर्राई, सचिवमा अमृत अर्याल, टिकाराम अधिकारी, सह-सचिवमा नवीनकुमार श्रेष्ठ तथा कोषाध्यक्षमा गोविन्द अधिकारी र केशवराज रेग्मी रहेका छन् ।
समितिको सदस्यमा मिलन समीर, सञ्जिवबाबु काफ्ले, अजितकुमार क्षेत्री, गुमबहादुर राना, प्रकाश भुषाल, किसान गुरुङ्, दिपेन्द्र खडका, प्रभाव पौडेल, विष्णुहरी उपाध्याय, रीता पंगेनी, दिपक तिवारी, नेत्र गुरुङ्, सुन्दर न्यौपाने, दिपक न्यौपाने, विष्णु अधिकारी, रामु लामिछाने, पूर्णचन्द्र पंगेनी, बसन्त न्यौपाने, दिलिपा अधिकारी, तारा न्यौपाने, रोशन अर्याल र रेनुका पौडेल रहेका छन् ।
सभापति भट्टर्राईले पर्स्नगठित समितिलाई पार्टी थप सहयोग गरेमा नेपाल विद्यार्थी संघको संगठनलाई स्याङ्जामा उदाहरणीय बनाउने प्रतिवद्धता समेत जनाएका छन् ।

Friday, August 27, 2010

NOTICE ! NOTICE ! NOTICE !!!





  • विनडोज जस्तै कम्प्युटर चलाउने तर खुला बनोट को सफ्ट वेयर प्रयोग गरेर कसरि नेपाल का गाउँ हरु मा ई -पुस्तकालय स्थापना गर्न सकिन्छ ?? नेपाली बैज्ञानिक हरु लाई बिदेसिन नदिन राम्रो अनुसन्धान केन्द्र को स्थापना नेपाल मै बनाउदा कसो होला ?? नेपाली तन्नेरी ‎हरु संस्कृत भाषा सिक्न किन मान्दैनन ?जबकी भारत को IIT ,अमेरिका को MIT , NASA मा बैज्ञानिक हरु हरु संस्कृत लाई कम्पुटर चलाउने मध्यम को रुप मा लिन थालेका छन् ! किन हामी हरु आफ्नै गाउँ ठाउँ लाई भुल्दै छौ ?? 


  • आदि बिषय हरु मा दशैं चाड अगाडी विचार को बहस हुदै छ स्यन्ग्जली हरु बीच ! 


  • SPONSOR गर्न चाहने स्यन्ग्जली हरु ले होटेल र स्थान को व्यवस्था मिलाई दिएर सहयोग गर्नु होला
  •  Note:Speakers will be invited as per ur feedbacks , esyangja.com launch will be also on that day ! 

विपन्न आय भएका महिलालाई बंगुर


प्रकाश डोटेल स्याङ्जा, १० भदौं

सहारा समूह स्याङ्जा अर्न्तगत जिल्लाका आयआर्जन सम्बन्धी कार्यक्रम संचालन भएका २० गाउँ विकास समितिमा गठन गरिएको महिला समूहहरुको सिफारिसमा निम्न आय भएका ६० परिवारका महिलाहरुलाई निःशुल्क बंगुर वितरण गरेको छ। निम्न आय भएका ६० परिवारका महिलाहरुलाई बंगुर पालन सम्बन्धी २ दिने तालिम प्रदान गरि बंगुर वितरण गरिएको हो। तालिम संचालन र बंगुरको बच्चा सहारा समूहको आयोजना तथा आपेरोन नेपालको सहयोग प्राप्त भई वितरण गरिएको हो। समूहले दिएको तालिममा सहभागि महिलाहरुलाई योर्कसायर र ल्यान्डरेस जातका भाले र पोथी गरि १ सय २० बंगुर वितरण गरिएको छ। वितरण गरिएको बंगुर पोखरा स्थित पोखरा बंगुर र्विडरबाट खरिद गरिएको थियो।
महिलाहरुलाई वितरण गरिएको प्रति बंगुर ३ हजारका दरमा ३ लाख ६० हजार मुल्य बराबरको बंगुर वितरण गरिएको छ। महिलाहरुले प्राप्त बंगुरलाई आयआर्जनको माध्याम बनाउने प्रतिवद्धता जनाएका थिए।
महिलाहरुलाई बंगुर वितरण गर्दै स्याङ्जाका प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद ओलीले बंगुर पालनबाट महिलाहरुको आयआर्जनमा महत्वपूर्ण सहयोग पुग्ने बताए। उनले आयआर्जनका लागि परम्परा भन्दा माथि उठेमा आर्थिक क्रान्ति गर्न सकिने धारण व्यक्त गरे।
तालिम समापन तथा बंगुर वितरण कार्यक्रममा जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत चेतनाथ अधिकारी, पशु सेवा कार्यालयका डा. कल्याणकुमार श्रेष्ठ, सहारा समूहका सदस्य सचिव कमलप्रसाद पौडेल, कार्यक्रम अधिकृत गिरिजा काफ्ले लगाएका वक्ताहरुले बोलेका थिए।
सहारा समूह स्याङ्जाले जिल्लाका विभिन्न क्षेत्रका निम्न आय भएका महिलाहरुलाई कफी, अदुवा, अमि्रसो, च्याउ खेती र माहुरी पालन सम्बन्धी तालिम संचालन गर्दै आएको समूहका कार्यक्रम अधिकृत गिरिजा काफ्लेले जानकारी दिएका छन्।

Thursday, August 26, 2010

अमेरिकामा छोराहरुको दुर्घटनामा मृत्‍युपछि पिताको अनुकरणीय समाज सेवा

Written by Bijaya Poudel, Editor-in-Chief, Vishwa sandesh   
Thursday, 25 August 2010 21:43
न्यू योर्क- आफ्ना दुई आँखाको नानी जस्ता दुई छोराहरु एउटा काठमाडौंमा मोटर साइकल दुर्घटना र अर्को अमेरिकामा कार दुर्घटनामा मृत्‍यु हुन पुगेपछि बिष्णु गौतम नेपालका सयौं जेहेन्दार र दीनहीन विद्यार्थीहरुको अनुहारमा आफ्ना छोराहरुको प्रतिबिम्ब खोज्दैछन्।


बिष्णु गौतमको पुर्ख्यौली घर काभ्रे हो तर उनी काठमाडौंको तिलगंगामा बसोबास गर्दछन्। बिष्णु र यिनकी श्रीमती लक्ष्मीका दुई सन्तान थिए- कुमार र बलराम।

गुणी छोरो कुमारको समाज सेवा

जेठो छोरा कुमार अत्यन्त मिलनसार थिए अनि बाबुछोरा पनि घनिष्ठ मित्र जस्तै । कुमार सानै उमेरमा सफल व्यवसायी मात्र होइन सामाजिक काम गर्न सधैं एक कदम अगाडि नै थिए ।

यिनले काठमाडौं जिल्लाभित्रका कयौं विद्यालयहरुलाई आफ्नै खर्चमा १५ औं थान कम्प्युटर दिएका थिए भने काभ्रेको दोलालघाट पारितिरको गाउँका २२ जनालाई जीवनभर पढाइदिने प्रण गर्दै छात्रवृत्ति प्रदान गर्दै आएका थिए । 'विकासकालागि शिक्षा' भन्ने आदर्श बोकेका कुमारले बनेपास्थित एड्सका बिरामीहरुको पुनस्र्थापना केन्द्रलाई पनि सहयोग गर्दै आएका थिए अनि बेलाबेलामा चितवनको बछ्यौली माविलाई पनि सहयोग जुटाउन भ्याएका थिए ।
Bishnu Gautam and Lakshmi Gautam with orphans. Photos: Bijaya.

मध्यरातमा कुमारको मृत्‍युको दु:खद खबर

यस्तो लहलहाउँदो उमेरको गुणी छोरो, अरुलाई सेवा गर्न भनेपछि मरिहत्ते गर्ने अनि परिवारप्रति त्यत्तिकै जिम्मेवार कुमार एक दिन मध्यरातसम्म पनि घर आएनन्। त्यो दिन थियो- सन् २००८ को डिसेम्बर २९ तारिख । रातिसम्म बाबुआमा मनमा विभिन्न तर्कना खेलाउँदै कुर्दै थिए । तर कुमार होइन अकस्मात प्रहरीको फोन आयो- आफ्नै घरछेउको संचारग्राम अगाडि मोटरसाइकल दुर्घटना भएको खबर लिएर । त्यसपछाडि कुमार र उनको परिवारको कहिल्यै भेट भएन । घरमा आफ्ना मातापिता तथा कुमारका ८५ वर्षे वृद्ध हजुरबुवा र ७८ वर्षे वृद्ध हजुरआमालाई कसरी सम्झाए होलान् विष्णुले ?

अमेरिकाबाट कान्छो छोरोको मृत्‍युको अर्को दु:खद खबर

जेठो छोरोको अबसानपछि जेनतेन मन बुझाउँदै थिए विष्णु र र लक्ष्मीले। तर के गर्नु 'दुःखीको घरमा मात्र तेरो बास हुने भए हे ईश्वर दया राखी मलाई अझ दुःख दे' भन्ने चर्चित हरफजस्तै भयो विष्णु गौतमकालागि । जेठो छोरो मोटरसाइकल दुर्घटनामा परी बितेको ९ महिनाभित्रै अमेरिकाको ओक्लोहामाको नर्थ-वेस्ट ओक्लोहामा युनिभसर्िटीबाट भर्खर ग्राजुएसन गरी पढ्दा खेरीको केही क्रेडिट कार्डको ऋण चुक्ता गरेर नेपाल फर्कने तयारी गरिरहेका २५ वर्षे अर्को छोरा बलरामको सन् २००९ अक्टोबर ३ तारिख कार दुर्घटनामा मृत्यु भएको खबर बोकेर आएको फोनको घन्टीले उक्त परिवारलाई अरु भाव बिह्वल बनायो । विष्णु गौतमकी धर्मपत्नी लक्ष्मी गौतम आधा घन्टा अचेत भइन् भने बुढा भएका आफ्ना बाबुआमाको घाँटीबाट स्वर नै निस्केन । यसरी पुनः मर्माहत हुन पुग्यो गौतम परिवार ।

लाखौंलाख छोराछोरीको अनुहारमा आफ्ना मृतक छोराहरुको प्रतिविम्ब खोज्ने अभियान

आफ्ना दुई सन्तानको बिछोडले टुकि्रएका विष्णु गौतमले एउटा प्रण गरे र परिवारलाई पनि बुझाउन सफल भए कि रोएर आँसुले ओछ्यान भिजाउँदैमा फेरि कुमार र बल फर्केर आउँदैनन् त्यसैले देशभरि बाँचेका लाखौंलाख छोराछोरीको अनुहारमा आफ्ना मृतक छोराहरुको प्रतिविम्ब खोजौं । त्यसैले सामाजिक कामकालागि सधैं अग्रसर उनका छोराहरु गुमाएर विक्षिप्त बनेकी आफ्नी श्रीमती लक्ष्मी गौतमको नामबाट 'लक्ष्मी प्रतिष्ठान' संचालन गर्न पुगे- विष्णु गौतम ।

Lakshmi Pratisthan involves in various social activities. Photos: Bijaya.
यसैबिच, गौतमले छोराहरु गुमाइसकेपछिका आफ्ना आवेगका भावनाहरु समेटेर आफ्नै रचनाको एउटा गीति क्यासेट 'लक्ष्मी' कवि माधवप्रसाद घिमिरेको हातबाट मृतक कुमारको वार्षिकीको पुण्य तिथिमा विमोचन पनि गराए अनि क्यासेटको आम्दानी पनि लक्ष्मी प्रतिष्ठानमा नै चढाउने निधो गरे ।

त्यसअगाडि गत वर्ष डिसेम्बर महिनामा यो पंक्तिकार काठमाडौं पुग्दा राम्रोसँग हिमचिम र चिनजानको परिवार भए पनि त्यो परिवारको खपिनसक्नु वेदनाकाकारण भेट्न जाने हिम्मत गरिरहेको थिएन तर आँसु पिएर हीरा जन्माउने क्षमताका धनि विष्णु गौतमले एक जना नजिकका मान्छेलाई लिन नै पठाएपछि भेट्न बाध्य भएको थिएं। । एउटै वर्ष आफ्ना दुई वटा अमूल्य रत्न गुमाएका विष्णु गौतमसँग आँखा जुधाउने ममा क्षमता थिएन तर उनी आफैंले भने- 'अब छोराहरुलाई सम्झन छाडिसकें र घरमा बाँचेकाहरुले पनि मन बुझाइसके, अब हामीदेखि तपाईंहरु भाग्नुपर्दैन । सहानुभूतिकाकारण नजिक आउन नसक्नेहरुलाई लक्षित गर्दै गौतमले भनेका थिए "हामी सामान्य भइसक्यौं, त्यसैले अब छिट्टै दिवंगत सन्तानको एक मात्र नजिककी हकवाला उनीहरुकी आमा र मेरी अर्धांगिनी लक्ष्मीको नाममा प्रतिष्ठान खोलेर पूर्ण रुपमा सामाजिक कार्यमा लाग्ने विचार छ ।' नभन्दै गत डिसेम्बर १९ तारिखमा आफ्नै घरको कोठालाई प्रतिष्ठानको कार्यालय बनाएर छोराहरुको मृत्युले जन्माएको दुःख बिर्साउन समाज सेवामा होमिए विष्णु गौतम ।

समाज सेवाकालागि सात रोपनी जग्गा

संस्था जन्मिएको आठ महिना पूरा भएको छैन तर विष्णु गौतमले सामाजिक कामकैलागि काभ्रेको आफ्नो व्यक्तिगत सात रोपनी जमिन बिक्री गरिसके भने यसबीचमा उनको बिहान उठेदेखि बेलुकी नसुतेसम्म समाज सेवामा नै बित्दछ । सात दिनमा ४ दिन समाजसेवाकैलागि फिल्डमा हुन्छन् अनि ३ दिन प्रतिष्ठानको कार्यालयमा विभिन्न सम्पर्कमा बित्दछन्।

जेठा छोराले प्रदान गर्दै आएको २२ जना गरिब विद्यार्थीहरुको छात्रवृत्तिमा ब्रिद्धी

प्रतिष्ठान खोलेको छोटो समयमा सात लाख खर्च गरेर काभ्रेको बालप्रतिभा निमाविलाई थप कोठा निर्माण गर्नेदेखि लिएर स्व. जेठा छोराले प्रदान गर्दै आएको २२ जना गरिब विद्यार्थीहरुको छात्रवृत्तिलाई उनले ३८ जनालाई पढाउने व्यवस्था गरिदिए, त्यसमध्ये ४ जनाले त बोर्डिङस्कुलमा नै पढ्ने मौका पाएका छन् । काभ्रेको अनयकोटमा मात्र होइन मोरङको लेटाङसम्म पुगेर त्यहाँका अशिक्षित र उपेक्षित महिलाहरुलाई साधारण शिक्षा र व्यावसायिक तालिम दिने कक्षाहरुमा हाल दुई सय जना पढ्दैछन् । अहिले प्रतिस्ठानले लामो समयदेखि बेपत्ता पारिएका पत्रकार प्रकाश ठकुरीको दुई सन्तानलाई पढाउने पनि जिम्मा लिएको छ ।

स्वरोजगार तालिममा सहयोग

पढाउने र सिकाउने मात्र होइन हाल लक्ष्मी प्रतिष्ठानको जमानीमा स्वरोजगार लघुवित्त संस्थानहरुबाट दुई सय जनाले बिनाधितो ३०-३० हजार ऋण लिएर अचार, तितौरा बनाउने अनि बाख्रा र सुंगुर पाल्नेसम्म काम गरेर जीविकोपार्जन गर्न सफल भएका छन् । जसको जे सीप छ त्यसलाई त्यही काममा लगाएर सामाजिक रुपान्तरणको मार्गमा हिँडेका विष्णु गौतमले काभ्रेको एउटा गाउँमा रहेका करिब २५ सार्की परिवारलाई जुत्ता सिलाएर बेचबिखन गराउन थालिसके ।

अर्को दुर्घटना जोगाउने अभियान

मृगौला खराब भएकालाई सहयोग मात्र होइन भविष्यमा दुर्घटनामा कमी आओस् भन्ने हेतुले काठमाडौंका विभिन्न सडकहरुमा रहेका डिभाइडर पनि रंगाउन थालेका छन् उनी र साथसाथै प्रतिष्ठानका स्वयंसेवकहरुलाई ट्राफिक चेतना कार्यक्रममा पनि सहभागी गराउँदै आएका छन् ।

पर्याबरण अभियानदेखी खानेपानीसम्म

उनले हाल मात्र 'एक घर पाँच फल' जस्ता कार्यक्रम ल्याएर पर्यावरणलाई टेवा पुर्याउने कार्यक्रम मात्र होइन काभ्रेकै अनयकोटस्थित स्थानीय उपभोक्ता समूह तथा सामुदायिक वन समूहलाई कार्यक्रम संचालन गर्न एक लाख नगद सहयोग गरेका छन् भने काभ्रेकै भक्रम देवी माविलाई करिब ३० लाख मूल्य पर्ने ४ रोपनी ४ आना जग्गा उपलब्ध गराई करिब साढे चार किलोमिटरको दूरीदेखि खानेपानी ल्याएर विद्यार्थीहरुलाई शुद्ध पिउने पानीको व्यवस्था गरिदिएका छन् ।

परिवारको गुजारा

पैसा कमाउन समाजसेवालाई बदनाम गर्ने परिपाटी बनेको नेपाली समाजभित्र आफ्ना सन्तानको रिक्तता भुल्न समाज सेवामा लागेका गौतमले आजसम्म करिब १ लाख १५ हजार सदस्यता शुल्कबाहेक कसैको कौडी सहयोग नपाएको बताउँछन् । सम्पत्तिको नाममा तिलगंगामा रहेको एउटा घर हो जुन धेरै पहिला पशुपति विकास कोषले रोक्का गरिसक्यो, न बेच्न मिल्छ, न नयाँ बनाउन मिल्छ । त्यही घरमा संचालित एउटा हस्तकलाको पसल छ, त्यसैबाट गुजारा चलेको छ उनको परिवारको ।

"समाज सेवा मात्र एउटा विकल्प हो जसले हामीलाई सन्तुष्टि प्रदान गर्दछ"- बिष्णु गौतम

हालसम्म ३२ लाख व्यक्तिगत सम्पत्ति समाज सेवाकालागि समर्पण गरीसकेका गौतम भन्छन्- 'बाँकी भौतिक जीवन जिउन मेरो अगाडि अरु विकल्प छैन, समाज सेवा मात्र एउटा विकल्प हो जसले हामीलाई सन्तुष्टि प्रदान गर्दछ । जीवनमा यस्तो घाउ भयो निको पार्ने मलहम नै छैन । म पनि अजम्बरी होइन यस्तै दश/बीस वर्षमा भौतिक शरीर छाड्नैपर्छ, त्यसैले भत्किएको देशमा दुःखीहरुको सेवामा हिँड्ने प्रयत्न गर्दैछु ।'

-Bijaya Poudel in New York.

Note: लेखक बिजय पौडेल न्यू योर्कबाट प्रकासित हुने पाक्षिक नेपाली पत्रिका 'विश्व सन्देश' को प्रदान सम्पादक हुन्।

पहिरो गएपछि ग्रामीण सडकहरु अवरुद्ध !

जिल्लाका अधिकांश ग्रामीण सडक( ओरस्टे , कोल्मा  किचानस , बहकोट , बिरुवा ) मा पहिरो गएपछि सडकहरु अवरुद्ध भएका छन् । यसैविच पुतलीबजार नगरपालीका १३ हेलुमा बुघबारै भएको सवारी दुर्घटनामा एक French नागरिक सहित ४ जना यात्रु घाइते भएका छन् । पोखराबाट वालिङ् तर्फ गैरहेको ग १ ख ३०५० नम्बरको बस बे्रक फेल भै भित्तामा ठोक्किदा दुर्घटना भएको हो । घाइतेहरुमा ३१ बर्षिय French  नागरिक सेन्ड्रो पर्वत कार्कीनेटा ७ बस्ने नारायण पौडेल मंगलापुर ६ रुपन्देही की २४ कर्षीय अनिता गुरुङ् र स्वरेक ७ का बर्ष ६१ का झलक सार्की रहेका छन् ।

Women’s Place In Hindu Religion

Prakriti Chalise

BA II Year

St. Xavier College



In all societies of the world religion has occupied a very high position in varying degrees in the regulation of human conduct. There is no doubt that in the evolution of human society religion came first and law came later. Religion is one of the most fruitful sources of law. Religion provides shape to the law that is why if religious norms and values are good obviously law is good and vice versa. The core of every religion is morality and morality is the lifeblood of every law. If law is not guided by morality then such law might become draconian law which ultimately cannot address the issues and problems of the society. Religion is another name of dharma. Dharma is the customary collection of Hindu legal system. Nepalese legal system is indigenous legal system. Hindu legal system insists on economic and social rights. Hindu law is based on Hindu religion and Hindu philosophy.

Talking about Hindu Religion and the position of women, Hindu religion has always focused on benevolence and morality. It says that soul is very important and to protect the soul means to protect the humanity and society at large. Spiritual development is to understand reality. Understanding the natural dharma means understanding your own dharma (swodharma), social dharma and individual dharma. Respecting "atma" means thinking all people in this world are human beings. The males and females play their different important roles with the sense of coexistence. Stratification is universally rejected. Thus it can be said that Hindu dharma very essentially promotes equality, inclusiveness and justice. However, the worst part of Hindu dharma is that as time passed by females were treated as subordinate to males.

Hindu dharma believes in good karma; he/she gets mokshya if one does good karma. Father is obliged to look at the welfare of the children. Family is not called father. He is only the member of the family not an absolute power, just a guidance of the family. All the members have their own duty. Every individual member has a duty - father, son wife, husband, mother, daughter - to each other. This system does not exclude any member; it includes every individual. Each refers to collective duty inside the family. By designing duty it develops the mechanism of social life.

In the Vedic period there was absolute equality between men and women. In fact the three goddesses Bhagwati, Laxmi and Sarwaswati also symbolize that power, money and education were vested in these three goddesses which was the best evidence that women’s status at that period was very strong. It is true that Hindu religion is full of cultured principles essential for the humankind. The interpreters of Vedas and Sruti interpreted them in their own interest and established domination of certain groups. In the period of Smriti the hierarchical society was made up where women were supposed to be in lower position than men.

Vedas (Sruti), Smiriti and Dharshan are the three major parts of the Hindu dharma which had a great influence on the Hindu law and its legal system. Most of the Smriti especially Manu Smriti of the Hindu religion is against women that has encouraged gender discrimination in the society. Hindu religion was good until it had not been turned into Hinduism when discrimination, subordination and domination crept in as did orthodoxy. Such orthodoxy has created a great impact in the legal system as legal system of Nepal has been discriminating against women. The patriarchy which is the outcome of Hinduism has provided a demarcation between men and women where women are always treated as inferior and feeble.

It was written in the Manu Smriti that women should not be let free, she should be always under the control of man either in the form of father, husband or son. Manu Smriti, in another word, did not accept the independent identity of the women as it strictly connected the identity of women with that of men. The sati system (burning wife in husband’s funeral pyre) was the best example in this regard. Sati system upheld that wife’s identity ended with the death of the husband whereas husband had no such compulsion. When wife died he could easily get married.

Therefore it can be concluded that though Hindu religion in the beginning was not against women. It was a later development of ism which placed women in lower position. The reflection of Hinduism in our legal system can still be seen.

Prakriti Chalise

BA II Year

St. Xavier College



Wednesday, August 25, 2010

पहिरोले घर पुरिदा स्याङजामा एकजनाको मृत्यू

विगत ४ दिनदेखि परेको अविरल वर्षाले स्याङ्जाको दक्षिण पुर्वी क्षेत्रमा रहेको विर्घा गाउँ विकास समिति वडा नं. ३ मा एक घर भत्कीदा एकको मृत्यु भएको छ। घरको गारो भत्कीएर पुरिदा घरधनी ३९ वर्षिय ताराबहादुर माझीको मृत्यु भएको हो। सुतिरहेको अवस्थामा एक्कासी घर भत्कीदा पुरिएर माझीको मृत्यु भएको स्थानिय वासीले जानकारी दिएका छन्। घर भत्कीएको बिहान ५ बजे खबर प्राप्त भएपनि तत्काल उद्धार गर्न नसकिएको प्रहरीले बताएको छ। बिहान अबेर मात्रै स्थानियवासीको सहयोगमा प्रहरीले माझीको शवलाई निकालेको पोष्टपार्टमका लागि वालिङ् ल्याएको छ।
त्यसैगरि चार दिनदेखि अविरल रुपमा परेको वर्षाले स्याङ्जा जिल्लाको म्ाालुङ्गा गाउँ विकास समिति वडा न ३ कोट निवासी गणेशप्रसाद बस्याल र थमनाथ बस्यालको घर भत्कीएको छ।
गणेप्रसादको घरको तल्लोभागमा पहिरो जादा थमनाथको घर पुरिएको गल्याङ् प्रहरीले जानकारी दिएको छ। गणेशप्रसादको घरको भान्साकोठा पहिरोले बगाएको छ। पहिरो पिडित छिमेकीकोमा आश्रय लिएर बसेका छन्।
अविरल वर्षाबाट जिल्लाको जनजीवन निकै प्रभावित भएको छ। जिल्लाका अधिकांश ग्रामीण सडकमा पहिरो गएपछि सडकहरु अवरुद्ध भएका छन्।

Tuesday, August 24, 2010

विद्यार्थीको सहयोगमा खानेपानी

पेलाकोटमा  विद्यार्थीको सहयोगमा खानेपानी फिल्टर ट्यांकी तथा सरस्वती उच्चमाविमा ३ कोठे पक्की शौचालय बनाएको छ । अमेरिकाको डेभिस फाउन्डेसनअन्तर्गत सेन्ट जोसेफ कलेजका विद्यार्थीको आर्थिक सहयोगमा ट्यांकी तथा शौचालय निर्माण गरिएको हो ।

Janai Purnima &Raksha Bandhan 

Janai Purnima

Kumbeshwor Mela on Janai PurnimaJanai Purnima is known as the Sacred Thread Festival. On this day Hindu men, especially the Brahmans and Chettris perform their annual change of Janai, a yellow cotton string worn across the chest or tied around the wrist of the right hand. This thread is only given to males during a lengthy and impressive religious ceremony called the 'Bratabandhan'. This cord initiates them into manhood and commands them to faithfuly the follow the relegion. The Janai must be worn everyday of their lives from this day onwards. The 'triple cord' is a symbol of body, speech and mind, and when the knots are tied the wearer is supposed to gain complete control over each. This cord is changed if it becomes frayed or defiled, for example, when the wearer touches a woman in menstruation, during which she is considered 'unclean'. But according to Hindu rules the cord must be changed without fail by a Brahman on this day, Janai meaning sacred thread, and purni meaning Purnima or the full moon, thus pointing to the change of the thread on the auspicious full moon day.
On Janai Purnima, there is a big mela (fair) at Kumbeshwor in Lalitpur. Devotees come here to worship Lord Mahadev and to tie a knot around their wrists. On the preceding day the wearer makes himself 'clean' by shaving, cutting the hair and bathing. He undergoes a partial fast, taking only one meal of foods considered to be 'clean' - no meat, onions or garlic. The next morning the family priest comes to the house. The entire family gathers around him as he reads from a holy book, performs a ceremony, which sanctifies the new thread, and places it about the recipient's neck across the chest. In payment the priest is given foodstuffs and some money.

Raksha Bandhan

A young Brahmin tyingthe Janai on a hindu man on Janai Purnima.This is also the day when male, females, and children regardless of station and caste tie a sacred yellow thread around their wrist. The males tie the thread around their right and the women tie it on their left. Raksha means 'protection' and Bandhan means a bond. The wearer believes that it will bring him good luck. It is believed that this thread should only be removed on Laxmi Puja, which falls three months later, and tied to the tail of a cow. Thus when death comes to the wearer the cow will help him to cross the river Bhaitarna, by allowing the dead to cling to her tail.
On the morning of Raksha Bandhan the people crowd around the Brahman who ties the yellow thread around the buyers wrist intoning a quick prayer which goes, 'Thus I tie the Raksha round your wrist, the same which bound the arm of the mighty Bali, King of the Danavas. May its protection be eternal.' Perhaps this is a reminder to the people of the extraordinary acts of charity performed by King Bali.
It seems that King Bali had taken the vow of Charity, according to which he would grant every wish made to him. His deep devotion and boundless benevolence won him a place higher than even Lord Indra, the King of of Heaven did. Seeing their realms under a mere "Danava"(demon), for Bali was the King of the Danavas, the Gods appealed to Lord Vishnu, who came to their assistance disguised as a dwarf. Knowing that Bali had taken the Vow of Charity; the dwarf begged him for as much land as he could cover in three strides. The moment Bali agreed, the dwarfed Vishnu swelled to the size of a tremendous giant and in two mighty strides stepped across Heaven and Earth. When he demanded were he might take the promised third step, Bali who had already recognized Vishnu placed the giant's foot atop his own head and was pushed far into the bowels of the earth. Thus Vishnu restored the Three Worlds to the rightful ruling Gods, and repaid Bali for his last act of earthly charity, by making him the King of the Underworld, where he is believed to be still ruling.


Article by Vani Shah
Photographs collected from Deependra Bajracharya and Madhup Mangal

Monday, August 23, 2010

हाम्रै स्यांग्जा का हिमाल कर्माचार्य देस मै केहि गर्न चाहन्छन !

MOBILE MONEY: CEO of Kumari Bank, Radhesh Pant (right) transfers Rs 100 to Leapfrog's Himal Karmacharya to test Kumari Mobile Cash ahead of the launch of the service this week. Leapfrog partner, Ramesh Pant (centre) checks if the transaction has gone through


















          Growing up in a small village in Syangja, Himal Karmacharya excelled in school. He got a scholarship to the Massachusetts Institute of Technology, and worked for five years at Oracle. He could have stayed on like many of his peers, but decided to return to Nepal.
Karmacharya set up Leapfrog Inc. with Ramesh Pant and in collaboration with Kumari Bank, inaugurated Nepal's first phone banking project this week. "I had no doubts I'd eventually return to Nepal," Karmacharya says. "I always had this nagging guilt that I wasn't doing enough for my country. Now I have a chance."
Karmacharya's technical skills perfectly complement Ramesh Pant's marketing background, from having worked for Xerox and WIPRO. Pant is a St. Xavier's graduate, and has returned to Nepal after 52 years, taking advantage of the new facility granted to overseas Nepali investors. "We have perfect synergy with Kumari Bank," explains Pant. "It's a forward-looking bank, the first to start e-banking, and our visions are aligned."
Kumari Mobile Cash will use software developed by Leapfrog to offer banking services through cell phones to millions of Nepalis. A World Bank study shows only 20 per cent of households in Nepal are currently banking, and the bank branch and ATM penetration rate in Nepal is one of the lowest in the world.
However, mobile subscribers are growing at 36 per cent annually and by 2014 there are expected to be 14 million hand phone users, nearly half the population.
CEO of Kumari Bank, Radhesh Pant, is thrilled with the partnership. "We have been talking for years about the 80 per cent of the population outside the banking net," he says. "Kumari Mobile Cash allows us to leverage a rapidly expanding technology to bring banking services to every mobile phone user in the country."
Radhesh Pant sees phone banking as a means to remit money directly and instantaneously. The family of a migrant worker doesn't have to travel to a bank branch, women don't have to walk long distances to settle microfinance interest payments, pensioners don't have to spend two days going to towns to collect their paychecks, and parents don't have to waste time while paying school fees.
To demonstrate the ease of the facility, Radhesh Pant flips out his phone and sends Rs 100 to Himal Karmacharya's phone, which alerts him about the incoming transfer almost instantaneously. "It's very simple, and we are hoping adoption will be viral," says Karmacharya. A technical team from Kumari and Leapfrog have been working round-the-clock for 10 months to set up the software, iron out the kinks and solve teething problems. Subscribers to all three GSM networks in Nepal – NT, NCell and Hello – will be able to phone bank.
Radhesh Pant admits there will be challenges: new regulations for mobile banking have to be enacted, the bank needs to set up a nationwide network of agents, and the technology barrier among illiterate phone users has to be overcome. Leapfrog says it has a multi-layered security system. Anyone who wants to phone bank has to join the service by applying, in much the same way he or she would open a bank account. A pin code will be required for transactions, to be executed from the customer's phone.
Phone banking may sound futuristic, but the optimism of Leapfrog and Kumari stems from the experience of Kenya and Philippines, where mobile banking has taken off in a big way. Kenya's M-PESA has 7 million customers (out of a population of 38 million), barely three years into operations. Studies have shown that the income of Kenyan households using M-PESA went up by upto 30 per cent once they adopted phone banking.
Says Radhesh Pant, "Kumari Mobile Cash is a game-changer, because it piggybacks on the rapid proliferation of mobile phones to spread banking access to those who are out of reach.

भाइरल ज्वारोबाट विद्यालय बन्द

 भदौ ७ स्याङ्जा- स्याङ्जा सिस्रेकोटको एक विद्यालयमा भाइरल ज्वारोबाट प्रभावित हुने विद्यार्थीहरुको संख्या बढदै गएपछि सोमबार १ दिनका लागि विद्यालय बन्द गरीएको छ । सिस्रेकोटका चक्रदेवी निम्न माध्यामिक विद्यालयमा विगत एक हप्तादेखि ज्वारो रुघा खोकि लगायतका बिरामीहरुको सख्या बढदै गएपछि विद्यालय बन्द गर्नुपरेको विद्यालय स्रोतले जानकारी दिएको छ । विद्यालयमा रहेका कुल १३० विद्यार्थीमध्ये ६३ जनामा रोगको लक्षण देखा परेपछि अन्य विद्यार्थीहरुमा समेत रोग नसरोस भनेर विद्यालय बन्दा गरिएको हो । 

सिद्धार्थ राजमार्ग अवरुद्ध

केही दिनदेखि परेको लगातारको वर्षपछि आज विहान स्याङ्जा र पोखराको सिमाना कुभिन्डेमा पहिरो जाँदा सिद्धार्थ राजमार्ग अवरुद्ध भएको छ।बाटो अवरुद्ध हुँदा स्याङ्जाबाट पोखराका लागि छुटेका सवारीसाधान तथा पोखराबाट स्याङ्जाका लागि छुटेका सवारी साधन तथा यात्रु बीचबाटौमै अलपत्र परेका छन्।सडकभन्दा माथिबाट खसेको पहिरो प्रहरी तथा स्थानीयवासीको सहयोगमा हटाउने काम भइरहेको फेदिखोला प्रहरी चौकीले जानकारी दिएको छ।

Do Nepalese Deserve The Leaders They Get?

A country’s foundations are laid down by its leaders. In order to build on these foundations, a country has to first identify such leaders and implicitly work with them and in a more personal term, respect those who have made such contributions to the nations in the past. But unfortunately, Nepal lacks such visionary leaders. Though it doesn’t mean that all of our leaders are worthless, there were some and there are some who have spend their life to build a foundation to achieve their mission.

But yet Nepal lacks leaders, it only means that there are innumerable leaders at the local level but only a few at the national level. This is what Nepal is lacking and as a consequence suffering. We cannot fully appreciate their contribution if we try to judge things according to the National level. Our leaders lack political wisdom and strategic vision. It seems that they are only concerned about their power and wealth. In other words, they are self-serving politicians. They don’t have any policy and their acts at times are pathetic.

In my opinion the political leadership of Nepal is below average. Their thinking is only limited to their region as they lack proper education about national and global issues. Our leaders lack education, but by education I here doesn’t mean going to the University and holding a degree only. Having a degree doesn’t mean they are educated. Those leaders are educated who think broadly for their nation and analyze things around them and work for the betterment of the society as whole. 

We have so many political parties, but how good are the leaders in these parties. I am not trying to say that I know all the fundamentals of democracy, but it’s sad to say that majority of our leaders don’t have a democratic mind, and they don’t know much about the democratic spirit, though they preach about the democracy day in and day out. So, in order to enjoy and have a true democracy, we first need a good democratic system, with good leaders who understand their role in building new Nepal , and who understand that their job is not just to preach democracy but also to make sure that people are practicing it in reality.

But saying all these, I don’t blame the leaders only. We all are to blame in one way or the other. It was us, who elected them as our leaders and these leaders are from our society too. Nonetheless, I blame us, the urban folks much more than the rural peoples. Majority of the urban, educated and independent people of this nation do not even bother to vote and majority of those who do bother to vote are the people who are struggling for their existence. Hence, I am a firm believer in the concept of "people deserve the leaders they get" and we deserve what we have.

But everything is not lost yet. One of the weakest aspects of Nepali politics process has been its disregard for the voices of the commoners. I think it is the system of “Made in India , Representative democracy" that has been hurting Nepal . This system was first designed by the British and followed by India . In this system, the voters are manipulated by the self- serving representatives. The voters have nominal right and partaking in formation and elimination of the legislative, administrative and judiciary branches of the government.

So what is the right choice for Nepal ? I think the right choice for Nepal is "Direct Democracy" as adopted in majority of the states in the US and other developed countries. Direct democracy allows the entire population to participate in government directly, as much or as little as they please, with comprehensive and transparent accountability of every penny spent by the government and every action taken.

Meanwhile, its time for the masses of this nation to wake up from their slumber and think and act rather than just sit down, curse, accuse and blame the leaders and the political parties. Let us all unite, and push the political parties to build a system because till date in Nepal there does not seem to be a system built around the selection process of these politicians which ensures good people surfacing to the top.

But unfortunately, on the contrary it’s usually the corrupt, visionless, lackluster, and communal politicians who surface to the top. And as a result of the fragile foundation laid by them and examples set by them, Nepalese democracy has distorted. This is a recipe for social as well as economic collapse. And Nepalese are feeling the pressure.



(Writes article on national dailies !)

सुनचाँदी पसलहरु पुर्ण रुपमा बन्द

सुनचाँदी व्यवसायीहरुले गरेको बन्दका कारण आज देशको अधिकासं भागहरूमा सुनचाँदी पसलहरु पुर्ण रुपमा बन्द भएका छन् । नेपाल राष्ट्र बैंकले बैंकमार्फ दैनिक १० किलो मात्र सुन आयात गर्न पाउने व्यवस्था गरेपछि आन्दोलित भएका व्यवसायीहरु केन्द्रिय कार्यक्रम अनुसार विरोधमा उत्रिएका हुन् । केन्द्रिय कार्यक्रम अनुसार आफुहरुले भोलि पनि सुनचाँदीको कारोबार ठप्प पार्ने नेपाल सुनचाँदी व्यवसायी संघ स्याङ्जाका सचिव बिमल खातिले बताए ।
उहाँका अनुसार प्रमुख व्यापारीक केन्द्रहरु स्याङ्जा, वालिङ् र गल्याङ्का ३८ सहित जिल्लाका ६३ संघमा अबद्ध व्यवसायिहरुले आज कारोबार बन्द गरेका छन् । व्यवसायिहरुले बजारमा दैनिक ३५ किलो सुनको माग रहेको बताउदै बैकमार्फ दैनिक १० किलो मात्र सुन अयात गर्ने व्यवस्थाको विरोध गरेका हुन् ।

पित्लेकमा ब्यवस्थापन उपसमिति गठन

प्रकाश डोटेल स्याङजा, ६ भदौं
पर्यटन वर्ष २०११ लाई भब्य रुपमा सफल पार्न स्याङ्जाको जगत भञ्ज्याङ् गाविस वडा नं.-२ को ग्रामिण कृषिर् पर्यटकिय स्थल पित्लेकमा गौमाया गूरुङको अध्यक्षतामा ११ सदस्यीय खानपान ब्यवस्थापन उपसमिति गठन गरिएको छ ।
उपसमितिको उपाध्यक्षमा सीता राना, सचिवमा चन्द्र कुमारी गुरुङ, सहसचिवमा गिरमाया थापा र कोषाध्यक्षमा यमकुमारी गूरुङ रहनुभएको छ । त्यसैगरी सदस्यहरुमा राधा गुरङ, तिलक गुरुङ, कोपिला राना लगायत रहेका छन् ।
नवगठित उपसमितिले पित्लेक ग्रामीण कृषि पर्यटन क्षेत्र र पित्लेक आरुपाटा खानेपानी सोलार लिफि्टङ सिस्टम योजना अधययन अवलोकन भ्रमण गर्न आउने पाहुनाहरुलाई एकै ठाउँमा खानपानको ब्यवस्था मिलाउने र बस्नका लागि होमस्टेको आधारमा हरेक घरघरमा बाँडफाँड गरेर राखिने ब्यवस्था मिलाईएको छ ।
कृषि र पर्यटनका लागि पित्लेकमा पर्यटकलाई स्वागत तथा सत्कारका लागि स्वागतद्धार तथा पर्यटकलाई मनमोहक दृष्य देखाउन भ्यू टावर निर्माण गरिने समेत पर्यटन समितीले जनाएको छ । २०११ मा त्यस क्षेत्रमा २५ हजार पर्यटक भित्र्याउने लक्ष्य लिएको समेत समितिले जनाएको छ ।
जिल्लाका पर्यटकीय क्षेत्रको पहिचान सहित पर्यटन वर्ष २०११ लाई सफल बनाउनका लागि विभिन्न कार्यहरु संचालन गरिएको छ ।

लाज ठूलो कि रोग ?



म सँग हिँड्ने भए हिँड् नत्र घर आउनु पर्दैन ।' अन्दाजी ४० वर्षको मानिसले करिब ३३ वर्षकी महिलालाई हातमा समातेर तानेको हेर्नेको भिड नै लाग्यो जिल्ला अस्पताल स्याङजामा । केही महिला कराए, 'उपचार पनि गर्न नदिएर मार्न आँटेको ।' ती महिलाहरूको प्रश्नमा लोग्नेमानिस बोले, 'मेरा खेताला तिमीहरूले तिर्दिन्छौ ?' उनले त्यसपछि लगातार कराए, 'अझै १० र १२ वटा खेताला तिर्नु छ, काम कसले गर्दिन्छ ।'

उनी आङ खस्ने रोग भएकी श्रीमतीलाई अप्रेसन गर्न नदिन अस्पतालमै लिन आएका रहेछन् । कारण अप्रेसनपछि उनका घरमा काम गर्ने मानिस हुँदैनन् । उनलाई रोगले कैयौं वर्षसम्म थलिएकी श्रीमतीको भन्दा बढी पीर खेताला तिर्नको थियो । अस्पतालमा उपचारमा आएका सबै महिलाले मात्र होइन डाक्टरले पनि सम्झाए । कसैको केही नलागेपछि महिलाहरूले श्रीमतीलाई अप्रेसन गर्न नदिए कालो मोसो लगाएर बजार डुलाउँछौं भनेर धम्कीको भाषै प्रयोग गरे । त्यसपछि ती महिलाको अप्रेसन त भयो तर उनले घरमा कस्तो स्याहार पाइन् होला शंका छ । आफ्नै श्रीमतीको उपचार गर्नका लागि अरूले कालो मोसो लगाउने धम्की दिनुपर्छ भने हामी कुन अवस्थामा छौ ? स्याङजा पुतलीबजारकै यी बासिन्दाको त यो हविगत छ भने अनकन्टार ग्रामीण भेगका बासिन्दाको अवस्था के होला जो अस्पतालको पहुँचभन्दा निकै टाढा छन् । 

जिल्ला अस्पतालमा निःशुल्क उपचार गर्न पाउँदा समेत सबैले श्रीमान्लाई धम्क्याउनुपर्‍यो भने नदेखिएका अरू समस्या त कति छन् कति तर सबभन्दा बढी देखिएकै समस्या हो लाज । कोही उपचार नपाएर थलिएका छन् त कोही रोग लुकाएर । जिल्ला अस्पतालमा चलेको एउटै शिविरमा १ सय ४७ जनाले अप्रेसन गरे । तीमध्ये अधिकांशका श्रीमान् धनाढ्य र छोराछोरी नाम चलेका बुद्धिजीवी थिए । तिनीहरूले आफूलाई कम्तीमा ३ वर्षदेखि १५ वर्षसम्म पुरानो रोग भएको बताए । उनीहरूले बढी लाजको कारण घरमा नभनेको बताए । छोराछोरीलाई त परै जाओस् यी महिलाको समस्या स्वयं आफ्नै श्रीमान्लाई पत्तो थिएन । यसकारण के बुझ्न सकिन्छ भने आफ्नी श्रीमतीको समस्याप्रति श्रीमान् नै हेलचेक््रयाइँ गर्छन् या चासै राख्दैनन् । दोष श्रीमान्को मात्र होइन श्रीमती पनि यसमा सचेत छैनन् ।

अप्रेसन गर्न आएकामध्ये पनि नजिक शिविर भएका कारण घरका मानिसलाई नभनी जान पाएकाले रोग भएको खुलासा भएको थियो । अप्रेसन गरेर बेडमा सुतेपछि मात्र आफन्तले चाल पाएका थिए । शिविरमा आउने ९५ प्रतिशतले लाजको कारण रोग लुकाएर पहिला उपचार नगराएको बताए । १५ वर्षदेखि रोग लागे पनि लाजका कारण अहिलेसम्म भन्न नसकेको अर्जुनचौपारीकी भागिरथी जिसीले बताइन् । उनले भनिन्, 'कोसँग भन्नु यस्तो कुरा लाज हुन्छ ।' जिल्लामै शिविर चलेको थाहा पाएपछि एकछिन बजार जान्छु भनेर आएकी' उनले अप्रेसन गर्ने पक्का भएपछि घरमा खबर गरेकी थिइन् ।

आर्थिक अभाव, अप्रेसन गर्ने अस्पताल टाढा भएका कारण पनि महिलाले यो सुविधा पाएका छैनन् । विनायक अस्पतालका सर्जन डाक्टर धमेन्द्र सिंह भन्छन्, 'बढीले त लाज मानेर रोग लुकाएका छन्, त्यसैले कति त आङ खस्ने समस्या बढेर क्यान्सर भएको पत्ता लागेको छ ।' डाक्टर सिंहका अनुसार नेपालमा १५ लाख महिलाले आङ खसेर अप्रेसन गरेका छन् । यसमा अझै उपचार गराउन नआउनेको संख्या बढी रहेको सिंहको अनुमान छ ।

पहाडी जिल्लामा उकालोओरालोमा ठूलो भारी बोकेर हिँड्नुपर्ने, सानै उमेरमा विवाह हुने र सुत्केरीमा काम गर्ने कारण पनि यो समस्या बढी भएको जिल्ला अस्पतालका प्रमुख डाक्टर तारानाथ शर्माले बताए । उनले भने, 'योबाहेक आर्थिक कारण पनि प्रमुख हो ।' आर्थिक अवस्था कमजोर हुँदा अप्रेसनपछि भिटामिन बढी खानुपर्ने, गाह्रो काम गर्न नहुने र अप्रेसन गर्ने रकम नहँुदा धेरैले उपचार गर्न पाएका छैनन् । यी समस्या त छँदै छन् तर लाजकै कारण उपचार नगर्ने र आफ्ना श्रीमतीको रोगप्रति हेलचेक््रयाइँ गर्ने संस्कार हामीले कहिलेसम्म हुर्काइराख्ने ?

(Kantipur support )

Sunday, August 22, 2010

सिद्धार्थ राजमार्ग को स्याङजा वालिङ खण्डमा सडक अबरुद्ध

प्रकाश डोटेल स्याङ्जा, ६ भाद्र
स्याङ्जाको पुतलीबजार र वालिङ् बजार अर्न्तगतको छाङ्छाङ्दीमा सद्धार्थ राजमार्गको अवरुद्ध पारिएको छ। शनिवार विहान ग १ ख ६२२१ नम्बरको माईक्रोबसले छाङ्छाङ्दी गाविस वडा नं.–२ निवासी वर्ष ५२ का बुद्धिसागर रेग्मीलाई ठक्कर दिदा उनको मृत्यु भएपछि उनका आफन्तले उचित क्षतिपुर्तिको माग गर्दै राजमार्ग अवरुद्ध पारेका हुन्। माईक्रोबसको ठक्करबाट गभ्भिर घाईते भएका रेग्मीको पोखरामा उपचारको क्रममा आज मृत्यु भएको हो। राजमार्ग विहान ९ तिसबाट बन्द भएको हो।
राजमर्ग अवरुद्ध भएपछि हजारौं यात्रुहरु अलपत्र परेका छन्। राजमार्ग सुचारु गर्न स्थानिय प्रशासनले सम्बन्धीत पक्षसँग वार्ता शुरु गरेको छ। बन्द क्षेत्रमा तनाव हुन नदिन स्थानिय प्रशासनले व्यापक रुपमा प्रहरी परिचालन गरेको छ।

महामन्त्री बनाउन सहयोग गर्न नेता तथा कार्यकर्तालाई आग्रह !

भदौ ६ स्याङ्जा- १२ औं महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी घोषणा गरेपछि कांग्रेस नेतृ तथा उपप्रधानमन्त्री सुजाता कोइरलाले चुनावी प्रचारप्रसार तिब्र पारेकी छिन् । शुक्रबार मात्रै पोखरामा आई अफुलाई महामन्त्री बनाउन सहयोग गर्न नेता तथा कार्यकर्तालाई आग्रह गरेको भोलि पल्टै शनिबार स्याङ्जामा पुगी उनले त्यही आग्रह गरिन् ।

कांग्रेस सभापति स्व।गिरिजाप्रसाद कोइरलाकी पुत्रीसमेत रहेकी सुजाताले आफुलाई महामन्त्री बनाए पार्टीलाई व्यापक परिवर्तन गर्ने भन्दै आफनो पक्षमा मत हाल्न आग्रह गरेकी छन् । शनिबार अचानक स्याङ्जा सदरमुकाम आएकी कोइरलाले पार्टीका नेता तथा कार्यकर्तालाई भेट गर्दै आफना बुबा गिरिजाप्रसाद कोइरलाको सहमति सहकार्य र एकताको पक्षमा आफु रहको भन्दै राजनीतिक दलहरुले स्व। कोइरालाले देखाएको बाटोबाट नहिँडदा देश अहिलेको अवस्थामा आएको दाबि गरेकि थिइन् । उपप्रधानमन्त्री कोइरालाले नेपालका राजनीतिक दलहरुबीच एकता नहुँदा नेपालको लोकतन्त्र कमजोर भएको बताउँदै राजनीतिक दलहरुबीचको आपसी मनमुटावका कारण मुलुकमा लोकतन्त्र अत्यन्तै कमजोर बन्दै गएकोमा चिन्तासमेत व्यक्त गरेकी थिइन् ।धेरै समय आफनो पक्षमा समर्थन जुटाउने भाषण गरेकी कोइरालाले नेपाली काँग्रेस अब पनि पुरानै ढाँचाले चल्न नहुने बताउँदै नयाँ पुस्ताको नेतृत्व पार्टीमा आवस्यक रहेको बताएकी थिइन् । पदबिना काम गर्न र पार्टीमा सहयोग गर्न कठिन भएकोले महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेको बताउदै कोइरलाले महामन्त्रीमा निर्वाचित भए नेपालका ७५ ओटै जिल्लामा पार्टी कार्यालय भवनको निर्माण गरी हरेक जिल्लाका पार्टीका गतिविधिलाई कम्प्युटराइज गराउने प्रतिबद्धतासमेत व्यक्त गरेकी थिइन् । 

कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा सभासद् इन्द्रबहादु गुरुङ काँग्रेस स्याङ्जाका नवनिर्वाचित सभापति कमलप्रसाद पंगेनी निवर्तमान सभापति खगेन्द्रराज रेग्मी सचिव लक्ष्मण भट्टराई कोषाध्यक्ष मधुसूदन गैह्रेलगायतका नेताहरुले उपप्रधानमन्त्री कोइरालालाई शुभकामना दिएका थि

अनेरास्ववियु क्षेत्र नं १ स्याङ्जाको क्षेत्रीय सम्मेलनमा पारस

भदौ ५ स्याङ्जा ।  नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु क्षेत्र नं १ स्याङ्जाको क्षेत्रीय सम्मेलन पारस गौतमको संयोजकत्वमा ३१ सदस्यीय नयाँ कार्य समिति निर्माण गर्दै सम्पन्न भएको छ । सम्पन्न सम्मेलनले उपाध्यक्षमा उज्वल पनेरु सचिवमा शिवप्रसाद गौतम सह-सचिवमा चन्द्रबहादुर थापा कोषध्यक्षमा प्रतिज्ञा अधिकारीलाई चयन गरेको छ ।सम्मेलनबाट सदस्यहरुमा कमल ढकाल विक्रम परियार रोशन परियार जनक ढकाल सिता परियार सुवास कार्की जमुना क्षेत्री दिनेश सुनाम रामु भण्डारी मुवारक मियँ अमृता लामिछाने अर्जुन सुवेदी देवेन्द्र परियार रमेश परियार रिता ढकाल सवित्री पौडेल अन्जु ढकाल सुनिता ढकाल सुरज अधिकारी सुर्य पौडललाई चयन भएका छन् । पुतलीबजार नगरपालिका सहित २१ गाविसहरु रहेको क्षेत्र नं। १ को क्षेत्रिय सम्मेलनमा विभिन्न सास्कृतिक कार्यक्रमहरु प्रर्दशन गरीएको थियो । सम्पन्न सम्मेलनमा नेकपा एमाले स्याङ्जाका अध्यक्ष चक्रबहादुर पराजुली सभासद हितकाजी गुरुङ् अनेरास्ववियू अंचल कमीटी अध्यक्ष इमानराज पौडेल नेकपा एमाले राष्ट्रिय प्रतिनिधि परिषद सदस्य नारायणप्रसाद मरासिनी जिल्ला कमिटी सचिव पुण्य भुषाल उपसचिव सुधीर पौडेल जिल्ला सदस्य राजेन्द्र डुम्रे अमृत श्रेष्ठ दामोदर तिवारी जगन्नाथ भट्टराई घनश्याम सुवेदी लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।दुई र सय प्रतिनिधिको सहभागिता रहेको सम्मेलन पारश गौतमको अध्यक्षतामा सम्पन्न भएको थियो भने गंगा क्षेत्रीले स्वागत मन्तव्य र नारायणप्रसाद पौडेलले साचालन गरेका थिए |