२०२७ को वैशाख २० गते दिउँसो । गोर्खाको पहाडी भेगको एउटा मिडिल स्कुलमा कक्षा चलिरहेका छन् । कक्षा ७ माएउटा भर्खर जुँगालेनिहुँ खोजिरहेको खिरिलो युवा अंग्रेजी पढाइरहेको छ । आज बिहानैदेखि एउटा उत्सुकता मनमा छ, जसका बारेमा धेरै विद्यार्थीलाई अनुमान छैन । बिहानै गाउँको प्रधानको छोरा हरि ढकालले एसएलसीको रिजल्ट भएको खबर सुनाएर गएको छ। शिक्षक जो, गोर्खाको अमरज्योति मिसन स्कुलको विद्यार्थी हो, उसलाई रिजल्टमा त्यति धेरै चासो त छैन, तर कृष्णले गीतामा जति शब्द खर्चिएर 'कर्म गर फलको आशा' नगर भने पनि जाँच दिएको विद्यार्थीलाई रिजल्टको पर्खाइ भई नै हाल्छ । सो, यो तीन महिने शिक्षकलाई पनि चासो छ । अमर ज्योतिको एउटा विद्यार्थी चाँडै गाउँ फर्कियो । र, उसले एउटा खबर सुनायो । अब शिक्षकको खुल्दुली झन् बढ्दो छ । साढे दुई बज्यो, गाउँबाट रेडियो स्कुलमा आयो । र, कक्षा लिइरहेको शिक्षकबाहिर निस्किएर रेडियो सुन्न थाल्यो । रेडियोले भन्यो- 'आज प्रवेशिका परीक्षाको नतिजा सार्वजनिक भयो । नतिजा अनुसार अमर ज्योति हाइस्कुल, गोर्खा लुइँतेलका बाबुराम भट्टराई सर्वप्रथम भएका छन्' । समाचारले शिक्षकको अनुहार चहकिलो भयो । तर, रेडियो फिर्ता गरेर ऊ पुनः कक्षामा प्रवेश गर्यो र बाँकी पाठ पढाउनथाल्यो ।
घरदेखि अढाई घन्टा पैदल दूरीमा रहेको लुइँटेलमा क्रिस्चियन मिसनरीहरूले नयाँ स्कुल खोले । बाबुराम त्यतै डेरा लिएर बस्ने गरी घरबाट बिदा भए । स्कुलले सुरुमै उनलाई तीन कक्षामा भर्ना लियो । तर, यहाँ पनि स्कुलचाहिँ थिएन । पहिलोपटक चौतारामा भर्ना भएको म ०१९ साल फागुन २० गते दोस्रोपटक आँपको बगैंचामा भर्ना भएँ, उनले सुनाए । केही समय बगैंचामा पढेपछि स्कुलको भवन बन्यो । चैत र वैशाख दुई महिना पढेपछि जेठमा उनी तीन कक्षाको अर्धवाषिर्क परीक्षा दिन तयार भए । नतिजा आयो, बाबुरामको जिन्दगीभर फस्र्ट हुने रेकर्डको खाता यहीँबाट खुल्यो। म फस्र्ट भएँ र तुरुन्तै चार कक्षामा बढुवा भएँ, उनले बताए । जेठबाट सुरु भयो कक्षा चारको पढाइ । मंसिरमा उनले आफूभन्दा चार महिनादेखि त्यही कक्षामा पढिरहेका साथीहरूसँग परीक्षा दिएँ । र, नतिजाले उनीबाहेक सबै आश्चर्यमा परे,फेरि पनि पहिलो हुने विद्यार्थीको नाम बाबुराम नै थियो । पाँच कक्षामा यिनको कक्षामा एउटा विद्यार्थी थपिए । ती थिए, उपेन्द्र देवकोटा । अर्को प्राइमरी स्कुलबाट आएका यी देवकोटा पनि तेज विद्यार्थी मानिन्थे । दस कक्षासम्मै बाबुराम पछिको दोस्रो भएर यिनले यसको पुष्टि पनि गरे । उपेन्द्र सधैं दोस्रो हुन्थे । उनको र मेरो नम्बरमा प्रायः सय नम्बर भन्दा बढीकै अन्तर हुन्थ्यो,उनको र तेस्रोको बीचमा पनि यति नै फरक हुन्थ्यो, बाबुरामले भने । सय भन्दा बढीको यो अन्तर दस कक्षामा तोडियो । उपेन्द्रको र मेरो टेस्टमा ६९ नम्बरको फरक पर्यो । रोचक त के भने एसएलसीमा पनि हाम्रो ६९ नम्बरकै फरक थियो, यो एउटा समानताको कथा थियो । यससँगै एउटा अन्तरको कथा पनि छ,एसएलसीमा बाबुराम बोर्डफस्ट भए, उपेन्द्र दसौं । बाबुरामलाई कहिल्यै लागेको थियो बोर्डफस्र्ट हुन्छु भन्ने ? कल्पनासमेत गरेको थिइनँ । जाँच राम्रो गरेको छु भन्ने चाहिँ लागेको थियो, उनले सुनाए । रेडियोमा रिजल्ट सुनेपछि उनी सरासर डेरामा पुगे । डेरामा पुग्दा त वरिपरिका केटाहरू अबिर लिएर बसेका रहेछन्, अनि बल्ल सुरु भयो 'सेलिब्रेसन' । अब भने उनलाई आमा-बालाई पनि यो खबर सुनाउन मन लाग्यो । भोलिपल्ट म घर गएँ । आमा-बा खेतमा काम गरिरहनुभएको थियो । उहाँहरूलाई भनेँ । तर, अर्धसाक्षर बा र असाक्षर आमालाई मेरो खबरले खासै असर पारेन । तर, बेलुकीपख मेरो गाउँका मानिसहरूले पनि अबिर लगाइदिए । अनि बल्ल बा-आमालाई पनि ए ! केही राम्रै भएको रहेछ क्यार भन्ने थाहा भयो, उनले भने । पछि उनको स्कुललेएउटा कार्यक्रम गरी उनलाई अबिर लगाइदियो र सय रुपैयाँ पुरस्कार दियो । एउटा उत्सवको अन्त्य यसरी भयो । त्यतिवेला कुनै 'प्लस टु' थिएनन् न त पत्रिकामा विज्ञापनको चलन नै थियो । तैपनि, महिनौं समाचार र फोटो छापिने फस्र्टहरूको तुलनामा बोर्डफस्र्ट बाबुरामको ग्ल्यामर बढी चम्किलो छ ।
फस्र्ट हुनु भनेको लत हो, आज उनलाई यस्तो लाग्छ । फस्र्टलाई सधैं अर्काले जित्छ कि भन्ने डर हुन्छ, यो बडो खतरनाक आदत हो, उनले विश्लेषण गरे- एउटा विद्यार्थी ९९ नम्बर ल्याउँदा बिगि्रयो भन्छ अर्को ३२ ल्याएर पास हुँदा खुसी हुन्छ । एसएलसीको केही समयपछि झोलामा गुन्दु्रक पोको पारेर उनी लमतन्न परेर सुतेको पालुङटारको मैदानमा झरे । त्यतिवेला पृथ्वीराजमार्ग खुलेको थिएन, काठमाडौं आउन जहाजचढ्नुपथ्र्यो, सो उनी चालीस रुपैयाँको टिकट काटेर काठमाडौं छिरे । अनिसुरु भयो, जीवनको अर्को अध्याय, सहरसँग जोडिएको अध्याय । पालुङटारको जहाजले उनलाई एकैपटक अर्कै लाग्ने दुनियाँमा ल्याइपुर्याएको थियो । स्कुलमा मलाई गणित निकै मन पथ्र्यो, अस्कलमा आइएससी भर्ना हुनुपछाडिको कारण उनले बताए ।स्कुलमा मेरो गणितमा कहिल्यै ९९ नम्बर पनि आएन, सधैं सय, उनले भने र एउटा पुरानो किस्सा सुनाए । हाम्रो स्कुलको हेडमास्टर केरलाका थिए । मैले सधैं सय नम्बर ल्याएको देखेर उनले मेरो नम्बर घटाउने विचार गरेछन् । आठको जाँचमा उनले कसैले थाहा नपाउने गरी एउटा प्रश्न दस कक्षाको युनिटरी मेथडको घुसाइ दिएछन् । म कक्षाको सबैभन्दा जान्ने विद्यार्थी मात्र थिइनँ, माथिल्लो कक्षाका विद्यार्थीले पनि मलाई सोध्थे । मैले त्यो दसको प्रश्न भन्ने चालै पाइनँ । तर, आफ्नो 'कमन सेन्स' प्रयोग गरेर त्यो पनि हल गरेँ, मिलेछ । यसप्रकार यसपटक पनि उनले सय नै ल्याए । म दस कक्षामा पुगेपछि एक दिन हेडसरले नैमलाई यो कुरा बताए, उत्साही मुडमा उनले भने । बाबुराम जम्माजम्मी अंकमा मात्र फस्र्ट हुन्थेनन्, 'म हेरक विषयमा फस्र्ट हुन्थेँ' काठमाडौंको कथामा प्रवेश गर्नुअघिको कुरा उनले सुनाए । काठमाडौं फरक थियो, उनले आएपछि थाहा पाए । काठमाडौंका सेन्ट जेभिएर, आनन्दकुटीका परर्र अंग्रेजी बोल्ने विद्यार्थीका अगाडि केही दिन उनलाई बोर्डफस्र्ट भएर पनि आफू नजान्ने जस्तो लाग्यो ।'लेख्न त म अंग्रेजी राम्रो लेख्न सक्थेँ, तर बोल्ने हाम्रो अभ्यास थिएन,'कारण यस्तो थियो ।
पहिलो तीनमहिने परीक्षाको नतिजा नआउन्जेल काठमाडौंका विद्यार्थीलाई पनि यस्तै लागेको थियो । तर, जब पहिलो परीक्षाको नतिजा आयो फेरि बाबुराम नै फस्र्ट भए । त्यसबेला तीन-तीन महिनामा परीक्षा हुन्थ्यो, यसको पचास नम्बर जोडिन्थ्यो, अन्तिम परीक्षा पचास नम्बरका लागि हुन्थ्यो, उनले भने । यो पहिलो तीनमहिने परीक्षामा उनले अंग्रेजीमा ७५ ल्याएका थिए जुन अस्कलको सबैभन्दा बढी थियो । अस्कलको कक्षामा उनीसँग अरू पनि केही चिनिएका नाम पढ्थे । यिनमा गणेशमान सिंहका छोरा प्रदीपमान सिंह, मनमोहन अधिकारीका छोरा प्रकाश अधिकारी र शाहीकालका मन्त्री कमल थापा सामेल थिए । यिनीहरू चाहिँ कस्ता विद्यार्थी थिए त ? प्रदीप र प्रकाश सामान्य थिए तर कमल थापा पहिलेदेखि नै अलि हावा थिए । उनी अन्तिम बेन्चमा बसेर हल्ला गर्ने, केटी जिस्क्याउने कुरामा पहिलेदखि नै तेज थिए, भट्टराईले सुनाए । तर, परीक्षाहरू सधैं सजिला हुँदैनन् । उस्तै पनि हुँदैनन्, हुने भए मानिसले बारबार परीक्षा दिनुपर्थेन होला,एउटा परीक्षा पास गरेपछि जीवनमा अरू परीक्षा हुन्थेनन् होला । आइएससीको पहिलो वर्षको परीक्षा बाबुरामका लागि फरक भएर आयो । फिजिक्सको एउटा प्रश्नमा म धेरै बेर अड्किएँ र पूरै हल गर्न सकिनँ, यसले उनको रिसको पारो पनि बढाइदियो । मलाई सारै नमजा लाग्यो, अब म फस्र्ट हुन्नँ कि भन्ने लाग्यो । अनि भोलिपल्टको पञ्चायत पेपर छाडिदिएँ, अब त उनी फस्र्ट नहुने प्रस्ट भइसकेको थियो । तर, रिजल्ट सुन्दा त म नै फस्र्ट भएछु, यसपछि उनलाई जीवनमा पहिलोपटक लाग्यो- 'मलाई कसैले जित्न सक्दैन ।' नलागोस् पनि किन ? एउटा पेपर नै छोड्दा पनि फस्र्ट भइयो भने जो-कोहीलाई पनि यस्तै लाग्छ, उनी त झन् फस्र्ट हुने बानी परेका मानिस ।अस्कल पढ्दा म लेखनाथ पौडेलको घरको छिँडीको कोठामा महिनाको पचास रुपैयाँ भाडामा बस्थेँ अरू दुई साथीसहित, यसो भनेर उनले आफूले कसरी भाडा माझ्ने काम रोजेर पढ्ने समय रोज्थे भन्ने सुनाए । बाबुरामले जीवनमा कहिल्यै ट्युसन पढेनन् । र, उनलाई आज पनि लाग्छ, ट्युसन पढेर कोही पनि जान्ने हुँदैन । यति मात्र होइन, उनले नेपालमा पढिन्जेल कहिल्यै राति दस बजेभन्दा बढी पढेनन् । म कहिल्यै जाँचको वेला पनि राति ढिलोसम्म बसेर पढिनँ, उनी सम्भिmन्छन् । के बाबुराम सामान्य पढाइले नै सधैं फस्र्ट भएका हुन् त ? 'होइन' केले हो त ? म बाह्रैमास पढ्थेँ, निद्रामा बाहेक मेरो दिमागमा सधैं पढाइकै कुरा खेल्थे, उनले रहस्य खोले । 'पढ्ने भनेको सधैं पढ्ने हो, जाँचमा पढेर कोही फस्र्ट हुँदैन, उनको यो कुरा सुनेर अहिलेका विद्यार्थीले के भन्दा हुन् ? उनी विद्यार्थीको पढाइमा शिक्षकको भूमिकालाई अहम् मान्छन् । मेरो पढाइमा भक्तबहादुर भुजेल,अमरज्योतिकी शिक्षिका एलनुर एल्किन्स र पिएचडीकी गाइड अतिया हबिबको भूमिका सबैभन्दा बढी छ, उनी राम्रा चेला देखिए । आइएससी पछि उनी कोलम्बो प्लानअन्तर्गत भारतको चण्डीगढको पन्जाब विश्वविद्यालयमा आर्किटेक्चर पढ्न गए । यहाँ पाँच वर्ष पढ्दा भने उनी बोर्डफस्र्ट हुन पाएनन् ।
नसकेर होइन,यहाँ बोर्डफस्र्टको चलन थिएन, ग्रेड सिस्टम थियो, म सधैं पहिलो ग्रेडमै पर्थें। चण्डीगढबाट सहरी विकास विषयमा पोस्ट ग्रयाजुयटका लागि उनी दिल्ली आए ।नेपालमा ०३६ सालको विद्यार्थी-आन्दोलन र जनमत-संग्रहको वेला थियो । यतिवेला म राजनीतितिर लागिसकेको थिएँ, नेपाली विद्यार्थी युनियनको सभापति थिएँ, उनी जीवनको अर्को अध्यायतिर प्रवेश गर्दै छन्, जुन विषयमा मलाई अहिले त्यति रुचि छैन । तर, उनी धेरै टाढा पुगेनन्, राजनीतिसँग जोडिएको पढाइको अर्को एउटा कथा सुनाउनतिर लागे । र, यसमा मलाई कुनै आपत्ति थिएन । त्यसवेलाराजनीतिक काममा यति लागियो कि अन्तिम परीक्षाको समयमा मसँग समय थिएन । स्कुल अफ प्लानिङ एन्ड आर्किटेक्चरको परीक्षामा थुप्रै नक्सा बुझाउनुपथ्र्यो । तर, म नक्सा बनाउने समयमा सडक-आन्दोलनमा हुन्थँ । अन्त्यमा मैले पाँच दिन पाँच रात बसेर नक्सा बनाउनुपर्यो, जीवनमा सबैभन्दा बढी समय काम गरेको वेलाको उनले सम्झना गरे । शुक्रबार रातिबाट काम थालेको थिएँ । बिहान-बेलुका क्यान्टिनमा खाना खान आउने समयबाहेक सबै समय नक्सा नै बनाइरहेँ । अन्तिममा बुधबार साँझ मात्र सकियो । नक्सा बुझाएर बल्ल म सुत्न गएँ, उनले सुनाए । लगातार एक सय दस घन्टा लगाएर बनाएका यी नक्साले फेरि एकपटक उनलाई फस्र्ट बनाइदिए । यसपछि सुरु भयो जवाहरलाल नेहरू विश्वविद्यायलमा रिजनल डेभलपमेन्ट प्लानिङ'मा विद्यावारिधि । त्यसवेला मैले विश्वविद्यालयको पुस्तकालयमा निकै पढँ । बिहान नौ बजे पुस्तकालय खुल्दा सबैभन्दा पहिले म भित्र छिर्थें र राति १२ बजेनिस्किन्थेँ, उनी कक्षाबाट अब पढाइको कुरामा प्रवेश गरे । पिएचडीका वेला सिंहदरबार अगाडिको पुस्तकालयमा पनि धेरै पटक गएको छु । एकपटक त सबै गइसके भनेर पालेले मलाई भित्रै बन्द गरेर चाबी लगाएर हिँडेछन् । पछि त्यहीँ बस्ने अर्को पालेले खोलिदिएर म बाहिर निस्किएँ, डाक्टरसाहेब ! फस्र्ट हुने मात्र होइन,पढ्ने पनि लत नै रहेछ । जंगलको यात्राबाट फेरि सहर फर्किएर सत्ताको नजिकै पुगेको पार्टी माओवादीका नेताका रूपमा उनको राजनीतिक छवि एक ठाउँमा छ। सधैं फस्र्ट को अर्को छविले अहिले छेउमा बसेर राजनीतिको सडकमा बेपत्ता कुदिरहेका बाबुरामलाई एकोहोरो हेरिरहेको छ । खुद बाबुरामलाई पनि अहिले लाग्छ, पहिलेको जति अहिले पढ्न सकिएन । गाणतन्त्र घोषणा भएको केही दिनमा उनलाई गृहमन्त्री कृष्ण सिटौलाले एकदिन जिस्क्याए- अब त गणतन्त्र आयो नि डाक्टरसाब ! अब जाने होइन त पढ्न ? उनले कुरा अथ्र्याए- शान्ति-सम्झौता हुँदाताका मैले सिटौलालाई भूमिगत हुँदा पढ्न पाइन्थ्यो अहिले त पढ्नै पाइनँ, पढ्ने धीत मरेन भनेको थिएँ, उनले त्यही भएर जिस्क्याएका । जिस्क्याउन त कहिलेकाहीँ यिनलाई आफ्नै मनले पनि जिस्क्याउँछ । एउटा सेतो प्लास्टिकको झोलामा संगालेर राखेका केही थान राइटिङ प्याड छन् । कुराकानीकै बीचमा उनी उठेर भित्र छिरे,फर्किंदा हातमा त्यही पोको थियो । मैले आजसम्म देखेका सबैभन्दा साना अक्षर यी डायरीमा थिए । यी अक्षरको अर्को विशेषता थियो, सारै साना भएर पनि यीएक-आपसमा जोडिएका थिएनन्, जसले पनि पढ्न सक्ने गरी प्रस्ट थिए । 'यो भूमिगत हुँदा पढेका किताबबाट टिपेका टिपोट हुन्, यिनलाई संगालेर किताब निकाल्नुपर्ने, यो मनभित्रको एउटा हुटहुटी हो । नेपाली समाजको भौतिकवादी व्याख्या गरेर किताब लेख्ने धोको पनि उनमा छ । यसभन्दाठूलो पढ्ने धोको उनको मनमा छ, यो धोकोभन्दा बढी सपना बनिसकेको छ । 'मलाई गोर्खाको कुनै डाँडामा गएर 'कोअपरेडिभ कम्युन' बनाएर जीवनभर पढेर बस्ने रहर छ,' एकसाथ सयौं तरंग फैलिएको तलाउजस्तो देशको अस्थिर राजनीतिले यिनलाई यो सपना पूरा गर्ने अवसर कहिले देला ?