Showing posts with label बिबिध. Show all posts
Showing posts with label बिबिध. Show all posts

Wednesday, February 2, 2011

Waling (वालिङ)


By Bishnu Koirala
Waling (वालिङ) is a town and municipality in the western hilly region of Nepal. It is in the Aadhikhola valley in the Syangja District of Gandaki Zone of Nepal. It is connected by the Siddhartha Highway, to Pokhara and Bhairahawa.
Founding and early history

The name Waling is said to have been derived from the word "Wali", which is the song that the women folk sing in groups as they plant the paddy in the fields. Waling is famous for its green paddy fields along the banks of Aadhikhola River and its tributaries. People used to visit this place in the monsoon to watch and listen these many groups of these women singing in the rain the wali song while planting the paddy.

The river Aandhkhola is a major tributary of the famous Kaligandaki river. The mythology about the origion of Aandhikhola dates back to the ancient time of Dwapar Yuga of the Hindu calendar during the period of King Dasharatha who was the father of Lord Ram of Ramayana. According to the mythology, Shrawan Kumar was a very devoted and only son of an old and blind couple. Shrawan Kumar was on journey on foot carrying his parents in basket to fulfill their wish of pilgrimage to the Hindu holy sites. While on the journey when they were in the middle of the forest, his parents became very thirsty and requested him to fetch some water. He left his parents in a comfortable tree shade and rushed with a pitcher to the nearby river promising to return soon with water. As he reached the river and plunged his pitcher in the water, it produced noise like a wild animal drinking water. King Dasaratha was hunting in the forest and happened to heat the sound and assume it of a wild beast. The king could shoot his target guided by the sound and he shot an arrow in the direction of sound. When he arrived in the scene, he saw a young man lying dead with his arrow piercing his chest. He then saw he pitcher and he immediately realised his mistake. The sorry king then quietly carried pitcher full of the water to the old couples who demanded to know about their son before they drink the water. When he told them the mistake, both the parents began crying and died in the spot leaving behind a pool of tears which transformed into a small lake. A stream began to flow from this lake. The term 'Aandhi' means 'blind' and 'khola' means 'river' in the nepali. Thus this new river got its name as Aandhikhola refering to the tears of Shrawan Kumar's blind parents.




Tuesday, January 11, 2011

पंचासे क्षेत्रका महत्वपुर्ण जडिबुटि खेर गए

प्रकाश डोटेल

स्याङ्जा–२६, पौष ।

स्याङजा, कास्की र पर्वतको सिमानामा पर्ने ऐतिहासिक महत्वको पर्यटकिय तथा धार्मिक स्थल पंचासे क्षेत्रमा पाइने जडिबुटीहरु संरक्षण हुन सकेको छैन् । राज्यले संरक्षण गर्न नसक्दा सहजै प्राप्त गर्न सकिने लाखौ रुपैया बराबरको बहुमुल्यका जडिबुटीहरु खेरा गएको छ ।
जैबिक विबिधता, ऐतिहासिक धार्मिक तथा पर्यटकिय स्थल पंचासे क्षेत्र भित्र पाइने विश्वकै दुर्लभ जडिबुटीहरु पाईन्छ । त्यसको सरकारी स्तरबाट वैज्ञानिक अनुसन्धान र सदुपयोग हुन नसक्दा लाखौ रुपैया बराबरको सम्पत्ति गौचरणमा परिणत भएको छ ।
पंचासे क्षेत्र हरेक दृष्टिले महत्वपुर्ण मानिए पनि सरकारी तवरबाट अध्यायन अनुुसन्धान हुन सकेको छैन । पंचासेलाई गत असोज ७ गते विश्व संरक्षण दिवसको अबसरमा बन बिभागले संरक्षण क्षेत्र घोषणा गरेको थियो । संरक्षण क्षेत्र घोषणा भएपनि स्थानियबासिन्दाले उक्त क्षेत्रलाई गौचरणको रुपमा प्रयोग गर्दै आएका छन् ।
नेपालकै जडिबुटीहरुको क्षेत्रमा प्रमुख स्थलको रुपमा यस क्षेत्रलाई अगाडी बढाउनु पर्छ । राज्यले त्यसलाई ध्यान दिएको छैन् । पंचासे पञ्चधामका महासचिब अर्जुन पौडेलले भने, बहुउपयोगी जडिबुटीहरु प्रसस्त भएर पनि राज्यले उपयोग गर्नतर्फ उचित ध्यान दिन सकेको छैन् ।

      सरकारी पहुँच नपुगेका कारण सयौ प्रजातीका विश्वमै दुर्लभ मानिएका जडिबुटीहरु सुनाखरी गाई–भैसिको आहार भइरहेको स्थानियवासीले बताए । उनीहरुले भने, जडिबुटी संरक्षणको लागि अध्यायन अनुसन्धान गरि स्थानिय स्तरमा प्रसोधन केन्द्र स्थापना गरिए मात्रै यसको संरक्षण र प्रवद्र्धन गर्न सकिन्५ ।

      पंचासेमा पाँचसय ८९ जातका फुल फुल्ने वनस्पती छ । एकसय ५० जातका औषधीजन्य जडिबुटी रहेको छ । जिल्ला वन कार्यालय स्याङ्जाका प्रमुख जीवलाल पौडेलले भने, त्यहाँ एकसय १३ प्रकारका सुनगाभा सुनाखरी छन् । प्रमुख पौडेलले भने, ९८ प्रकारका उन्यू, ५६ जातका जंगली च्याउ १८ जातका पुष्प र ८ जातका रेसादार बनस्पती रहेका छन ।
विश्वमा पाइने तीन सय सात प्रजातिका जडीबुटी मध्ये एकसय ५१ प्रजातिका जडिबुटी यसै क्षेत्रमा पाइन्छ महासचिव पौडेलले भने, बिश्वमा पाइने ३ सय ८१ प्रजातिका सुनाखरी मध्ये दुईसय ६६ प्रजातिका सुनाखरी पनि पाईन्छ ।

हिमाली क्षेत्रमा पाइने बिभिन्न प्रजातीका बनस्पती तथा वन्यजन्तु पंचासेमा पाइन्छ । यस क्षेत्रमा बढी मात्रामा सुनाखरी, चिराइतो, जामुने, मान्द्रो, लोठ सल्ला, सतुवा, कुरिलो, पाखनबेत, बनलसुन लगायतका महत्वपुर्ण जडिबुटीहरु पाइने गरेका छन ।
करिव १५ वर्ष अघि माछपुच्छ्रे  बिकाश संघ गठन गरिएको थियो । संघले विस्तृत रुपमा गरेको जैबिक अनुसन्धानका क्रममा उक्त स्थानमा महत्वपुर्ण दुर्लभ जडिबुटी पाइने तथ्य सार्वजानिक भएको थियो । पंचासे क्षेत्र समुद्र सहतबाट सातसय ८४ देखि दुईहजार पाँचसय १७ मिटर उचाइमा रहेको छ । पंचासे करिव पाँचहजार पाँचसय हेक्टरमा फैलिएको छ ।

 स्याङजा जैबिक विविधता, ऐतिहासिक धार्मिक तथा पर्यटकिय दृष्टीले निकै महत्वपुर्ण मानिन्छ । लुकेर रहेका स्थल र बस्तुहरुको सहित तबरबाट प्रयोगमा ल्याउन नसक्दा खेरा मात्र गइरहेको छैन लाखौ रुपैया नष्ट भइरहेको छ । पंचासेलाई सरकारी तबरबाट ध्यान दिनेहो भने पर्यटन वर्ष २०११ को महत्वपुर्ण गन्तब्य बन्न सक्ने जानकारहरु बताउँछन् ।

Monday, January 10, 2011

युएईमा स्याङ्जाली को प्रथम भेला, भेलाबाटै तर्दथ समिति गठन

भुपराज बस्याल ,दुबई

युएईमा रहेका स्याङ्जालीहरु बिच सद्भाब तथा भातृत्वा कायम गर्दै प्रबासमा अलपत्रपरेका स्याङ्जालीहरुको उद्धार तथा स्याङ्जा जिल्लाको बिकाशका निम्ति युएईमा स्याङ्जाली समाज को स्थापना भएको छ ।

गत जनवरी सात तारीक का दिन दुबई मा रहेको अरब यडुपी होटलमा भएको स्याङ्जालीहरु को भेलाले प्रबासमा आफुहरु एक्लो भएको महशुस ठान्दै यास समाजको गठन गरेको हो । यस अगाडिनै हुनपर्ने यस काम आजभएको भन्दै अब प्रबासमा अब एक्लै भएको महशुस नहुने उस्थित स्याङ्जालीहरु को तर्क थियो ।

युएईमा समाजसेवा गर्दै अउनुभएका समाजसेवि यमलाल शर्मा पँगेनी को सभपतित्वामा सम्पन्न भेला तिन सल्लाहकार सहित २१ जनाको तर्दथ समिति गठन गरेको छ । भेलाले अदक्ष्यामा चन्द्र रोकाहा उपादक्ष्यामा एकेन्द्र थापा महासचिबमा भुपराज बस्याल सचिबमा राजु पाण्डे कोषदक्ष्याका खेम काफ्ले र सदस्याहरुमा रामचन्द्र परियार,रवि के शि,कुल क्षेत्रि ,बिनोद के शि,निलकण्ठ भट्राई,सन्ध्या पाण्डे,छबिकिरण भट्राइ,भुपति न्यौपाने,भुपराज पठक,कृष्ण न्यौपाने,यम बहादुर घर्ती,चोलाकन्त डुम्रे,खेमबहादुर हरुङ् लगायतको तिन रिक्त सदस्या सहितको तर्दथ समिति चयान गरेको छ । भने सल्लाहकार हरुमा यमलाल शर्मा पँगेनी,गिरीधारी रिजाल र पुरुषोत्म पाण्डे रहनु भएको छ ।

भेलाका प्रमुख अतिथि स्याङ्जा समाज सहयोग कतारका स्थापक अदक्ष्या राजेश द्रर्शन अर्यायल ले कतारमा १३ जना बाट सुरु गरेको स्याङ्जा सहयोग समाज ले आज त्यहाका सम्पुर्ण स्याङ्जाहरुलाई समेट्न सफल भएका छ । यहाँहरुको यास्तो चाखलाग्दो उपस्थिति बाट युएईका स्याङ्जालीहरु अब केहि गर्न जागरुक छर्न भन्ने कुराको प्रसट हुन्छ । उहाँले अगाडि भन्नु भयो स्याङ्जा र स्याङ्जालीको को लागी खेलिएका सँस्थाका उदश्याहरु एक हुदा कतारमा रहेको स्याङ्जा सहयोग समाज र युएई मा स्थापना हुदै गरेको यस स्याङ्जाली समाज लाई  एक बनाएर लैजान आग्रह गर्नुभयो । बिदेशमा रहेका नेपाली हरुको सँगठन एन आर एन जस्तै स्याङ्जालीहरुको पनि किन साझ सगँठन नबनाउने उहाँको तर्क थियो ।

समाजिक सेवाको निम्ति खोएको यस सस्थालाई आर्थिक आवश्याक हुने हुभएकाले तदर्थ समितमिा अदक्ष्या चन्द्ररोकाहाले एक हजार पाच सया द्रम को सहयोगको घोषण गरेपछि  सहयोग गर्ने हरुको सख्या बढ्दै गएको थियो । कतार सहयोग समाजको तर्फबाट एक हजार एक द्रमको घोषण गरेपछि झन अर्थिक सहयोगले ब्यापकता पएको थियो । भने कार्यक्रममा जम्मा तिनहजार सात सय छपन्न युएई द्रम सकँलन भएको थियो ।

राजु पाण्डेको स्वागत मनतब्या सगै सरु भएको कार्यक्रममा नेपाल पत्रकार सहासँघ युएई शाखाका अदक्ष्या शँकर ज्ञवाली, नेपाली समाचार पछिका का प्रधान सम्पादक मान बहादु थापा, समाजसेवि गिरिधारी रिजाल,भुपति न्यौपने,छबिकिरण भट्राई ले मनतब्या राख्नु भएको थियो भने कार्यक्रम खेम काफ्लेको सन्चालनमा सम्पन्न भएको थियो ।

Friday, December 31, 2010

असुविधाले पर्यटन व्यवसायीहरुले गाउँ छाडे

सिरुबारी बन्यो होमस्टे तालिम केन्द्र

प्रकाश डोटेल स्याङ्जा–१६, पौष
नेपाल भ्रमण वर्ष १९९८ को अवसरमा तत्कालिन सरकारले घोषणा गरेको नेपालको पहिलो ग्रामीण पर्यटकीय क्षेत्र दरौ सिरुवारीका पर्यटन व्यवसायीहरुले समय अनुशारको सुविधा उपभोग गर्न नपाएपछि आफ्नो पुख्यौली बासस्थानलाई छाड्न बाध्य भएका छन् । पर्यटन वर्ष घोषणाको समयमा पञ्चमुल–४, सिरुबारीका ४५ मध्ये ३१ गुरुङ् घरपरिवारले होमस्टेको तालिम लिएर व्यवसाय संचालनमा ल्याएका थिए । सरकारले कागजी रुपमा मात्रै सिरुबारीलाई पर्यटकीय क्षेत्र घोषणा गरेपनि विकासका विभिन्न कार्यक्रमहरु लागु नगर्दा व्यवसायीहरु सुविधाको खोजीमा शहर तर्फ लाग्न बाध्य भएका हुन् ।
सिरुबारीमा ३१ घरपरिवारले होमस्टेको तालिम लिएका थिए । सरकारले समय अनुशार विकासका कार्यक्रम लागु गर्न सकेन् । सिरुबारी पर्यटन व्यवसायी समितिका संयोजक जुमकाजी गुरुङ् भने, समय अनुशार सुविधा उपभोग गर्न व्यवसायीहरु शहर पस्न बाध्य भएका छन् ।
हाल सिरुबारीमा पर्यटन व्यवसायलाई निरन्तरता दिएका १७ घरपरिवारले धेरै पर्यटक थेग्न नसक्ने भएका छन् । त्यहाँका व्यवसायीले एक पटकमा करिव एकसय पर्यटकलाई मात्रै सुविधा उपलब्ध गराउने सक्ने बताए ।
पर्यटकीय क्षेत्र सिरुबारीका करिव ७० गुरुङ् परिवारका अधिक सदस्यहरु भारतीय र बेलायती सेनामा कार्यरत छन् । सेवाबाट निबृत्त भएपछि सुविधाको खोजीमा उनीहरु शहर तर्फ गएका हुन् । पैसा भएर मात्रै के गर्ने ? सुविधा छैन्, बसाई सरेका व्यवसायी भन्छन् ।
जिल्ला सदरमुकामसँग जोडिएको २७ किलोमिटर कच्ची सडक मध्ये व्यवसायीले २० किलोमिटर पक्की सडकको माग गरेका छन् । सिरुबारी जोड्नका लागि अन्य क्षेत्रबाट पनि दर्जनौ स्थानमा सडक खनिएको छ । पञ्चमुल–४, का स्थानिय पर्यटन समितिका अध्यक्ष बबरसिं गुरुङ्ले भने, ग्रामीण पर्यटन क्षेत्रको महत्व जोगाई राख्न बाँकी ७ किलोमिटर सडक पैदल यात्राका लागि पिच गर्न हुदैन् ।
२०५९ सम्ममा बाह्य र आन्तरिक गरि दैनिक ४० को संख्यामा पर्यटक आउने गर्थे । पछिल्ला वर्षमा सिरुबारी आउने बाह्य पर्यटकको तुलनामा आन्तरिक पर्यटकको संख्या अधिक रहेको व्यवसायीले बताए । उनीहरु भन्छन्, विदेशी पर्यटक आउन छाडे, देशमा जारी अस्थिरताका कारणले व्यवसाय फस्टाउन सकेको छैन् ।
सिरुबारी आउने पर्यटकको सेवाबाट हुने आम्दानीले घरपरिवारको पालनपोषण र शिक्षा प्राप्तीका लागि जोहो भएको छ । व्यवसायी रिता गुरुङ्ले भनिन्, मासिक करिव १० हजार आम्दानी हुन्छ । स्थानिय स्तरमा उत्पादीत बस्तुबाट तयार पारिने खानेबस्तु दिने गछौं उनले थपिन, एकदिनका लागि अवलोकन र बाँसका लागि सिरुबारी पुग्ने पर्यटककले करिव २ हजार खर्च गर्ने गर्दछन् ।
स्वदेशी हुन् वा विदेशी सिरुबारी पुग्ने पर्यटकलाई व्यवसायीले फुलमाला र बाजागाजा सहित स्वागत गर्ने र बिधाई गर्ने परम्परा रहेको छ । व्यवसायीहरुको पहलमा रातको समयमा करिव ३ घण्टा गुरुङ् संस्कृति झल्कने कार्यक्रम प्रस्तुत गर्ने गर्दछन् ।
उता पर्यटन वर्ष २०११ लाई ध्यानमा राखेर नेपालकै पहिलो ग्रामीण पर्यटकीय गाउँ सिरुवारी होमस्टे तालिम केन्द्र बनेको छ ।
आवश्यक पुर्वाधारको अभावमा स्थानिय पर्यटक व्यवसायी गाउँ छाडने क्रम बढेको थियो । सिरुबारीलाई होमस्टे तालिम केन्द्र घोषणाको तयारीसँगै आवश्यक पुर्वाधार बन्नेमा व्यवसायी थप आशावादी भएका छन् ।
स्याङ्जा जिल्ला उद्योग वाणिज्य संघको पहलमा नेपाल उद्योग वाणिज्य महासंघको सहयोगमा सिरुबारी होमस्टे तालिम केन्द्र बन्नेको संघका अध्यक्ष दिपक लम्सालले बताए । पर्यटन मन्त्रालयले केहि दिनभित्रमा औपचारिक रुपमा केन्द्र घोषणा हुने लम्सालले बताए ।
तालिम केन्द्रका रुपमा औपचारिक घोषण भएपछि सिरुबारी गाउँमा देशका विभिन्न भागमा संचालनको तयारीमा रहेका ग्रामीण पर्यटक क्षेत्रका व्यवसायीहरु समुह–समुहमा आउनेछन् । नेपाल भ्रमण वर्ष १०९८ को समयमा सिरुबारीमा थालिएको होमस्टे अवधारणाको अवलोकन तथा अनुशरण गर्दै व्यवसायीले तालिम लिने छन् ।
सिरुबारी नेपालकै पहिलो होमस्टे तालिम संचालन भएको क्षेत्र हो । त्यहाँ स्थानिय स्तरमा उत्पादीत कृषिजन्य बस्तुको प्रयोगमा पर्यटकलाई मनपर्ने खानाका परिकार बनाउने गर्दछन् ।
ग्रामीण स्तरमा पर्यटकको खानपान र बसोबासको प्रबन्ध मिलाउनेलाई होमस्टे भन्ने गरिन्छ । केन्द्र बन्ने भएपछि स्थानिय पर्यटन व्यवसायीमा उत्साह छाएको छ । सिरुबारी ग्रामीण पर्यटन मोडलमा देशका अन्य पर्यटक क्षेत्रलाई पर्यटकीय क्षेत्र बनाउने कार्य जारी छ ।
सिरुबारीको थप प्रचार हुने भयो । स्थानिय पर्यटन व्यवसायी बबरसिंह गुरुङ्ले भने, अब आन्तरिक तथा बाह्यि पर्यटकको आगमनमा बृद्धि हुने छ । गुरुङ्ले थपे, होमस्टे तालिम केन्द्र सिरुबारीको राम्रो पहिचानको अवसर पनि हो ।
समुन्द्र सतहबाट करिव २ हजार एकसय मिटरको उचाईमा रहेको सिरुबारीको माथिल्लो डाँडाँको भ्युटावरबाट पोखरा, पर्वत, बागलुङ्, तनहुँ, गोर्खा जिल्ला सहित माछापुच्छ«े, धौलागिरि, अन्नपुर्ण हिमालको प्रत्यक्ष दृश्यावोलन सकिन्छ ।
पोखराबाट यातायातको साधन प्रयोगगरि करिव १ घण्टाको यात्रापछि स्याङ्जा जिल्ला सदरमुकाम पुगि सदरमुकामबाट करिव २ घण्टाको कच्ची सडकको यात्राबाट सिरुबारी पुगिन्छ ।
सरकारले सन २०११ लाई पर्यटन वर्ष घोषणा गरि भव्य रुपमा मनाउने तयारी गरिरहेको अवस्थामा सुविधाको खोजी पर्यटन व्यवसायीहरु पुख्यौली स्थानलाई छाडेर अयन्त्रै जान थालपछि थप चुनौती थपिएको छ ।

Monday, December 27, 2010

विश्वकै ठूलो शिला हेर्नेको थामिएन घुइँचो

imageई स्याङ्गजा ,
विश्वकै ठूलो शिला अवलोकन गर्न आउने पर्यटकको घुइँचो लाग्ने गरेको छ । सुन्दर मनोरम दृश्य भएको पर्वतको शालिग्राम गाविसमा पर्ने शिला अवलोकन गर्न दैनिक १ हजारको संख्यामा पर्यटक आउने गरेको स्थानीयबासी बताउँछन् ।
धौलागिरि, लुम्ब्िानी र गण्डकी तीनै अञ्चलका पर्वत, स्याङ्जा र गुल्मी जिल्लाका सिमानामा रहेको छ शिला । धार्मिक दृष्टिले पनि उत्तिकै महत्त्वको मानिने भएकाले स्वदेशी तथा विदेशी पर्यटक शालिग्राम पुग्ने गर्छन् ।
हिन्दू धर्मअनुसार शिलालाई भगवान विष्णुका रूपमा पुज्ने गरिन्छ । शालिग्ा्रामको शिला दर्शन गरेर 'भाकल' गरे मनोकामना पूरा हुने जनविश्वास छ । शिलाको पूजा गरेको र भाकल गर्नेका तस्बिर खिच्न विदेशी लालायित हुन्छन् ।
कालीगण्डकीमा मात्र पाइने शालिग्राम शिलाको अवलोकनका लागि विभिन्न जिल्लाका विद्यालयब्ााट विद्यार्थी आउने गरेका छन् । कालीगण्डकी 'ए' जलविद्युत् केन्द्र निर्माण गर्दा बनेको जलाशयमा ७ किलोमिटर लामो स्टिमर सेवा सञ्चालनमा आएपछि पर्यटक आउने क्रम बढेको स्थानीय व्यवसायी रेशमराज न्यौपानेले बताए ।
०५८ सालदेखि नेपालमै पहिलोपटक व्यासायिक रूपमा जलयातायात सञ्चालनमा आएपछि ३ जिल्लाको संगममा पर्ने सेतीवेणीबजारमा पर्यटक आउने क्रम बढेको हो । स्याङ्जाको वालिङ नगरपालिका हुँदै मिर्मीसम्म सडक पुगेकाले पर्यटकलाई सजिलो भएको छ ।
शीला हेर्न आउनेे पर्यटकबाट थोरै शुल्क लिएपनि करोडाँै आम्दानी गर्न सकिने शिला संरक्षण समितिले जनाएको छ । तर, समितिबाट अहिलेसम्म त्यस्तो प्रयास भएको छैन ।
पर्यटक बढेपछि जलाशयमा सञ्चालन हुँदै आएको १० स्टिमरलाई भ्याइनभ्याई छ । त्यस्तै सेतीवेणी बजारको व्यवसायमा लाखौँको व्यापार हुन थालेको हिमलालले बताए । सेतीवेणीमा पर्यटकका लागि आवश्यक सबैखाले सुविधा नहुँदा लामो समय बस्ने पर्यटकलाई समस्या पर्ने गरेको छ । कालीगण्डकीमा र्‍याफ्टिङका लागि आउने बाह्य पर्यटकको गन्तव्यसमेत बनेको छ शालिग्राम ।
हरिवोधनी एकादशी, बालाचतुर्दशी, वैशाखे संक्रान्ति, माघेसंक्रान्ति, श्रीपञ्चमीलगायतका चाडपर्वमा निकै भीड हुने पुजारी केशवराज न्यौपाने बताउँछन् ।
सरकारले चिन्न नसकेको महत्त्वपूर्ण पर्यटकीय क्षेत्रको विकासका लागि स्थानीयबासीले चासो दिनुपर्ने न्यौपानेको भनाइ छ । पर्यटन वर्ष २०११ लाई लक्षित गरेर शालिग्राममा पर्यटक ल्याउन अतिथि सत्कार गृह, पर्यटकीय होटललगायत मनोरञ्जनका साधनस्रोत उपलब्ध गराउने तयारी हुँदै छ । शिलाको विकास र प्रवर्द्धनका लागि गतवर्ष महायज्ञसमेत लगाइएको थियो । महायज्ञबाट संकलित १ करोड ३९ लाख रुपैयाँ त्यसै क्षेत्रको विकासमा खर्चिने बताइन्छ । दुर्गम क्षेत्रमा रहेको शिलाको प्रचारका लागि जिल्ला विकास समितिले सहयोग गरेपनि छिमेकी जिल्ला गुल्मी र स्याङ्जाले भने कुनै पहल नगरेको गुनासो सेतीवेणीका बासिन्दाले गरेका छन् ।
संगम स्थलमा व्यवस्थित होटलको अभाव छ । बसोबासको उचित प्रबन्ध नभएकाले विदेशी पर्यटक धेरै दिन बस्दैनन् । शालीग्राम उच्च माविका प्राचार्य अशोकसिंह पाण्डेले सेतीवेणीलाई पर्यटकीय क्षेत्र घोषणा गर्नुपर्ने बताए । तीनै जिल्लाको सदरमुकामबाट दुर्गममा पर्ने सो स्थानको संरक्षण र प्रचार-प्रसार गर्न सके लाखौँ पर्यटक भित्र्याउन सकिने उनको भनाइ छ |

Thursday, December 23, 2010

धार्मिक पर्यटकिय क्षैत्र सिताकुण्डमा मोटर पुग्यो

प्रकाश डोटेल स्याङ्जा–८, पौष
पाल्पा जिल्लाको दक्षिण भेगको पर्यटकिय क्षेत्र दर्छा गाविस स्थित सिताकुण्ड लाम्टाङ्मा पहिलो पटक ग्रामीण सडक निर्माण सम्पन्न भएको छ । एक सय आठ कुण्ड मध्येको एक सिताकुण्ड हो । दर्छा गाबिसको १० लाख अनुदान सहयोग वडा नं २ र ३ को वडा कोष तथा जुल्केनी सामुदायिक बनको समुह कोष र स्थानीय उपभोक्ताको श्रमदान ३ लाख गरी १३ लाखको लागतमा सात किलोमिटर ग्रामीण सडक निर्माण सम्पन्न भएको हो । सडक पुगेपछि सिताकुण्ड क्षेत्रमा पहिलो पटक बस पनि पुगेको छ ।
गण्डकीबेसी पाल्पा जिल्लाको धार्मिक एवं एतिहासीक रुपलै महत्वपूर्ण सिताकुण्डमा सडक पुगेपछि यसको महत्व बढ्नुका साथै बिकास हुने आशा लिइएको सडक उपभोक्ता समितिका अध्यक्ष पदम बहादुर ठाडाले बताए ।
त्रेतायुगमा मर्यादापुरुषौतम भगबान सिता र रामको किम्बदन्तीमा बिश्वास गरिदै आएको कहिल्यै नसुक्ने अग्लो डाडामा रहेको कुण्डको बिकास प्रचार– प्रसार गरी पर्यटन बर्ष सन् २०११ लाई मध्यनजर गदै सर्बदलिय सहमतिमा दश लाख अनुदान बिनियोजन गरि सडक निर्माण गरिएको गाबिस सचिब देबेन्द्र प्रसाद पोखरेलले बताए ।
जिल्लाकै बिकट क्षेत्रमा रहेको सिताकण्डमा सडक पुगेपछि यसक्षेत्रको पर्यटन बिकास हुने स्थानिय उत्पादन तरकारीले बजार पाउने भएपछि स्थानियवासीमा खुसी भएको श्याम मल्लले बताए ।
तालमा आफै फल्ने झर्नै उम्रने पशुले कहिलै नखाने धान मनोआकांक्षा भाकल पुरा हुने बिश्वास गरीने सिताकुण्डमा हरेक कृष्णजन्मष्टमीका दिन काली नदि रामघाटबाट सिताकुण्डमा जल चढाइ धान गोड्नहरुको मेला लाग्दछ ।

Friday, December 17, 2010

पञ्चासेमा दैनिक सयौ पर्यटकको ओइरो

लक्ष्मीप्रसाद सापकोटा
सरकारले सन् २०११ लाई नेपाल पर्यटन वर्षका रूपमा मनाउँदै गर्दा पर्वत, कास्की र स्याङ्जाको सिमानामा रहेको प्रसिद्ध धार्मिक एवं पर्यटकीय स्थल पञ्चासे सही गन्तव्य हुन सक्छ । पर्वत, कास्की र स्याङ्जाको संगमस्थलमा अवस्थित यो स्थान प्राकृतिक सौन्दर्यतासँगै धार्मिक एवं ऐतिहासिक पर्यटनका लागि प्रसिद्ध छ ।
पर्वत सदरमुकामदेखि राम्जा अथवा चित्रे, कास्कीबाट नौडाँडा हुँदै भदौरे, सिधाने गाविस र स्याङ्जाबाट बाङसिंग र काउले हुँदै पञ्चासे पुग्न सकिन्छ । पञ्चासे कास्कीबाट ३५ किलोमिटर, पर्वतबाट ३५ किमि र स्याङ्जाबाट ४० किमिको दूरीमा पर्छ । तीनवटै जिल्ला सदरमुकामबाट पैदलयात्रा गरेर पनि उक्त स्थानमा पुग्न सकिन्छ । सबै जिल्लाबाट सहज रूपमा यातायातको पनि व्यवस्था छ ।
समुद्री सतहदेखि २ हजार ५ सय १७ मिटरको उचाइमा रहेको पञ्चासे अहिले पश्चिमाञ्चल क्षेत्रकै मुख्य पर्यटकीय क्षेत्र बनिरहेको छ । घना जंगलसँगै विभिन्न धार्मिक स्थलहरूका साथै सफा र सुन्दर प्राकृतिक ताल पनि यहाँ छ । पछिल्लो समयमा दैनिक सयौंको संख्यामा आन्तरिक तथा बाह्य पर्यटक घुम्न आउने गरेका छन् । यहाँबाट पश्चिमाञ्चल क्षेत्रका अन्नपूर्ण, गणेश, धौलागिरि, नीलगिरि, अन्नपूर्ण, माछापुच्छ«ेलगायत एक दर्जनभन्दा बढी हिमश्रृंखला एकैसाथ दख्न सकिन्छ । त्यस्तै पर्वत, बाग्लुङ, पोखरा, पाल्पा, स्याङ्जा, वालिङ, तनहुँलगायतका जिल्ला सदरमुकामसमेत अवलोकन गर्न सकिन्छ ।
यहाँ जाने पर्यटकहरू प्रायः अघिल्लै दिन पुग्छन् । पञ्चासे जाने पर्यटकका लागि कास्कीको भदौरे, पर्वतको चित्रे, राम्जा र आर्थर, त्यस्तै कास्कीको बाङसिङ र सरादीमा होमस्टेको समेत सुविधा छ । पर्यटकहरू सूर्याेदयसँगै हिमालको मनमोहक दृश्य हेर्नका लागि अघिल्लै दिन होमस्टे भएको ठाउँमा गएर बास बस्ने र अर्को दिन बिहान सबेरै उठेर डाँडामा पुग्छन् ।
अधिकांश आन्तरिक र केही मात्रमा बाह्य पर्यटक कास्कीको सिधानेसम्म गाडी रिजर्भ गरेर आउने र त्यहा“बाट मनोरम दृश्य नियाल्दै पैदल यात्रामार्फत पञ्चासे पुग्ने गरेको पञ्चासे क्षेत्र विकास समितिका अध्यक्ष गोपाल गुरुङले बताए ।
“पञ्चासेबाट लोभलाग्दा मनोरम दृश्य हेर्न पर्यटकको घुइ“चो लाग्छ,” अध्यक्ष गुरुङ्गले भने, “विगतका वर्षभन्दा अहिले मौसम राम्रो परेकाले हिमश्रृंङ्खलालगायत अन्य दृश्यसमेत सफा र स्पष्ट देखिएकाले यसपटक यहाँ आएका पर्यटक ज्यादै रमाएका छन् ।” उनका अनुसार पर्यटन वर्ष सुरु हुन लागेकाले पञ्चासेमा दिन–प्रतिदिन पर्यटकको आगमनमा वृद्धि भएको छ ।
होमस्टे सुविधाले पर्यटकलाई बढी आकर्षण गरेको पञ्चासे युवा क्लबका संस्थापक मनोज गुरुङले बताए । “यो वर्ष पञ्चासेमा गत वर्षभन्दा दोब्बरको संख्यामा आन्तरिक तथा बाह्य पर्यटक आउन सक्ने उनको अनुमान छ । अहिले स्वदेशका अधिकांश जिल्लाका साथै विदेशी पर्यटकको पनि उत्तिकै लर्को लागेको गुरुङले बताए । उसो त पर्यटक मात्र हैनन्, शैक्षिक भ्रमणका लागि अवलोकन गर्न आउने शिक्षक तथा विद्यार्थीको संख्या पनि पञ्चासेमा उत्तिकै छ ।
यो क्षेत्रमा अत्यधिक जाडो हुने भए पनि जाडोको प्रवाह नगरी पर्यटक आउँछन् । होटलको अभावमा विदेशी पर्यटकहरू भने पाल टा“गेर बस्ने गरेका छन् । आन्तरिक पर्यटकहरू दुई दिनसम्म र विदेशी पर्यटकहरू चार दिनसम्म यो क्षेत्रमा घुमफिर गरी रमाउने गरेको चित्रेका होमस्टे सञ्चालकहरूले बताए ।
यहाँ विभिन्न क्षेत्र अवलोकनका लागि भ्यू टावरसमेत निर्माण गरिएको छ । कुनै पनि खोला वा मुहानविनाको ताल यो क्षेत्रको मुख्य आकर्षण हुन् । यस क्षेत्रमा पुराना र ऐतिहासिक मन्दिरहरू पनि छन् । तालमा कुनै पात खस्यो कि हावाले उति बेलै किनारमा पु¥याइदिने यहाँको तालका बारेमा मनिसहरूको विश्वास पनि अझै रोचक छ । ५ हजार ५ सय हेक्टर क्षेत्रफलमा फैलिएको पञ्चासेको जंगलमा १ सय १२ थरीका सुनाखरी र बहुमूल्य जडिबुटीसमेत पाइन्छन् । पञ्चासे जडिबुटीका लागि पनि परिचित छ ।
मुख्य पर्यटकीय क्षेत्र मन्दिर र अतिथिगृह रहेको स्थानमा खानेपानीको समस्याले गर्दा पर्यटकहरूलाई भने समस्या हुने गरेको छ । नजिकमा स्रोत नभएकाले र निकै उचाइमा रहेकाले पनि पानी सहज रूपमा उपलब्धता हुन नसकेको हो । पञ्चासेसम्म खानेपानी विस्तारका लागि काम भने सुरु भइसकेको छ ।
गत वर्षदेखि सुचारु गरिएको होमस्टे सेवाले यहाँ जानेहरूलाई केही सहज भएको छ । चाडबाडको समयमा अन्य बेलाभन्दा धेरै पर्यटक यहाँ भित्रिन्छन् । “पहिले–पहिले प्रचार–प्रसारको अभावसँगै यातायातको असुविधाले निकै कम आउँथे,” पञ्चासेमा होटल सञ्चालन गर्दै आएका लोकबहादुर गुरुङले भने, “यातायातको सुविधाले बालबालिका, बूढापाकालगायत सबै वर्गका सर्वसाधारणहरू आउने गरेका छन् ।” होमस्टे भएका गाउँहरू पञ्चासेदेखि निकै तल झर्नुपर्ने भएकाले झन्झटिलो मानेर पञ्चासेमै बस्ने गरेको लोकबहादुरले बताए । बिहानीपख देखिने सूर्योदयसँगै आफ्नो तस्बिर क्यामेरामा कैद गर्न पर्यटकहरू जाँडो सहेरै भए पनि बस्ने गरेका हुन् ।
शिवरात्री, बालाचतुर्दशी, माघे संक्रान्ति, नववर्ष, हरीबोधनी एकादशी, पूर्णिमा, लगायत विभिन्न पर्वहरूमा भक्तजनहरूको घुइँचो लाग्छ ।
होटल–व्यवसाय पर्याप्त मात्रामा नभएको र पर्यटकलाई सेवासुविधा दिने उद्देश्यका साथ व्यवसाय विस्तार गरी धेरैको संख्यामा पर्यटक भित्र्याउने अभियानको शुरुवात भइरहेको स्थानीय मनोज गुरुङले बताए । सबै खाले सेवा–सुविधाको व्यवस्था गरेर लाखौं संख्यामा पर्यटक भित्र्याउने तयारी समितिले गरेको छ । पञ्चासे क्षेत्रकै प्रचार–प्रसार र पर्यटकहरूको थप आकर्षणका लागि स्थानीयवासीहरूले ‘पञ्चासे मेला’को आयोजना गर्ने भएका छन् । कास्कीको तमाङी गाविसको सिदाने गाउँमा मेला मंसिर १६ र १७ गरी दुई दिनसम्म मेला सञ्चालन गरिनेछ । मेलामा स्थानीय उत्पादनहरूको प्रवद्र्धन गर्ने उद्देश्यका साथ घरेलु उत्पादनको प्रदर्शनी गरिने बताइएको छ । आयोजक पञ्चासे आदर्श युवा क्लबका अनुसार मेला अवलोकनका लागि आउने पाहुनालाई स्थानीय परिकारहरूको व्यवस्था गर्ने र आन्तरिक तथा बाह्य पर्यटकका लागि होमस्टे सुविधाको व्यवस्थासमेत गरिनेछ ।
पर्वत, स्याङ्जा र कास्कीको सिमानामा पर्ने पर्यटकहरूको अकार्षणको केन्द्र भइसकेको पञ्चासे क्षेत्रलाई अझ सुविधासम्पन्न बनाउनका लागि चित्रे गाविसमा भएको होमस्टेलाई थप प्रभावकारी बनाउन लागिएको पर्वत पर्यटन प्रवद्र्धन केन्द्रका अध्यक्ष शिव शर्मा पौडेलले बताए । पञ्चासे क्षेत्रको रुट मानिने उक्त गाविसमा ११ वटा घरले होम स्टे सेवा दिँदै आएका छन् । प्राकृतिक हिसाबले महत्वपूर्ण मानिएको पञ्चासेको अझै व्यापक रूपमा प्रचार–प्रसार गर्न सके पर्यटन वर्षमा लाखौं आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन सकिने सरोकारवालाहरू बताउँछन्

Thursday, December 9, 2010

Syangja born peace activist is bringing people in conflict areas together

A 28 year-old Syangja born peace activist in Nepal is bringing people in conflict areas together through the simple act of giving a rose to a    stranger
Nepal has offered much hope to the world throughout history. The birthplace of the Buddha himself, it has since been a place of global pilgrimage for people from all walks of life, searching for inner peace and enlightenment.

However, despite a promising history, within its own borders civil conflict has been rife. The country suffers from severe poverty and economic insecurity, and has clearly been in need of a breath of fresh air, a breeze of hope, and a path towards prosperity for some time.

Cue Sushil Koirala – at 28 years old, he describes himself as one of the world's biggest dreamers; driven by daring ambitions and a deep passion to create a more just and peaceful society, not only for his country but for people across the world.

In 2008 he established Peace for Nepal; an organisation that to date has held over 60 national events and rallies promoting peace. At the same time, Sushil initiated the Rose Movement, where roses are exchanged between people in conflict areas as a means to bring about peace.

"The rose is a universal symbol, liked by everyone," he says, adding: "It appeals equally to everyone's heart. The exchange of roses, the shaking of hands and extending goodwill between people of different races, religions or parties in conflict, helps to create a more conducive and positive atmosphere for talks."

The exchanges are a simple action but their symbolism and significance is very powerful, Sushil believes: "Just like the many colours of roses, we may be of different nationalities, ethnicities, religions or race. But no matter what colour a rose may be, it is still a rose, and likewise we are all human beings first. It reminds us of the oneness of the human family."

Born in the farmlands of the Syangja district in Western Nepal, Sushil grew to be deeply concerned with the state of his country. Enrolling at medical university in China, it was there where he first began to campaign for peace in Nepal.

"I knew that I had to do something," Sushil recalls. "It didn't matter that I was in China at the time. At university in late 2004, I started an internet campaign by creating a website and posting petitions for peace online. I also published articles and appeals to attract more media attention. Then, as publicity for the cause grew, I started doing public campaigns at my university and other places that I visited during my years of study.”

Sushil's commitment and passion at such a young age did not go unnoticed. He soon received scholarships to attend global youth summits all over the world and spread his message of the urgency for peace in Nepal. He amassed almost 1,000 signatures on his first petition for peace, which he presented to the peace minister of Nepal shortly after.

After graduating from University, he returned to Nepal more enthusiastic and driven for the cause of peace than ever. "I realised that peace would always be the priority in my life," he recalls, adding: "It doesn't matter whether my actions are big or small, as long as my ideals for peace are mirrored by my actions."

Sushil's work as an activist, despite being a full-time priority, would often involve a battle for resources in the early days of campaigning. "There were times when I would struggle simply to sustain myself," he remembers. "There were new challenges constantly presenting themselves along the way... and sometimes I found myself questioning the purpose of my work. But by holding a commitment to my ideals and keeping a firm belief in the law of abundance, I refused to give up because the need for peace is an issue we can ignore no longer."

After four years of tireless campaigning, Sushil officially registered Peace for Nepal and assumed the role of president. Although the organisation is essentially geared towards achieving peace, its work also incorporates many other aspects, as he points out: "Peace is such a broad term - so many other issues are involved in the nature of our work. While we are focused on peace in Nepal, we're also supporting global issues such as human rights, the environment and health. We must strive for a fair and just peace."

Committed to spreading the message of peace across the globe, Sushil took his creativity to yet another level when he set up the Rose Movement for World Peace. Since it began, rallies have been conducted in Nepal, India, Italy, the Philippines and most recently Switzerland, with over 6,000 roses being distributed. "I felt very strongly that it shouldn't be guns and war but roses and peace that bring change and revolution to our world," he says. "The smiles and happiness that's created with the exchange of a rose between strangers is a special moment."

The movement gained huge recognition in January 2010 with a rose exchange ceremony at the Nepal-India border. At this time, there was a great deal of documented tension between the two countries but Sushil refused to sit back and watch a negative situation unfold in front of his eyes, so he headed into no-man's-land at the Jamunaha border point.

Sushil recalls the wonderful moment when the two nations came together that sunny afternoon: "There were hundreds of Nepalese and Indian citizens, hoisting flags, singing anthems and exchanging roses with each other in a bid for peace and harmony. The publicity and coverage of this historic event was huge, and the movement contributed significantly to calming tensions along the border. It was a momentous day for peace in Nepal."

While the Rose Movement grows, so does Sushil's devotion to peace and his contagious belief that 'a more just world is within reach'. In his lifetime, he hopes peace can be delivered in all forms to his country and the world. He might just be that breath of fresh air and the breeze of hope that Nepal has been so in need of.

In recognition of Sushil's dedication to peace, he was recently awarded by the Giraffe Heroes Project. The foundation honours people who are largely unknown risk-takers, who 'have had the courage to stick their necks out for the common good.'


Sunday, November 21, 2010

News of neighbourhood : Radio Parbat closes down !

News from Parbat 
The transmission of the Radio Parbat operating for the past four years has been closed down due to the lack of regular supply of power.

The radio has not aired any content since last Thursday after technical problem surfaced in transmitter of the radio, informed FM Station manager Dhruba Sharma.


The transmission has been obstructed due to technical problem in transmitter caused by the ignorance on the part of Nepal Electricity Authority in power supply, he added.


It has caused the loss worth Rs. 500,000 to the radio, he complained.

Tuesday, November 16, 2010

उत्कर्स

तिम्रो चराम उत्कर्स को बेला
मेरो शिथिल्ता
उद्देस्य उही,

ग्नतव्य उही मात्र फरक
तिमी चराम उत्कर्शमा थीयौ
म आलस्य मानी रहेथे तेतिबेला


अर्ध आलिङन
अपुरो पाक क्रिडा
जन्मिये दुई सन्तान
बिकास तिम्रो छोरा
शान्ति मेरी छोरी
छोरा तिम्रो चाहना
शान्ति मेरी कामना

यी दुई हाम्रा शान्तती
हुन हाम्रो त्यग
आफन्त को माग
हाम्रो भविस्य
हाम्रो आधार हाम्रो वाध्यता




सुरेश पौडेल
काठमाडौं

Monday, November 8, 2010

सपना


निस्सर निस्पट्ट शहरमा भौतारिदा
मैले हिडदै,  डुल्दै
निकैसपना देखेको छु
तीनै सपना बाडदै हिड्दा

 कहिले सज्जन्, कहिले पागल
कहिले बच्चा, कहिले बृद्द
कहिले पुरुष , कहिले महिला
कहिले देउता, त कहिले राक्षस भेट्दो रहेछु

इनै भीडमा सपना पत्तैदिने
र नपत्तैदिनेहरुको गुत्बन्दिले
झडप   निम्ताउन सक्ने डरले
म मेरा सपना बड्नबाट
पनी आज्कल तर्सिन थालेकोछु

तेसैले त सपना नदेखेर
वा देखिहाले भने पनि खुम्चाएर
वा कसैलाई भनिहाले भने पनि
तोडेर मोडेर बाङ्गएर भन्ने गरेकोछु

अब मैले बुझेको छु
सपना बाड्ने कुरा होईन भनेर
सपना बाड्न सकिदैन भनेर

सुरेश पौडेल
काठमाडौं

 

Friday, October 29, 2010

मुक्तक

Diwsh Bhattrai




जीबन को केहि भर छैन 


खुसि को केहि भरोशा छैन 


चोखो माया मैले मर्य छैन 


साथ तिम्रो छोड्ने छैन 




माया मैले तोड्ने छैन 




तिम्रो रुप मैले भुल्या छैन 
 



खुसि मेरो मात्र तिमि 



दुखको सिमाना छैन 



चोखो माया को कुनै तुलना छैन 




तिमि बिना को जिबन मैले चाहने छैन 




दिवस भट्टराई (पूर्व विद्यार्थी , पायोनियर्स स्कुल , वालिंग  हाल : HENRAY CLAY HIGH SCHOOL (USA)AMERICA)

Sunday, August 1, 2010

ह्याप्पी फ्रेण्डसीप डे !

सबै साथी भाईसँग यो मित्रता गाढा र प्रगाड रहोस् , तपाईंका बिचारहरुको सम्म्मान गर्दै ; जहिले पनि Creative and Innovative कुरो र चुरोमा सहभागिता आत्मियता जताउदै यो ई स्यांग्जा(esyangja) साथीत्वको लागि मरी मेट्दछ । शुभ रहोस् यो "मित्रता दिवस " HAPPY FRENSHIP DAY
कमसेकम आफ्ना बालापन देखि हालको उमेरसम्मका साथीहरु कता–कता छन भन्ने यसले सम्झाउन सघाउ पुयाउ“छ । सायद, यस्तै कुरालाई महशुस गरेरै यो डे मनाउन थालिएको हुनुपर्छ | त्यो अभियान लाई हामी पुरा गर्ने छौ !
अहिलेको युवा पुस्ता इन्टरनेट फ्रेन्ड्ली छ, विश्वलाई पल भरमै बुझ्छ र आवश्यक
रहनसहनलाई फलो गर्छ !
अगष्ट महिनाको पहिलो आइतबार आज विश्व मित्रता दिवस मनाइँदैछ । सन् १९३५ मा अमेरिकी काङ्ग्रेसले अगस्ट महिनाको पहिलो आइतबार मित्रता दिवस मनाउने घोषणा गरेपछि यसको सुरुवात भएको हो ।

मित्र र मित्रताप्रति समर्पित हुने यो दिवस अमेरिकामा राष्ट्रिय दिवसको रुपमा मनाइन्छ ।

मित्रता दिवसको अवसरमा पछिल्लो समय नेपालमा पनि साथीभाईसँग भेटघाट गरी उपहार र शुभकामना आदान प्रदान गर्ने चलन बढेको छ