Showing posts with label स्याङ्जा समाचार. Show all posts
Showing posts with label स्याङ्जा समाचार. Show all posts

Thursday, June 9, 2011

हेर्नुस जिल्ला समाचार हरु !


ग्रामिण भेगका कृषकहरु लोडसेडिङ्को मारमा

प्रकाश डोटेल

स्याङ्जा–२६, जेठ ।

जिल्लाको गल्याङ्मा ५.३ किलोवाट विद्युत उत्पादन क्षमताको बुटवल पावर कम्पनीद्धारा वितरित विद्युत प्रसारण लाईनमा लामो समयदेखि जारी रहदै आएको लोडसेडिङ्ले ग्रामिण भेगका कृषकहरु बढि मारमा परेका छन् ।

      ग्रामिण क्षेत्रमा दिउँसोमा समयमा खासै विद्युतको उपभोग नगर्ने कृषक उपभोत्ताहरुलाई दैनिक बिहान छ बजेदेखि ११ बजेसम्म करिव पाँच घन्टा विद्युत आपूर्ति बन्द हुदाँ उनीहरु मारमा परेका हुन् । विहानै घरायासी कामसगै घर खर्चीको लागि धान, मकै, कोदो लगायतका अन्न बाली कुटानी पिसानी गर्ने महत्वपूर्ण समयमा विद्युत सेवा बन्द हुदाँ कृषकहरु मारमा परेको बताउँछन् ।

      विहानीको समयमा कुटानी पिसानी सक्नुपर्ने हुन्छ । स्थानिय कृषक भुवानि शर्माले ग्रामीण क्षेत्रका कृषक हामी दिउँसोमा मेलापात गर्नुपर्ने हुन्छ । मेलापातको समयमा घर खर्चका लागि अन्नपातको व्यवस्थामा दिन जाने गरेको शर्माको भनाई छ ।

      विगत केही महिनादेखि जिल्लामा वितरित विद्युत प्रसारण लाईनमा तार फेर्ने भन्दै नियमित रुपमा कम्पनीले विहान पाँच घन्टा तथा अन्य सार्वजनिक विदाका दिनहरुमा विहानदेखि साँझसम्म १२ घन्टा भन्दा बढीे विद्युत कटौतीले जिल्लावासी नै पिडित भएका छन् ।

      ग्रामिण क्षेत्रहरुमा भएका विद्युत वितरण केबल कामचलाउका रुपमा मात्रै छन् । लामो समयसम्म पनि पुराना पोलहरु फेर्न तर्फ कुनै चासो नदेखाएको स्थानिय कृषकहरुको भनाई छ । विद्युत तार तानिएका स्थानमा रुखहरुले तार छुदा समेत सम्बन्धीत नियकाले बेवस्ता गर्दै आएका छन् । कृषकका अनुसार वर्षात र हावाहरीसँगै विद्युत आपुर्ति समस्या आउने गरेको छ ।

      प्रत्येक बिहान पाँच घन्टा लोडसेडिङ् छदैछ । कृषकहरुको दिउसोको समय आ–आफ्नै खतेबारीमा काम हुन्छ ठुलाडिही–१, की माया रेग्मीले भनिन्, बेलुकी पानी पर्ना साथ विद्युत बन्द हुन्छ । विजुली कतिखेर बाल्ने ? रेग्मीले प्रतिप्रश्न गर्दै भनिन्, विद्युत उपभोग बापत न्यूनतम मुल्य सितैमा तिर्नुपरेको छ ।

      ग्रामिण क्षेत्रका स्थानिय कृषक लगायतलाई सुविधा दिने भन्दै विद्युत प्रधिकरणले साना उपभोत्ताका लागि प्रदान गरेको न्युनतम २० युनिटको खपत सुविधा दिदै आएको छ । न्यूनतम सुविधा समेत उपभोत्ताहरुले उपभोग गर्न सकेका छैनन । मासिक ८÷१० युनिट मात्रै विद्युत खपत गर्दै आएका उपभोत्ताहरु कम्पनीबाट ठगिएको बताएका छन् ।


डुबेर एकको मृत्यू

प्रकाश डोटेल

स्याङ्जा–२६, जेठ ।

स्याङ्जाको छाङ्छाङ्दी गाविस स्थित आँधीखोलमा डुबेर एक जनाको मृत्यू भएको छ । मृत्यू हुनेमा स्वरेक गाविस–९, सिम्ले निवासी वर्ष ३८ का झकबहादुर खवास रहेका छन् ।

      वालिङबाट घर फर्किएर जाँदै गर्दा आँधीखोला तर्ने क्रममा ढुङ्गामा चिप्लीएर लड्दा खोलामा डुब्न पुगेका खवासलाई उद्धार गरेर वालिङ् प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार गर्ने क्रममा प्रहरीले बताएको छ ।

दलित सबालमा पत्रकारको भूमिका

प्रकाश डोटेल

स्याङ्जा–२६, जेठ ।

दलित गैर सरकारी संस्था महासंघ स्याङ्जाको आयोजनामा दलित सवाल सम्वोधनमा पत्रकारको भुमिका विषयक एक दिने अन्तरक्रिया कार्यक्रम जिल्ला सदरमुकाममा सम्पन्न भएको छ ।

      कार्यक्रममा महासंघका कार्यक्रम संयोजक आशा घतानेले वर्तमान सन्चारमा दलित मानव अधिकारका सवाल, रेडियोमा दलितका सवाल र टेलिभिजनमा दलितका सवाल सम्बोधनका बारेमा कार्यपत्र प्रस्तुत गरेकी थिईन ।

      अन्तरक्रियामा दलित गैरसरकारी संस्था महासंघका केन्द्रिय सदस्य धनमाया विश्वकर्माले दलित समुदायको विगतको समस्या, वर्तमान अवस्था र भविश्य तथा समाधानका वारेका चर्चा गरेकी थिईन । विश्वकर्माले दलितको उत्थानका लागि सवै क्षेत्रको समानुपातिक सहभागितामा आवश्यक प्रतिवद्धताको खाचो भएको बताईन् ।

      कार्यक्रममा सहभागि पत्रकारहरुले दलित विकासका लागि आफ्नो ठाउँवाट सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाएका थिए । जिल्लामा ठूला दलित वस्ती रहेका सेतिदोभान, पञ्चमुल, खिलुङदेउराली, स्वरेक, छाङ्छाङ्दी, मल्याङकोट, तीनदोवाटे र पेल्कोट प्राथमिक क्षेत्रमा छनौट भएका छन् ।

      महासंघ जिल्ला अध्यक्ष छविलाल विश्वकर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममको सन्चालन कार्यक्रम संयोजक आशा घतानेले सन्चालन गरेकी थिईन ।



पत्रकारहरुद्धारा सहयोग हस्तान्तरण

प्रकाश डोटेल

स्याङ्जा–२६, जेठ ।

स्याङ्जामा क्रियाशिल पत्रकारहरुको सामूहकि पहलमा पिडीखोला गाविस–५, रामीडाडाँका तीन वर्षीय अभिवावक विहिन समिर परियारलाई आर्थिक सहयोग रकम प्रदान गरेका छन् ।

      जिल्ला सदरमुकाममा दलित गैरसरकारी महासंघको आयोजना भएको दलित सवाल सम्वोधनमा पत्रकारको भुमिका विषयक एक दिने अन्तरक्रिया कार्यक्रममा संस्थाले उपलव्ध गराएको भत्ता स्वरुपको एकहजार आठ सय रुपयाँ परियारलाई प्रदान गरेका हुन् ।

        संस्थाले प्रति व्यक्ति तीन सयका दरले भत्ता उपलव्ध गराईएको थियो । उच्च रक्तश्रावका कारण आमाको मृत्यू हुदा परियार अभिभावक विहिन भएका थिए । तीन वर्षीय वालक अहिले सहयोगको खोजिमा रहेको उनकी दिदी लिला परियारले वताएकी छन् । तीन वर्षीय परियारको आर्थिक अवस्था निकै नाजुक भएको अवस्थामा अहिले उनकी दिदीले हेरचाह गर्दै आएकी छिन् ।

Wednesday, June 8, 2011

बेखबर छन् आचार्य वालकृष्णका आमाबुवा !

भरुवा -स्याङ्जा, जेष्ठ २४ - 
भारतीय योगगुरु रामदेवको अनशनमा प्रहरी हस्तक्षेपपछि उनका निकट सहयोगी आर्चाय बालकृष्णबारे राष्ट्रिय/अन्तर्राष्ट्रिय सञ्चारमाध्यमा विभिन्न खबरहरू आइरहेका छन् । उनका आमा-बुवालाई भने छोराबारे कुनै पत्तै छैन । तीन दिनदेखि बेपत्ता भएको भनिएका बालकृष्ण मंगलबार हरिद्वारमा पत्रकार सम्मेलनमा देखिएको सञ्चारमाध्यमहरूले जनाएका छन् ।

वालिङ-५ भरुवामा स्थायी घर भएका बालकृष्णका बुवा जयवल्लभ सुवेदीलाइ चाहिँ छोरा बेपत्ता भएको थाहै थिएन । 'हामीलाई थाहै भएन,' उनको घर पुगेका सञ्चारकर्मीहरूसँग सुवेदीले भने, 'सम्पर्क नभएको पनि धेरै भयो । भारतमा अहिले के के भएको हो त्यो पनि थाहा छैन ।' घरमै बस्दै आएका ७७ वषर्ीय वृद्ध सुवेदीले बरु सञ्चारकर्मीहरूलाई नै सोधे, 'मेरो छोराले के गरेको रहेछ र ?'

६ छोरामध्येका जेठा बालकृष्ण मात्र नभई घरमा अहिले कुनै छोरा नभएको जनाउँदै आमा सुमित्रादेवीले भनिन्, 'हामीलाई न छिमेकीले भनेका छन् न छोराहरूले नै फोन गरेका छन् ।'

 बुवा-आमाका अनुसार २०२९ साउनमा भारतमै जन्मेका बालकृष्णलाई ३ महिनाको हुँदा नेपाल ल्याइएको थियो । ११ वर्ष पुगेपछि उमेरमा ६ कक्षा पढ्दापढ्दै बुवासँग भारत गएपछि उनी उतै बसेका थिए । 'दिल्लीमा पढेको छ भन्ने थाहा पाएर ४ वर्षपछि भेट्न गएको थिएँ,' जयवल्लभले भने, 'त्यसपछि उससँग १७ वर्षसम्म भेटघाट र फोनमा समेत कुराकानी भएन ।'

वालिङमा निर्माण भएको पतञ्जलि योग पीठ तथा आयुर्वेद भवन शिल्ाान्यास गर्न बालकृष्ण दुई वर्षअघि गृहजिल्ला आएका थिए । उनले हरिद्वार योग पीठमार्फत २ करोड ५० लाख रुपैयाँमा भवन निर्माण गराएका थिए । 'उसँग भेटघाट र फोनमा पनि कुराकानी नभएको २ वर्ष भइसक्यो,' बुवा जयवल्लभले भने ।

११ वर्षको उमेरमा हिँडेको छोरो अहिलेसम्म घरमा आएर एक रात पनि नबसेको आमा सुमित्रादेवीले बताइन् । 'भवन शिल्ाान्यास र त्यसको ११ महिनापछि उद्घाटनमा आउँदा सामान्य भेटघाटमात्र भएको हो,' उनले भनिन् ।

जयवल्लभको घरमा टेलिभिजन भए पनि हाल घर मर्मत भइरहेकाले नहेर्ने गरी थन्क्याइएको छ । त्यसैले छोराबारे आइरहेका कुनै पनि खबर उनीहरूले थाहा पाएका छैनन् ।

तैपनि बालकृष्णमाथि नेपालमा गैरकानुनी काम गरी भागेर भारत आएको भन्ने आरोप भने आमा-बुवाले अस्वीकार गरे । 'उ त्यस्तो गर्ने मान्छे नै होइन,' जयवल्लभले भने, 'विवाह गरभन्दा पनि मानेन । म अरूको सेवा गर्छु । राम्रो कामा लागेको छु भनिरह्यो ।' उनले नगर्ने बताएपछि अरू छोराहरूको विवाह गरिदिएको उनले बताए ।

जयवल्लभका अरू छोराहरूमध्ये दुई जना रामदेवले स्थापना गरेको पतञ्जलि योगमा कार्यरत छन् । एक जना काठमाडौंमा र तीन जना दिल्लीमा छन् ।

यसैबीच बालकृष्णले स्याङ्जा जिल्ला प्रशासन कार्यालयबाट नागरिकता लिएको कुनै रेकर्ड नभेटिएको प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद ओलीले जनाएका छन् ।



जानु पंगेनी को रिपोर्ट ! 
ई कान्तिपुर सपोर्ट !

Monday, June 6, 2011


कालीनदीमा र्‍याफ्टिङ सञ्चालन गर्न सरकारी पहल

प्रकाश डोटेल स्याङ्जा २३ जेठ
कालीगण्डकी नदीमा जलयात्रा -र्‍याफ्टिङ) सञ्चालन गर्ने उद्देश्यले सरकारी तबरबाट पहल शुरु भएको छ । ऐतिहासिक धार्मिक स्थल मुक्तिनाथ-देबघाट हुदै भारतले तयार पारेको गण्डक नहरसम्म कालीगण्डकी नदीमा जलयात्राको संभाव्यता अध्ययन गर्न नेपाल सरकारबाट पहल शुरु गरेको हो ।
कालीगण्डकी नदी अर्न्तर्गत स्याङ्गजा र पाल्पा जिल्लाको सिमानाको सिर्द्धार्थ राजमार्गमा रहेको राम्दीघाट देखि तनहुँ नवलपरासी जिल्लाको सिमानामा रहेको धार्मिक क्षेत्र तथा संगम स्थल देबघाटसम्मको करिब एक सय ५० किलोमिटर जलयात्राको अध्ययन गरिने कालिगण्डकी पर्यटन बिकास समितिका अध्यक्ष बिष्णु थापाले बताए ।
नेपाल सरकारबाट विनियोजित तीन लाख बजेटमा बिन कल्सल्टेन्सीको सहयोगमा सरकारी, पर्यटन र जलयात्राको एक टोलीले नदी किनारको पैदल यात्रा गरि अध्ययनलाई अगाडी बढाएको छ अध्यक्ष थापाले बताए । सिर्द्धार्थ राजमार्ग सडक खण्डमा पर्ने कालीगण्डकी नदीको राम्दीदेखि गरेको अध्ययनमा करिव ४० किलोमिटर पैदल यात्रा सकिएको छ ।
नेपालको मुख्य धार्मिक क्षेत्र मुक्तिनाथ देखि शुरु भएको कालीनदीको यो खण्डमा जलयात्राको संभावनामा छ । स्याङ्गजा, पाल्पा, तनहुँ र नवलपरासी जिल्लाका स्थानियबासीले २०६५ सालमा एक समिति गठन गरेका थिए । स्थानियवासीका अनुसार, सरोकारवालाहरुको ध्यान पुर्‍याउन समिति गठन गरिएको हो । २०६५ सालमा स्थानियवासीको पहलमा सरकारको ध्यान केन्द्रित गर्न नदी महोत्सब सम्पन्न गरेका थिए । र्
पर्यटन बिकास समिति स्याङ्गजा र कालीगण्डकी एकीकृत बिकास समितिले पछिल्लो समयमा कालीगण्डकी नदी अर्न्तगत राम्दी-देबघाट जलयात्रा सञ्चालन गरि सम्भाव्यता अध्ययन प्रतिबेदन सरकारलाई बुझाएको छ । प्रतिबेदनमा सम्भाव्यता रहेको हुदा सरकारले सहयोग गर्नुपर्ने कुरामा जोड दिइएको छ । त्यस अनुरुप नै सरकारी तबरबाट सम्भाव्यता अध्ययन भएको हो ।
नदी किनार गण्डकीबेशीमा रहेका तर पहिचान लोपोन्मुख दरै, कुमाल, बोटे, मगर समुदायकेा मारुनी, कौरा, नौमती बाजा, भजन-कृतन लगायत लोकसंस्कृति झल्कने सांस्कृतिक रहेका छन् । स्थानियबासी भने, पर्यटक लोभ्याउने यो एउटा राम्रो माध्यम बनाएर गण्डकीबेशीको बिकास गर्न सकिन्छ भन्ने विश्वास छ ।
स्थ्ाानिय स्तरबाट पहलपछि क्रमशः सरकारी स्तरबाट समेत ध्यान पुगेकोमा स्थानियवासीले खुसी व्यक्त गरेका छन् । सम्भाव्यता अध्ययनका लागि जिल्ला आएको टोलीले नदी किनारको स्थलगत रिपोर्ट शुरु गरेको छ । टोलीले गण्डकीबेशी स्याङ्गजा, पाल्पा, तनहुँ र नवलपरासी जिल्लाका स्थानियवासीन्दाका रहन-सहन र संस्कृतिलाई बढि महत्व दिएको बताइएको छ ।

मुक्तिनाथ बैंकको ७ लाख शेयर खुला


मुक्तिनाथ बैंकको ७ लाख शेयर खुला

प्रकाश डोटेल

स्याङ्जा–२३, जेठ ।

स्थानिय प्रतिष्ठीत समाजसेवि, उद्योगीहरुको सामुहिक पहलमा जिल्लामै पहिलो पटक सुविधा सम्पन्न बैंकिङ् कारोबार गरेको मुक्तिनाथ विकास बैंकले मंगलबारबाट सर्वसाधारणका लागि कुल लगानीको ३५ प्रतिशतले शेयर खुला गरेको छ ।

स्याङ्जा, कास्की र तनहुँ गरि तीन जिल्लामा बैंकिङ्क कारोबार गर्दै आएको बैंकले सर्वसाधारणसम्म आफ्नो सेवाको पहुँच पु¥याउने उद्देश्यले शेयर पुजिँ बृद्धि गर्न लागेको हो । सात करोड बराबरको सात लाख कित्ता शेयर विक्रीको प्रबन्ध मिलाएको बैंकद्धारा जारी प्रेस विज्ञप्तीमा बताइएको छ । शेयर निष्काशन तथा विक्री प्रबन्धकको रुपमा एस क्यापिटल लिमिटेड काठमाडौं रहेको छ ।

आधुनिक, ग्रामीण र लघुवित्त बैंकिङ् कारोबारको एकसाथ नेपालमा पहिलो पटक सेवा संचालनमा ल्याएको बैंकले मंगलबारबाट शेयर खुला गरि जेठ २७ गतेसम्म छिटो र ढिलोमा असार ७ गतेसम्म विक्री गर्ने बताइएको छ । विज्ञप्तीमा सर्वसाधारणले एक हजारदेखि १० लाख रुपयाँसम्मको शेयर खरिद गर्न सक्ने व्यवस्था गरेको उल्लेख गरिएको छ ।

 स्थापना कालदेखि मुनाफामा रहेको बैंकमा एक हजारदेखि एक करोडसम्म कर्जा प्रवाह गर्ने गरेको बैंकका कम्पनी सचिव झलक सुवेदीले हस्ताक्षर गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ । जनता बैंकमा होईन, बैंक जनतामा जानु पर्छ भन्ने मुल उद्देश्यका साथ बैंक स्थापना गरिएको हो ।

शेयर विक्रीपछि चुक्ता पुजिँ २० करोड पुग्ने बताइएको छ । २०६३ सालदेखि संचालनमा आएको बैंकले हालसम्म झण्डै आठ करोड मुनाफा आर्जन गर्न सफल भएको छ । पोखराको पृथ्वीचोकमा बैंकको हाल केन्द्रिय कार्यालय रहेको छ ।

वातावरण दिवसमा बृक्षरोपण


वातावरण दिवसमा बृक्षरोपण

प्रकाश डोटेल

स्याङ्जा–२२, जेठ ।

३८ औ बिश्व वातावरण दिवसको अवसरमा स्याङ्जाको पुतलीबजार नगरपालिका वडा नम्बर १ तिनधारेमा बृक्षरोपण गरिएको छ । कञ्चनखोला अलैंचीवारी सामुदायिक वन उपभोक्ता समितिको आयोजनामा बृक्षारोपण गरिएको हो ।

बृक्षरोपण कार्यक्रममा बन बिभागका महानिर्देशक गोपालकुमार श्रेष्ठले वन नेपालको धन भएकोले संरक्षणका लागि सबै क्षेत्रको भुमिका जरुरी रहेको बताए । बनको संरक्षण गर्न सके देशको आर्थिक बिकास हुने श्रेष्ठको भनाई थियो ।

बृक्षारोपण कार्यक्रममा प्रमुख जिल्ला अधिकारी जिवन प्रसाद ओली, जिल्ला बन अधिकृत जिवनाथ पौडेल, कृषि बिकास कार्यालयका प्रमुख चेतनाथ अधिकारी, भुमिसुधार अधिकृत श्यामलाल सापकोटा, कन्चनखोला सामुदायीक बनका अध्यक्ष नारायण लम्साल  लगायतले बनको संरक्षण सबैको दायित्व रहेको जिकिर गरे ।

बृक्षारोपण कार्यक्रममा लप्सी, बडहर, अम्रिसो, धुपि, कपुर, सर्पगन्धा, अमला, खनियो, बकाइनो लगायतका दुई दर्जन एक हजार बिरुवा रोपण गरिएको थियो ।

त्यस्तै सदरमुकममा रहेको नेपाली सेनाको विरभद्रजंग गुल्ममा पनि विभिन्न प्रजातिका तीन सय विरुवा रोपण गरिएको छ ।

यसैबिच विश्व वातावरण दिवसको अवसर पारेर स्याङ्जाको वाँगेफड्के गाविसस्थित भगवती प्रा.वि सिरानचौरको विद्यालय हाताभित्र विरुवा रोपिएको छ । जिल्ला वन कार्यलय स्याङ्जाको सहयोग तथा स्थानीय मैदान इको क्लवको सक्रियतामा पैयु, बकाइनो, लाकुरी, सल्लो, चाप गरी तीन सय विरुवा रोपिएको हो ।

विक्रम सम्बत २०२९ सालमा सोही स्थानमा पैह्रो गई ४२ जनाको मृत्यु भएका अग्रजहरुको सम्झनामा वृक्षारोपण गरिएको स्थानियवासीले बताएका छन् ।

Saturday, June 4, 2011

बेरोजगार युवाले गाउँमा पुस्तकालय खोले



बैंकव्दारा पुस्तक प्रदान

श्रीकृष्ण सिग्देल वालिङ्,२१,जेष्ठ
सहयोग किताबः खिलुङ्देउराली गाविस ३ का युवाहरुले संचालन गरेको पुस्तकालयलाइ पुस्तक प्रदान गर्दै बैंकका प्रमुख सुधिर पौडेल र पुस्तक ग्रहण गर्दै क्लबका अध्यक्ष नारायण कोइराला ।
नेपालमा बेरोजगार युवाहरु दिनप्रतिदिन बढदै गइरहेको अवस्था छ । बेरोजगार भएपछि युवाहरु बिदेश पलायन हुन्छन् भने केही युवाहरु कुलतमा फसेर आफनो जिन्दगी बर्बाद बनाइरहेका हुन्छन् । बिदेशीनेलाइ रोक्ने र कुलतमा लागेकालाइ न्युनिकरण गर्ने उदेश्यले स्याङ्जाको खिलुङ्देउराली गाविस ३ का युवाहरुले गाउँमै पुस्तकालय संचालनमा ल्याएका छन् ।
खिलुङ्देउराली ३ का युवाहरुले रोजवड युथ र्सकल संस्था स्थापना गरि रोजवड रिडिङ् कर्नर पुस्तकालय नामाकरण गरि संचालनमा ल्याएका छन् । दिनदिनै काम नपाएपछि युवाहरु जाड,रक्सी,जुवातास लगायतमा दिन खेरा फाल्ने युवाहरु अहिले पुस्तकालयमा गएर पुस्तक र पत्रपत्रिकाहरु पढने गरेको युथ र्सकलका अध्यक्ष नारायण कोइरालाले बताए ।
स्थानिय स्तरमै आर्थिक स्रोत जुटाएर संचालनमा ल्याएको पुस्तकालय युवा देखी बृद्ध सम्मले पुस्तक र पत्रपत्रिका पढेने गरेको कोइरालाको भनाइ रहेको छ । स्थानीय जनजागरण आमा समुहले निमाण गरेको भवनमा पुस्तकालय संचालन गरेका छौ र्सकलका सचिव बिदुर कोइरालाले भने बेरोजगार युवाहरुले समाजलाइ परिवर्तन र चेतनाको कमीलाइ बिकसीत गर्ने उदेश्यले पुस्तकालयको स्थापना गरेको बताए । उनले भने पुस्तकालय संचालनमा आर्थिक संकटका कारण समस्या परेको जानकारी दिए ।
र्सकलले ग्रामिण क्षेत्रमा पुस्तकालय संचालन गरि सामाजिक रुपान्रणमा टेवा पुबैंकहरु सेवामुखि भन्दा पर्‍याएको भन्दै नेपाल एसविआइ बैंक वालिङ् शाखाले पुस्ताकालयलाइ पुस्तक प्रदान गरेको छ । बैंकहरु नाफामुखी तिर मात्रै अग्रसर भइरहेका बेला एसविआइ बैंकले सेवामुखि भावना देखाएर बेरोजगार युवाहरुले समाज परिवर्तनका लागी गरेको योगदानको कदर गर्दै पुस्तक प्रदान गरेको बैंकका वालिङ् शाखा प्रमुख सुधिर पौडेलले बताए ।
ग्रामिण क्षेत्रमा रहेका जनता सुचनाको पहुच बाट टाढा भएका बेला युवाहरुले संचालनमा ल्याएको पुस्ताकालयले युवाहरुमा बेरोजगारिका कारण बढदै गएको लागुऔषधको प्रयोगको न्युनिकरणमा टेवा पुग्ने प्रमुख पौडेलले बताए । रकम मात्रै ठुलो नभएको भन्दै प्रमुख पौडेलले पत्रपत्रिका र पुस्तक बाट आर्जन गरिने ज्ञाननै सम्पति भएकोले मान्छेमा ज्ञान भयो भने मात्रै समाज परिवर्तनमा कोशेढुङगा सावित हुने बताए ।
तिन बर्षअगाडी स्याङ्जाको प्रमुख व्यपारीक केन्द्र वालिङ्मा आफनो शाखा बिस्तार गरेको नेपाल एसविआइ बैंकले जिल्लामा रहेका बिपन्न बर्गहरुलाइ सहयोग गर्दै आइरहेको छ । वालिङ्मा बाणिज्य,बिकास,फाइनन्स र सहकारी गरि करिव दुर्इदर्जन बित्तिय संस्थाहरु रहेका छन् । तर पनि बित्तिय क्षेत्रबाट सामाजिकरुपले सहयोग गर्ने बैंक योनै पहिलो हो ।
पुस्तक हस्तान्तरण कार्यक्रममा वालिङ् बचत तथा ऋण सहकारीका प्रमुख खिलराज पाठक,नेपाल प्रेस युनियन स्याङ्जाका अध्यक्ष श्रीकृष्ण सिग्देल,जनजागरण आमा समुहकी अध्यक्ष लिलावती के.सी.,एसबिआइ बैंकका राजेन्द्र पौडेल,सन्दिप लामीछाने,क्लवका सदस्य सुन्दर कोइराला,बुद्धिजिविहरु बाट हुमकान्त कोइराला मानबहादुर जिसि लगायतले पुस्तकालयको प्रगतिका बारेमा शुभकामना दिएका थिए।
सहयोग किताबः खिलुङ्देउराली गाविस ३ का युवाहरुले संचालन गरेको पुस्तकालयलाइ पुस्तक प्रदान गर्दै बैंकका प्रमुख सुधिर पौडेल र पुस्तक ग्रहण गर्दै क्लबका अध्यक्ष नारायण कोइराला ।

Sunday, May 8, 2011

व्यवस्थित गोलभेडा खेतिको सुरुवात

प्रकाश डोटेल

स्याङ्जा–२५, बैशाख ।

मौसमी तथा बेमौसमी तरकारी खेतिको उत्पादन र आम्दानी वृद्धिमा मात्रै ध्यान दिदै आएका जिल्लाका कृषकहरु त्यसको संरक्षण र व्यवस्थापनमा जुट्न थालेका छन् । जिल्लामा अन्य खेतिको तुलनामा वढि मात्रामा उत्पादन हुदै आएको गोलभेडा खेतिको व्यवस्थापन र संरक्षण लागि आरुखर्क गाविसका कृषकहरुले गाउँमा अभियान सञ्चालन गर्दै संरक्षण र व्यवस्थापनमा जुटेका हुन् ।

      विगत दूई वर्षदेखि गोलभेडा खेतिलाई व्यवस्थित बनाउनको लागि प्रत्येक कृषकले अनिवार्य रुपमा प्लाष्टिक घरमा गोलभेडा लगाउने गरेका छन् । आरुखर्क गाविसलाईृ केन्द्रित गरि तरकारी उपज संकलन केन्द्र स्थापना भएपछि तरकारी जन्य बस्तुको सहज विक्रीवितरण हुने गरेकाले कृषकहरु व्यवसायीक गोलभेडा खेतिलाई जोड दिन थालेका छन् ।

      आन्तरिक खपतको तुलनामा जिल्ला बाहिर वढि मात्रामा खपत हुदै आएको छ । स्थानिय कृषकहरुले भने, जिल्ला बाहिर माग बढ्दो भएपछि गोलभेडा खेतिलाई आम्दानीको तुलनामा व्यवसायीक रुपमा लामो समयसम्म टिकाउ हुनेगरि प्लाष्टिक घरभित्र खेती गर्न सुरुवात गरेका हौं ।

      खुला ठाउँमा गोलभेडा खेति गर्दा कृषकहरुको मेहनत अनुसारको फल नदिन सक्छ । कृषकहरुले पुर्ण रुपमा उत्पादन लिनको लागि प्लाष्टिक घर आवश्यक रहेको छ । जिल्ला कृषि विकास कार्यालयका प्रमुख चेतनाथ अधिकारीले भने, कृषकहरुले प्लाष्टिक घरमात्र होईन् अहिले गोलभेडा खेतिमा रसायनिक विषादीको प्रयोगमा समेत न्युनिकरण गरेका छन् ।

      रसायनिक विषादीको प्रयोगको कृषकहरुमा पर्याप्त प्राविधीक ज्ञानको अभाव छ । उत्पादित वस्तुको गुणस्तर राम्रो हुदैन् । प्रमुख अधिकारीले भने, विषादीको प्रयोगले विभिन्न प्रकारका रोग लाग्ने सम्भावनालाई नर्कान सकिदैन् । विषादीको बढि प्रयोगले खेति नै नष्ट गर्नुपर्ने अवस्था आउन सक्छ । उत्पादन एकनासले नहुने जस्ता समस्या देखिएपछि रसायनिक विषादीको सट्टामा वानस्पति मल प्रयोगमा ल्याएका हुन् ।

      वानस्पति मलको प्रयोगले रसायनिक मल तथा विषादी किन्न लाग्ने खर्च समेत बचत भएको छ । स्थानिय कृषक नारायण पौडेलले भने, वानस्पति तथा जैविक सुक्ष्म खाधतत्वको लागि कृषकहरुले घरेलु प्रविधिको प्रयोग गरेका छन् । घरमा मल तयार गर्न थालेपछि कृषकहरुलाई खेति लगाउन सहज भएको छ ।

      कृषकहरुले खिर्राे, असुरो, तितोपाति जस्ता वनस्पतिहरु विषादीको रुपमा उपयोग गर्ने गर्दछन् । यसरी खेति गर्दा  रोगहरु पनि नलागेको र उत्पादन राम्रोसंग भएको बताउछन् कृषक राम्जीप्रसाद पौडेल । व्यवस्थित गोलभेडा खेति गर्न थालेपछि कृषकहरुको उत्पादन र आम्दाीमा वृद्धि भएको छ ।

      स्थानिय कृषकहरुले वार्षिक ४० देखी ६० क्विटल गोलभेडा उत्पादन गर्दै आएका छन् । बेमौसमी तरकारी खेति भएकोले अन्य खेतिको तुलनामा गोलभेडा खेति आम्दानीको राम्रो माध्यम बनेको छ । स्थानिय स्तरमा उत्पादित गोलभेडा विशेष गरि  पोखरा, वुटवल, भैरहवा सहित देशका ठूला शहरमा खपत हुने गरेको छ ।

      गोलभेडा खेतीलाई व्यवसायीक बनाउनको लागि संरक्षण र व्यवस्थापनमा ध्यान दिनुपर्छ भन्ने आरुखर्कका कृषकहरुले देखाएका छन् । जिल्लाका पुतलीबजार नगरपालिका, गाविस तर्फ छाङ्छाङ्दी, जगतभञ्ज्याङ्, स्वरेक, सेखाम, रत्नपुर, चापाकोट क्षेत्रका कृषकहरुले गोलभेडा खेति गर्दै आएका छन् ।

Saturday, May 7, 2011

कोरिया हाइड्रोद्वारा आँधीखोलामा लगानीको प्रस्ताव


प्राधिकरणले विस्तृत कार्ययोजना माग्यो
कोरियाली सरकारको स्वामित्वमा रहेको कोरिया हाइड्रो एन्ड न्युक्लियर पावर कम्पनी लिमिटेड (केएचएनपी) ले १८० मेगावाटको आँधीखोला जलाशययुक्त विद्युत् आयोजनामा लगानीको प्रस्ताव गरेको छ ।
केएचएनपी जलविद्युत् विभागका महाप्रबन्धक जुङ हेओन चुलले सोमबार नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक डा. जीवेन्द्र झालाई पत्र पठाई लगानीबारे इच्छा जाहेर गर्दै सहमति दिन आग्रह गरेका छन् । उनले प्राधिकरणसँगको संयुक्त सहकार्यमा यो जलाशययुक्त आयोजना निर्माण गर्न चाहेको पत्रमार्फत स्पष्ट पारेका छन् ।
केएचएनपीले आँधीखोला आयोजनालाई तीन चरणबाट निर्माण गर्ने प्रस्ताव गरेको छ । पहिलो चरणमा प्राधिकरणसँग संयुक्त लगानीका लागि आयोजनाको विकास सम्झौता गर्ने र त्यसपछि संयुक्त रूपमा आयोजनको विस्तृत इन्जिनियरिङ तयार गर्ने प्रस्ताव छ । यो प्रतिवेदन तयारपछि अन्तर्राष्ट्रिय संस्थाहरूले सहजै वित्तीय लगानीको स्वीकार गर्ने र आयोजनाबाट उत्पादन हुने बिजुली प्राधिकरणलाई बिक्री गर्ने तथा आयोजनास्थलबाट बिजुली लैजान आवश्यक प्रसारणलाइन निर्माण प्राधिकरणले गर्नुपर्ने प्रस्ताव केएचएनपीको छ । त्यस्तै, आयोजना विकासका लागि वार्ता गरी संयुक्त उपक्रम तयार गर्ने र हालको सम्भाव्यता अध्ययनलाई अद्यावधिक गर्ने प्रस्ताव पनि केएचएनपीको छ ।
आँधीखोला आयोजनाको अनुमतिपत्र  प्राधिकरणसँग छ । उसले आयोजनाको सम्भाव्यता अध्ययन गरिसकेको छ । अध्ययनअनुसार आयोजना निर्माणका लागि करिब ४७ करोड अमेरिकी डलर (३४ अर्ब रुपैयाँ) लाग्ने देखिएको छ । आयोजना स्याङ्जा जिल्लामा पर्छ । आँधीखोला कालीगण्डकीको सहायक नदी हो ।
प्राधिकरणका कार्यकारी निर्देशक झाले केएचनपीको प्रस्ताव आएको पुष्टि गर्दै आयोजना विकाससम्बन्धी विस्तृत कार्ययोजना तयार गरेर पठाउन उसलाई पत्रचार गरिएको जानकारी दिए । “विस्तृत कार्ययोजना आएपछि मात्र ऊसँग वार्ता अघि बढ्छ,” उनले भने । ऊर्जा संकट बढ्दै गएकाले जलाशययुक्त आयोजनाका लागि आँधीखोलालाई अघि बढाउन लागिएको उनले बताए ।
सबै विद्युत् आयोजना नदीको बहावमा आधारित भएकाले सरकारले जलाशययुक्त आयोजनाको विकासका लागि तयारी गरेका बेला केएचएनपीको प्रस्ताव आएको हो । तत्कालीन जलस्रोतमन्त्री विष्णु पौडेलले पनि यो आयोजना अघि बढाउने तयारी गरेका थिए ।
केएचएनपीले कोरियामा जलविद्युत् तथा आणविक ऊर्जा गरी २७ वटा प्लान्टको निर्माण तथा सञ्चालन गरिरहेको छ । दुवै स्रोतबाट उसले हालसम्म २३ हजार ६० मेगावाट विद्युत् उत्पादन गरिरहेको छ भने ९ हजार ४ सय ६० मेगावाट क्षमताका एक जलविद्युत्, दुई पम्पस्टोरेज र सात आणविक प्लान्ट निर्माण गरिरहेको जानकारी गराएको छ ।
कोरियाका अतिरिक्त क्यानडा, पेरु र मेसोडोनियामा ऊर्जा विकासमा लगानी गर्ने योजना बनाइएको केएचएनपीले बताएको छ । उसले कम्पनीको कुल सम्पत्ति २६ अर्ब ६० करोड अमेरिकी डलर रहेको दाबी गरेको छ । केएचएनपीले नेपालको चमेलिया विद्युत् आयोजनाको इलेक्ट्रोमेकानिकल, हाइड्रोमेकानिकल र प्रसारणलाइनको ठेक्का पाइसकेको छ ।

Saturday, April 23, 2011

बलाम जान सजिलो कि मलाम

बसन्ती बास्तोला
लाम जानभन्दा मलाम जान सजिलो ।' यो उखान स्याङजाको श्रीकृष्ण गण्डकीमा अझै चर्चित छ । अहिले मिल्ने भएर होइन, पहिलेको कुरा सम्झँदा यो उखान छुट्दैन । नेपालकै ठूलो कालिगण्डकी 'ए' जलविद्युत परियोजना बनेको ठाउँलाई पहिले बलाम भनिन्थ्यो । यस परियोजना बन्नुपूर्व बलाम विकट रहेको उखानबाट थाहा हुन्छ । मलामी जाने काम मानसिक र शारीरिक रूपमा समेत कष्टप्रद हुने तर बलाम जान त्योभन्दा ग्राह्रो हुने भएकोले यस्तो उखान बनेको स्थानीयवासी रेश्मिराज भट्टराई -राजु) ले बताए । उनले भने, 'मिर्मीको मानिस बलाम आउँदैनथे, यताको मानिस उता जाँदैनथे ।' उनी अहिले काम परेका बेला बेलटारी र मिर्मी दिनमा १० पटकसम्म

ओहोरदोहोर गर्छन् ।

कालिगण्डकी ए परियोजनाका चालक उनले विगत सम्भिmएर भने, 'एउटै वडा पनि अर्कै देश गए जस्तो थियो ।' अहिले बाटोले गर्दा मानिसको ओहोरदोहोर बढेको छ । अवस्था फेरिएर अहिले बलाम जान सजिलो छ । गल्याङ र जिरोबाट जिप लाग्छ । कालोपत्रे सडकमा गाडी कुदाउँदै गर्दा भट्टराई कहिलेकाहीं सोच्छन्- यहाँ यो परियोजना नभएको भए हामी कहाँ हुन्थ्यौं ? उनी भारतमा गाडी चलाउँथे । यही बाटो पैदल गल्याङ पुगेर उनी भारत जान्थे ।

परियोजना बनेपछि उनीमात्र होइन, यहाँका धेरै मानिस गाउँ फर्के । उनी र भाइहरूको १ सय रोपनीभन्दा बढी जग्गा परियोजनाले लियो । क्षतिपूर्तिबापत उनले रकममात्र होइन, जागिर पनि पाए । भट्टराईले भने, 'परिवारसँग बसेर घर नजिक जागिर खानुको आनन्द केसँग तुलना हुन्छ र ?' यो परियोजना यहाँका वासिन्दाका लागि वरदान भएको उनले बताए । मानिस व्यावसायिक बने, बिजुली आयो, पानी र विद्यालयको सुविधा भयो । पहिला हातको पाँच हजारमा नबिक्ने जग्गा अहिले एक लाखसम्म पर्छ । यहाँ विदेशी र आन्तरिक

पर्यटकको घुइँचो लाग्छ । उनीहरू भन्छन्, 'यही प्रोजेक्टको असर त होला, नत्र यस्तो कुनामा

कसरी विकास हुनु ?'

'यसकै प्रभाव त हो', जैपतेकी लेखमाया थापाले भनिन् । बाटो नबन्दासम्म गल्याङबाट दिनभरको बाटो उनी चामल बोकेर घर लैजान्थिन् । त्यही घरमा अहिले गल्याङबाट एक घन्टामा पुग्छिन् । बसले नै सबैथोक बोक्छ । अझै उनलाई जिपमै काँक्रो खान मनलागेको छ । चोक-चोकमा काँक्रो, कुरकुरे र चट्पटे बेच्ने मानिस झ्याल-झ्याल आएर सोध्छन् । भनिन्, 'ओहो म त अझै ढिला जन्मन पाएको भए के-के देख्थेँ जस्तो लाग्छ ।' उनलाई आफ्ना सन्ततिको भविष्य अझ

उज्ज्वल होला जस्तो लाग्छ ।

कालिगण्डकीमा बाटो आउने रे भनेर रूखमा बोर्ड टाँसेको उनलाई भर्खर जस्तो लाग्छ । हाम्रो पालामा त यस्तै होला जस्तो लाग्थ्यो रे । तर हेर्दाहेर्दै गाउँ फेरिएको छ । छोराछारी बोर्डिङ स्कुल पढ्छन् । घरमै गाडी आउँछ । महिलाले पनि पैसा कमाउन थालेका छन् । पहिला उनी गाउँमा एक-दुई कुरा बोल्दासमेत 'यो आइमाई भलाद्मी भएर हिँडेकी' भन्थे । अहिले आफूले जान्न र सिक्नपर्‍यो, जहाँ पनि आफ्ना कुरा राख्न सकिन्छ ।' लेखमायाको आडमा सुँगुरको बच्चा च्यापेर बसेकी हनिमाया थापाले थपिन्, 'मलाई पनि त्यस्तै लाग्छ, तरकारी लगायो भने यहीं बिक्री हुन्छ । पशुपालन पनि व्यावसायिक भएको छ ।'

बिजुली आएपछि धेरैले टीभी हेर्न र कम्प्युटर चलाउन जानेका छन् । त्यसले सूचना र सञ्चारमा गाउँको पहुँच बढेको छ । स्कुल टाढा भएको कारण लेखमायाले पढ्न पाइनन् । घरमा आयस्रोतको बाटो पनि थिएन । यहाँका धेरै मानिस कामको खोजीमा भारत जान्थे । अहिले वैदेशिक रोजगारमा जाने मानिस कम छन् ।

यस परियोजनाको रेकर्डमा स्याङजा, गुल्मी र पाल्पाको गरी कुल १० वटा गाविस प्रभावित

थियो । तर यहाँका वासिन्दा २० भन्दा बढी गाविसलाई प्रभावित क्षेत्रमा राख्छन् । उनीहरूलाई यसले निकै फाइदा पुर्‍याएको अनुभव छ । ती अनुभव गर्ने मध्येका एक हुन्, पर्वतका मनबहादुर क्षत्री । कालिगण्डकीको बाँधमा चलेको स्टिमरमा टिकट काट्दै गरेका उनलाई यस परियोजनाले धेरै फाइदा पुर्‍याएको अनुभव छ  ।

बिजुली निकाल्नका लागि बाँध नबाँधेको भए यहाँ स्टिमर चल्दैनथ्यो, उनी ३ घन्टा हिँडेर सेतीवेणी जानुपथ्र्यो । सामान ढुवानीले महङ्गो पथ्र्यो । अहिले उनी स्टिमरमा सामान राखेर आधा घन्टामा सेतीवेणी पुग्छन् । उनले भने, 'उहिलेका मान्छेले काटेको दुःख त वनमान्छेले पनि काटेन ।' उनी हिँडेर गोरखपुर पुग्थे । बुटवलबाट नुन ल्याएर खान्थे । ७५ वर्षकी गोमता भण्डारीले हाँसो गरिन्, 'अहिले बाटो बनेपछि घरमा नुन हुन्न, घर नजिकै छ, ल्याउला'नि भन्ने हुन्छ ।' चिनेको पसल नजिक हुँदा पैसा नहुँदा उधारोसमेत खान पाइने । भनिन्, 'टाढा जाँदा कहाँ दिन्थे र ?'

जल यातायातले धेरैलाई रोजगारी दिएको छ । परियोजनामै पनि १ सय ८० कर्मचारीमा ९५ प्रतिशत स्थानीयवासी छन् । त्यसैले आन्दोलन र राजनीतिमा यहाँका मानिस कम सक्रिय छन् । द्वन्द्वले समेत यस क्षेत्रलाई ठूलो प्रभाव पारेन । 'किनभने यहाँका मानिसलाई अभाव र अन्त लाग्ने फुर्सद नभएर' भन्छन् परियोजनाका निमित्त प्रमुख राजेश पाण्डे । परियोजना सफल हुनुमा स्थानीयवासीको ठूलो भूमिका छ भन्ने

उनलाई लाग्छ ।

देशका धेरै जलविद्युत आयोजनामा बेला-बेला स्थानीयको ठूलो विरोध हुन्छ । योमात्र एउटा परियोजना हो, जसमा स्थानीयको विरोध भएन । उल्टो उनीहरूले वातावरण बिग्रने हुनाले यहाँ परियोजना ल्याउनहुन्न भनेर त्यसबेला विरोध गर्ने गोपाल शिवाकोटीलाई घाँस खुवाएका थिए । यसले वातावरण र संस्कृति नबिगे्रको स्थानीयवासी बताउँछन् । इटालीका नागरिक बसेकोले इटाली चोक नामकरण भएको चोक यहाँ छ । चोकमात्र इटाली भएन, स्थानीयले विदेशीको मिहेनती

स्वभाव पनि सिकेका छन् ।

कालिगण्डकीमा माछा मारेर जीवनयापन गर्ने माझी समुदायको जीवन पनि सुधि्रएको छ । उनीहरूका लागि २० वटा पक्की घर र जागिर दिइएको छ । उनीहरूका बच्चा पढ्न एउटा प्राथमिक विद्यालय छ । 'यो नहुँदो हो त यतिबेला हाम्रा छोराछोरी माछा मार्दै हुन्थे होलान्' मोहन बोटेले भने । यो परियोजनाको गुरुयोजना सन् १९७० मा बनेको थियो । सन् २००२ मा करिब २१ अर्बको लगानीमा निर्माणकार्य सम्पन्न भएको हो । यसमा ३ वटा टर्वाइन छन् । त्यसबाट वाषिर्क ८४ करोड युनिट विद्युत उत्पादन हुन्छ । यसरी विरोध नभई विद्युत उत्पादन गर्ने परियोजना बने देशमा लोडसेडिङको समस्या नपर्ने मात्र होइन, देश विकाससमेत हुने स्थानीयवासी बताउँछन् ।

Thursday, February 24, 2011

विद्यार्थि आकर्षित गर्न दैनिक १ रुपैया


लोकनाथ मरासिनी

फागुन ११, स्याङ्जा ।

जनमुखि प्राथमिक विद्यालय भाटखोला ३ स्याङ्जाले आगामि शैक्षिक सत्रबाट विद्यार्थिहरुलाई आकर्षित गर्न सधै पढ्न आउ, दिनको एक रुपैयाँ विद्यालयबाट लैजाउ निति ल्याउने भएको छ ।

       विद्यालयको १९ औ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा सार्वजनिक विद्यालयहरुमा विद्यार्थिको चाप घटदै गएकोमा यस्तो निति ल्याएको प्रध्यानध्यापक  रेशमलाल रानाभाटले जानकारी दिनुभएको हो ।

      विद्यालयले ११५ अक्षय कोष अन्तर्गत २ लाख ४३ हजार ८ सय रहेको जानकारी दिएको छ ।

      विद्यालय व्यवस्थापन समितिका अध्यक्षा ठटट्बहादुर रानाभाटको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रध्यानध्यापक रेशमलाल रानाभाटले विद्यालयको शैक्षिक र अर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने संचालन शिक्षिका शान्ति रानाभाटले गर्नुभएको थियो ।

मैदान उच्च माविले स्वर्ण जयन्ती मनायो


लोकनाथ मरासिनी

फागुन ११, स्याङ्जा ।

      मैदान उच्च माध्यामिक विद्यालय बागेफडके ४ स्याङ्जाको स्वर्ण जयन्ती समारोह विभिन्न कार्यक्रम गरी सम्पन्न भएको छ ।

      स्वर्णजयन्ती समारोहको उदघाटन गर्दै स्याङ्जा क्षेत्र नं. १ का सभासद  हितकाजि गुरुङ्ले विद्यालयले शैक्षिक क्षेत्रमा पु¥याएको योगदानको कदर गर्नुभयो ।

      साथै उहाँले विद्यालयलाई सक्दो सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभएको थियो । कार्यक्रममा विद्यालयको विकासका लागि योगदान पु¥याउनु हुने विभिन्न शिक्षाप्रेमीहरुलाई अभिन्नदन गरीएको थियो ।

      कार्यक्रममा बागेफडके ५ कि मनकुमारी गुरुङ्ले १ लाख १ हजार १ सय ११ रुपैयाको अक्षयकोष स्थापना गर्नुभएको छ । त्यस्तै विद्यालयको शैक्षिक विकासका लागि मिलन चौतारीका उपाध्यक्ष कृष्णबहादुर क्षेत्रिले ५० हजार,  बाङसिङ् २ का विश्वप्रसाद पौडेलले १ हजार १ सय, स्रोत व्यक्ति रमाकान्त पौडेलले २ हजार २० प्रदान गर्नुभएको छ ।

      विद्यालयका प्रध्यानध्यापक अर्जुनप्रसाद शर्माले ५० वर्षको संक्षित एैतिहासीक विवरण र गत वार्षको शैक्षिक र आर्थिक प्रतिवेदन पेश गर्नुभएको थियो ।

      सहायक प्रध्यानध्यापक काजिमान क्षेत्रिले स्वागत मन्तव्य व्यक्त गर्नुभएको कार्यक्रको संचालन शिक्षक चेतनराज शर्माले गर्नुभएको विद्यालय स्रोतले जानकारी दिएको छ ।

Saturday, February 19, 2011

महासंघ स्याङ्जामा पुनः शर्मा निर्विरोध


लोकनाथ मरासिनी

फागुन ७, स्याङ्जा ।
पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघ स्याङ्जाले पुन ओमप्रकाश शर्माको अध्यक्षतामा ९ सदस्यीय जिल्ला कार्य समिति र्निविरोध चयन गरेको छ ।
सदरमुकाम स्याङ्जा बजारमा सम्पन्न दोस्रो जिल्ला अधिबेशनले उपाध्यक्षमा राधाकृष्ण डुम्रे, सचिवमा हिमलाल पराजुली, सह सचिवमा छविलाल गैह्रे, कोषध्यक्षमा गिरधारी पोखरेल तथा सदस्यहरुमा टिकाराम अधिकारी, भवानी अधिकारी, रोशन लामिछाने, मुत्ति न्यौपाने, कृष्ण न्यौपाने र विवेक अर्याललाई चयन गरेको निर्वाचन संयोजक पोमनारायण आर्यालले जानकारी दिनुभएको छ ।

त्यस्तै अधिवेशनले केन्द्रिय पार्षदमा अर्जुन काफ्ले, जानु पंगेनि र प्रदिप कोइरलालाई चयन गरेको छ ।

नेपालि कांग्रेसका केन्द्रिय सदस्य तथा सभासद गोपालमान श्रेष्ठले उदघाटन गर्नुभएको अधिवेशमा सहमतिका लागि दिनभरी प्रयास भएपनी साँझ मात्रै सर्बसम्मत भएको हो ।
अध्यक्षमा ओमप्रकाश शर्मा सहित प्रेस युनियनकै प्रकाश डोटलले समेत उम्मेदवारी दिएपनि सहमतिका लागि भन्दै डोटेलले उम्मेदावरी फिर्त लिएका थिए ।
अर्का अध्यक्षका उम्मेदावर गिरीधारी पोखरेलले समेत अन्तीम अवस्थामा आएर अध्यक्षको उम्मेदावरी फिर्ता लिई कोषध्यक्षमा बस्न सहमत भएपछि सर्वसम्मत नेतृत्व चयन भएको हो ।

Friday, February 18, 2011

सुन्तला फुल्ने बेलासम्म फल बोटमै ।।


लोकनाथ मरासिनी

फागुन ५, स्याङ्जा ।

स्याङ्जाका कतिपय स्थानहरुमा सुन्तला गोडमेल गर्ने तथा फुल लाग्ने समयसम्म बोटमै अझै सुन्तला रहदा अर्काे वर्ष कम उत्पादन हुनेमा चिन्ता व्यक्त गरीएको छ ।

      सुन्तला उत्पादनका लागि दशमै अग्रणी जिल्लाका रुपमा रहेको स्याङ्जाका कृषकहरु बजार हुदा हुदै पनि उचित मुल्यका लागि भन्दै अहिलेसम्म बोटमै सुन्तला राखि वित्रि गर्दै छन् ।

      स्याङ्जाका ठुलाडिहि, ओरस्टे , मनकामना तथा विरुवा अर्चले लगायतका स्थानमा अझै लाखै मुल्य बराबरको सुन्तला बोटमै रहेका छन् ।

      कार्तिक मंसिरमा ३०÷३२ रुपैया किलो विक्रि हुने सुन्तलाको मुल्य अहिले भने कृषकहरुले ८०/९० रुपैया पाएका छन् ।

      तर यसरी लामो समयसम्म सुन्तला बाटमै राख्दा अर्काे साल सुन्तलाको उत्पादनमा गिरावट आउने जिल्ला कृषि विकास कार्यलय स्याङ्जाका बरिष्ठ कृषि विकास अधिकृत चेतनाथ अधिकारीले बताउनुभयो ।

       आफुहरुले उचित मुल्य नपाउने तथा कोल्ड स्टोरको व्यवस्था समेत नभएकाले बोटलाई नै कोल्ड स्टोरका रुपमा मान्दै अहिलेसम्म सुन्तला राखेको ठुलाडिहि ९ का कृषक झविलाल रेग्मीको भनाई छ ।

       यता बरिष्ठ कृषि विकास अधिकृत अधिकारीले भने उत्पादनका हिसबलाई आधार मान्दा कृषकहरुले २० रुपैया किलो सम्म सुन्तला विक्रि गरेपनि नाफा नै गरेको मानिन्छ ।

      उहँले किसानको माग बमोजिम कोल्ड स्टोरको व्यवस्था हुदै गरेको र अर्काे सालसम्म तयार हुने जानकारी समेत दिनुभएको छ ।


विद्यालयद्धारा खेद प्रकट

लोक नाथ मरासिनी 
विद्यालयका प्रध्यानध्यापकले व्यवस्थापन समितिका अध्यक्ष समेतको मिलोमतोमा भ्रष्टचार गरेको भन्ने समचार बाहिर आएको प्रति जनहित निम्न माध्यामिक विद्यालय पञ्चमुल ८, माझकटेरी, स्याङ्जाले  खेद प्रकट गरेको छ ।

      माघ २७ तथा २८ गते विभिन्न संञ्चारमाध्यमहरुबाट विद्यालयमा भ्रष्टचार भएको भन्दै समचार प्रकासित तथा प्रसारित भएको प्रति विद्यालय व्यवस्थापन समिति बैठकले खेद प्रस्ताव पारित गरेको हो ।

      यस्तै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष देबेन्द्र कुमार गुरुङ् तथा प्रध्यानध्यापक घनश्याम पौडेलले अजा सयुक्त विज्ञप्ती जारी गर्दै समचारको खण्डन समेत गर्नुभएको छ ।

       केहिदिन अगाडि विद्यालयमा करिब १० लाख बराबरको भ्रष्टचार भएको विद्यार्थि तथा अभिभावकले आरोप लगाउदै तालाबन्दी गरेका थियो ।

      विद्यालयमा २ दिनसम्म तालाबन्दी पश्चात प्रध्यानध्यापकको राजिनामा तथा विद्यालय व्यवस्थापन समिति पुर्न गठन भएपश्चात अहिले विद्यालयको वातावरण सामान्य भएको विद्यालय स्रोतले जानकारी दिएको छ ।

Monday, February 14, 2011

आयोजकलाई स्तब्ध पार्दै होराइजन द्धारा उपाधि कब्जा


लोकनाथ मरासिनी

फागुन २, स्याङ्जा
        आयोजक ए लाई पराजित गर्दै प्रथम डाँसीराम स्मृती कप फुटबल प्रतियोगिताको उपाधि होराइजन युथ क्लब भुम्रे वालिङ्ले हात पारेको छ ।

  स्याङ्जाको मालेबगरमा सोमबार सम्पन्न फाइनल प्रतिस्पर्धामा होराइजन युथ क्लब भुम्रेका खेलाडी बलबहादुर गुरुङ्ले खेलको दोस्रो हाफको २५ औ मिनेटमा गरेको एक मात्र गोलको सहायताले उपाधि माथि कब्जा जमाएको हो ।

      प्रतिस्पर्धात्मक खेलमा घरेलु दर्शकको समर्थन पाएको आयोजकले अन्तीम समयमा खेललाई आफ्नो नियन्त्रणमा लिन नसक्दा उपाधिबाट बन्चीत भयो ।

      प्रतियोगिताको विजेता बन्दै भुम्रेले नगद २५ हजारका साथमा कप, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेतामा सिमिति बनेको आयोजकले नगद १५ हजारका साथमा मेडल र प्रमाणपत्रमा चित्त बुझाएको छ ।

      नेपाल तरुण दल पुतली बजार नगर समिति स्याङ्जाको अयोजनामा माघ २५ गतेदेखि सुरु भएको प्रतियोगितामा स्याङ्जा र कास्कीका १२ टिमको सहभागिता रहेको थियो ।

      प्रतियोगितामा उत्कृष्ट खेलाडि अयोजकका विकास गुरुङ्, अनुशासित टिम रजस्थल युवा क्लब र सर्वधिक गोलकर्ताका रुपमा पेल्काचौरका खगेन्द्र पुन घोषित भएका छन् ।

Sunday, February 13, 2011

अयोजक र भुम्रे उपाधिका लागि भिडने




लोकनाथ मरासिनी

फागुन १, स्याङ्जा ।

स्याङ्जाको मालेबगरमा जारी प्रथम डाँसीराम स्मृती कप फुटबल प्रतियोगिताको उपाधिका लागि अयोजक ए र भुम्रे युवा क्लब सोमबार भिडने भएका छन् ।

      आइतबार सम्पन्न सेमिफाइनलका खेलाहरुमा पेल्काचौर यवा क्लबलाई ३–२ गोल अन्तरले पराजित गर्दै भुम्रे तथा आयोजक नेपाल तरुणदल पुतलिबजार नगर कार्यसमितिले बरजा युवा क्लबलाई २–१ ले पराजित गर्दै फाइनलमा प्रवेश गरेका हुन ।

      यसैविच आइतबार सम्पन्न पछिल्लो खेल पश्चात आयोजक र बरजा युवा क्लबका युवाहरुविच केहिबेर ढुङ्गा हानाहान समेत भएको थियो ।

      खेल खेल्ने क्रममा भएको विवादपश्चात केहिबेर स्थीत समेत असहज बनेको थियो । जिल्लाकै सर्वाधिक पुरस्कार राशि रहेको प्रतियोगिताको विजेताले नगद २५ हजारका साथमा कप, मेडल र प्रमाणपत्र प्रप्त गर्ने छन् भने उपविजेताले नगद १५ हजार सहित मेडल र प्रमाणपत्र प्रप्त गर्ने छन् ।

      नेपाल तरुण दल पुतली बजार नगर समिति स्याङ्जाको अयोजनामा माघ २५ गतेदेखि सुरु भएको प्रतियोगितामा स्याङ्जा र कास्कीका १२ टिमको सहभागिता रहेको छ ।

Saturday, February 12, 2011

डाँसीराम स्मृती कप फुटबल प्रतियोगितामा पेल्काचौर युवा क्लब र आयोजक ए सेमिफाइनलमा


लोकनाथ मरासिनी
माघ २८, स्याङ्जा । 




प्रथम डाँसीराम स्मृती कप फुटबल प्रतियोगितामा पेल्काचौर युवा क्लब र आयोजक ए सेमिफाइनलमा यात्रा तय गरेका छन् ।
स्याङ्जाको मालेबगरमा शुक्रबार भएको क्वाटरफाइनल खेलमा खगेन्द्र पुनको ह्याट्रिकको मद्धतमा पेल्काचौरले ६– ० गोल अन्तरले कुमाल गाउँ युथ क्लबलाई पराजित गरेको हो ।
पेल्काचौरका लागि दिपक गुरुङले दुइ र रमेश अधिकारीले एक गोल गरेका हुन् । त्यस्तै अर्कौ खेलमा आयोजक ए टिमले त्रिभुवन आदर्श माबिलाई ४– २ गोलले पराजित गरेको हो ।
प्रतियोगितामा आयोजकका तर्फबाट बिकास गुरुङ्ले दुई , सुमन श्रेष्ठ र आशिष अधिकारीले एक एक गोल गरेका थिए भने त्रिभुवन आदर्शको तर्फबाट अरुण गुरुङ् र अनिल हमालले सान्त्वना एक एक गोल गरेको हुन् ।
तरुण दल नगर समितिको आयोजना माघ २५ गते शुरु भएको खेल फागुन ३ गते सम्म संचालन हुनेछ ।


पत्रकार पौडेल सम्मानीत


लोकनाथ मरासिनी

माघ २८, स्याङ्जा ।
 ग्रमिण भेगमा रहेर पत्रकारीताको क्षेत्रमा सक्रिय रहेको भन्दै जनप्रदीप बहुमुखि क्याम्पस चिलाउनेवास स्याङ्जामा सम्पन्न महायज्ञ मुल समारोह समितिले शुक्रबार पत्रकार अशोक पौडेललाई सम्मान गरेको छ ।

 स्याङ्जा एफ.एममा आवद्ध रहेका पौडेललाई महायज्ञ सफल बनाउन पत्रकारीताको माध्यमबाट ठुलो मद्धत पुराएको तथा गाविसका अन्य गतिविधिलाई संचारका माध्यमबाट बाहिर ल्याएको भन्दै हैसला बढाउनका लागि सम्मान गरीएको हो ।
माघ २१ गतेदेखि विद्यालयमा जारी महायज्ञको शुक्रबार भएको समापन समारोहामा पौडेललाई महायज्ञका मुल प. रामकृष्ण उपाध्यायले प्रमाण पत्र सहित खादा ओढाएर सम्पन्न गरेका हुन ।

महायज्ञ ६५ लाख भन्दा बढि आर्थिक संकलन गर्दै शुक्रबार सम्पन्न भएको हो ।

Friday, February 11, 2011

विद्यालयमा अनिश्चितकालिन तालाबन्दी


प्रकाश डोटेल/स्याङ्जा, २७ माघ
स्याङ्जाको पञ्चमुल गाविस-८, स्थित राजस्वाँरामा रहेको जनहित निम्न माध्यामिक विद्यालयका विद्यार्थी र अभिभावकहरुले विद्यालयमा अनियमितता भएको आरोप लगाउँदै त्यसको अनुसन्धान गर्न माग गर्दै विद्यालयमा अनिश्चितकालिन तालाबन्दी गरेका छन् ।
बिद्यार्थी र अभिभावकहरुले विद्यालयका प्रधानाध्यापक र विद्यालय ब्यवस्थापन समितिका अध्यक्षले भष्ट्रचार गरेको भन्दै उनीहरुको राजीनामा नदिएसम्मका लागि विद्यालयमा तालाबन्दी गरेका हुन् ।
विद्यालयका प्रध्यानध्यापक घनश्याम पौडेल र ब्यवस्थापन समितिका अध्यक्ष देबेन्द्र गुरुङ्ले विभिन्न समयमा विद्यालयको नामको खातामा राखिएको करिव १० लाख भ्रष्टचार गरेको विद्यार्थी र अभिभावकहरुले आरोप लगाएका छन् ।
विद्यालयको भौतिक तथा शैक्षिक विकासका लागि भन्दै जिल्ला शिक्षा कार्यालय तथा अभिभावकबाट समय-समयमा संकलन गरिएको करिव ७ लाख र विद्यालयमा अध्ययनरत विद्यार्थीका लागि आएको छात्रबृत्ति करिव ३ लाख रकम गरि करिव १० लाख भ्रष्ट्राचार गरेको आरोप लागेको छ ।
विद्यालयको कोषमा अनियमितताको भएको भन्दै विद्यालयमा तालाबन्दी भएपछि प्रध्यानाध्यापक पौडेलले राजिनामा दिएका छन् । तालाबन्दीले विद्यार्थीहरुको पठनपाठन प्रभावित भएको छ ।

आगलागिबाट किराना पसल जलेर नष्ट


लोकनाथ मरासिनी

माघ २७ स्याङ्जा ।

सेतिदोभान गाउँ विकास समिति वडा नं. ४ स्याङ्जामा विहिबार दिउसो भएको आगलागिबाट एक किराना पसल जलेर नष्ट भएको छ ।

      स्थायिन गिता ढकालको किरना पसलमा विहान ११ बजेतिर अचानक अगलागि भएपछि घरमा रहेका सम्पुर्ण सामन सहित लाखै मुल्य बराबरको धनमाल जलेर नष्ट भएको हो ।

करिब २ घन्टाको प्रयास पछि जिल्ला प्रहरी कार्यलय स्याङ्जा, सेतिदोभान प्रहरी, स्थानिय बासी, विद्यार्थि लगायतको सहयोगमा आगो नियन्त्रणमा आएको थियो ।

      के कारणले आगलागि भएको भन्ने विषयमा केहि खुल्न नसकेको स्थानिय बासीले बताएका छन् ।

      यसैविच आगलागिमा परि सम्पुर्ण आधरभुत बस्तुहरु जलेर नष्ट भएपछि उद्योग वाणिज्य संघ स्याङ्जाले पिडितलाई राहात समेत प्रदान गरेको छ ।

      पिडितका देवर नत्रनारायण ढकाल मार्फत उद्योग वाणिज्य संघका महासचीव रविन्द्र श्रेष्ठले राहात हस्तान्तरण गर्नुभएको हो ।
हस्तान्तरण गरीएको राहात सामाग्रिमा चामाल, दाल र आलु गरी १५ सय बराबरको रहेको उद्योग व